समयमा नै ध्यान पुर्याउन नसके कोभिड महामारी नियन्त्रण बाहिर जानसक्नेतर्फ ध्यानाकर्षण
इन्सेक नेपालगञ्ज र पत्रकार महासङ्घ, बाँकेको समन्वयमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाहरूले बेलैमा ध्यान नपुर्याउने हो भने कोभिड महामारीलाई नियन्त्रण गर्न नसकिने कुरा स्वास्थ्यकर्मीहरुले बताएका छन् । नेपालगञ्जमा कोभिड-१९ का कारण बढ्दै आएको सङ्कट र यसले निम्त्याउन सक्ने भयावह स्थितिका बारेमा स्वास्थ्यकर्मी, नागरिक समाज, पत्रकार र अधिकारकर्मीहरूबिच वैशाख १० गते छलफल…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला बढैयाताल गाउँपालिका – ६ घर भई हाल नेपालगञ्ज उपमनपा–१२ कोरीयनपुर बस्ने २८ वर्षीय सुरज बुढालाई ०७७ चैत ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर ०७७ मङसिरदेखि बलात्कार गर्दै आएको र अन्तिम पटक फागुन १७ गते बलात्कार गरेको…
कोभिड–१९ः भारतसँगको खुला नाकाका कारण लुम्बिनी प्रदेशमा जोखिम घटेन
भारतसँग जोडिएका खुला नाकाका कारण लुम्बिनी प्रदेशमा कोभिड–१९ सङ्क्रमणको जोखिम घटेको छैन । प्रदेशका बाँके, बर्दिया, रुपन्देही, नवलपरासी पश्चिम, दाङ र कपिलवस्तु जिल्लाहरू भारतसँग जोडिएका छन् । समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय, बुटवलका अनुसार हालसम्म प्रदेशमा उपचारका लागि बाहिरबाट आएकासमेत गरी ४ सय १३ जनाको मृत्यु भएको छ । जसमध्ये…
दाइजो नल्याएको आरोपमा हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
नरैनापुर गाउँपालिका– २ की २३ वर्षीया रिहाना सेख ढफालीलाई दाइजो नल्याएको आरोपमा हत्या प्रयास गरेका आरोपित ७५ वर्षीय हनिफ शेषलाई प्रहरीले चैत ९ गते गिरफ्तार गरेको छ । मोटरसाईकल दाइजो नल्याएको आरोपमा ०७० चैत ३ गते पति २६ वर्षीय फरिद ढफाली, सासू र ससुराले शरीरमा मट्टितेल छर्किएर आगो लगाएका थिए…
पीडितहरूको सुरक्षा तथा न्यायका लागि मानव अधिकार रक्षकहरूको भूमिका विषयक अभिमुखीकरण सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना तथा डिसीए र सिसुको सहयोगमा पीडितहरूकोे सुरक्षा तथा न्यायका लागि मानव अधिकार रक्षकहरूको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम चैत ११ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले बैजनाथ गाउँपालिका र डुडुवा गाउँपालिकामा गठन गरिएका मानव अधिकार…
सार्वजनिक सरोकारका विषयमा परेको रिट निवेदनमा उच्च अदालतको परमादेश आदेश
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले कानुनले निर्धारण गरेका मापदण्ड र प्रक्रिया पुरा गरेर मात्र पेट्रोलियम पदार्थ र र एलपि ग्यासको उत्पादन र बिक्री बितरण गर्न सरोकारवालाको निकायको नाममा चैत १२ गतेको निर्णयले परमादेशको आदेश जारी गरेको छ । उच्च अदालतका बरिष्ठतम न्यायाधीश रत्नबहादुर बागचन्द र राजेश कुमार काफ्लेको संयुक्त इजलासले…
बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले १५ वर्षीय बालक विरूद्ध चैत ८ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले फागुन १ गते बलात्कार गरेको भन्दै उजुरी आएको इलाका प्रहरी कार्यालय, कोहलपुरका असई शेरबहादुर बारघाटेले बताउनु भयो । उहाँले आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको बताउनु…
मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा डिसिएको सहयोगमा डुडुवा गाउँपालिकामा चैत ८ गते पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । अध्यक्षमा भागीरथी चन्द, उपाध्यक्षमा रमेश यादव, सचिवमा उदयराज जयसवाल, सहसचिवमा रोशनी थापा र कोषाध्यक्षमा कुन्नी जयसवाल चयन भएका छन् । यसैगरी अन्य सदस्यहरूमा केलाराम महावत,…
न्यायाधीशहरूसँग मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया गर्न आवस्यक
जिल्लाको मानव अधिकारको अवस्थाको विषयमा इन्सेकले प्रत्येक वर्ष न्यायाधिशहरूसँग अन्तरक्रिया कार्यक्रम गर्न आवस्यक रहेको उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायधीश रत्नबहादुर वागचन्दले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का मानव अधिकार शिक्षा विभाग प्रमुख मदन पौडेल र इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महत सम्मिलित अनुगमन टोलीसँगको चैत ६…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपालगञ्ज उमनपा–४ घोसीटोलका २० वर्षीय जुनेद हलवाईलाई चैत ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १६ गते विद्यालयबाट फर्किदा होटलमा लगेर यौन दुर्व्यवहार गर्नुको साथै कुटपिट गरेको भन्दै पीडितपक्षले माघ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटना…