आर्थिक अभावका कारण सुत्केरी महिला उपचारबाट वञ्चित
बढैयाताल गाउँपालिका– २ सीतापुरकी सुत्केरी महिला १८ वर्षीया नैसरा शाही आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनु भएको छ । एक महिनाको सुत्केरी शाही सुत्केरी हुँदा कुनै समस्या नभएपनि ०७७ चैत ७ गते घरमै रहेको अवस्थामा काम गर्दै गर्दा बेहोस भएर ढलेपछि आर्थिक अभावका कारण उपचार गर्न जान सक्नु भएको छैन…
इन्सेकद्वारा परियोजना सञ्चालित क्षेत्रको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रिय कार्यालय र लुम्बिनी प्रदेश कार्यालयको टोलीले परियोजना सञ्चालित क्षेत्रको चैत ५ गते अनुगमन गरेको छ । मानव अधिकार शिक्षा कार्यक्रम प्रमुख मदन पौडेल र इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले जिल्ला र स्थानीय तह सरोकारवाला तथा मानव अधिकार निगरानी समूहका सदस्यहरूलाई भेटघाट गर्नु भएको…
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुट्यो
इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुटेको छ । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष, तथा बाल अधिकार समितिकी अध्यक्ष दिपा गौतमले पीडित परिवारलाई फागुन १६ गते नौ हजार रुपियाँ बराबरको खाद्यान्न र अन्य आवस्यक सामग्री हस्तान्तरण गर्नु भएको हो । १३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको परिवारमा खानाको अभाव…
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन माग
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन मानवअधिकार निगरानी समूह, बढैयाताल र इन्सेकले फागुन १४ गते बढैयाताल गाउँपालिकासँग माग गरेको छ । १३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको परिवारमा खानाको अभाव भएको छ । इटाँ भट्टामा मजदुरी काम गर्दै आएका आरोपितले छोरीलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय, मोतिपुरमा ०७७…
सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचय पत्र वितरण
सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका पाँच जना व्यक्तिका परिवारलाई माघ १५ गते परिचय पत्र वितरण गरिएको छ । गुलरियामा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आयोजना गरेको पीडित पहिचान तथा परिचय पत्र वितरण कार्यक्रममा पीडितका परिवारलाई परिचय पत्र परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बितरण गर्नु भएको हो । द्वन्द्वको क्रममा बेपत्ता पारिएका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पति ४४ वर्षीयलाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरापितले मङ्सिर ६ गते बलात्कार गरेको भन्दै पीडितले मङ्सिर ९ गते इलाका प्रहरी कार्यालय मोतिपुरमा उजुरी दिएको इलाका प्रहरी कार्यालय, मोतिपुरका इन्स्पेक्टर बिरेन्द्रसिंह थापाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
बढैयाताल गाउँपालिका–२ फुटाहाकी ४५ वर्षीया ललिता सुनारको हत्या गरेको आरोपमा प्रहरीले पति ५४ वर्षीय भक्तबहादुर सुनारलाई मङ्सिर ७ गते घरबाट गिरफ्तार गरेको छ । ललितालाई आरोपितले कात्तिक २० गते राती घरमासुतिरहेको अवस्थामा मट्टीतेल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ । कोठामा आगो बलिरहेको देखेपछि छिकेकीले परिवारका सदस्यहरुलाई जानकारी गराएका थिए…
स्थानीय तहले द्वन्द्व पीडितहरूको समस्या सम्बोधन गर्न योजना बनाउनु पर्नेमा जोड
स्थानीय तहले द्वन्द्व पीडितहरूको समस्या सम्बोधन गर्न योजना बनाउनु पर्नेमा सहभागीहरूले जोड दिएका छन् । शान्ति सम्झौता भएको १४ वर्ष पुरा भएको सन्दर्र्भमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) आइ सि जे, द्वन्द्व पीडित समिति बर्दियाको आयोजनामा मङ्सिर ५ गते बासगढीमा आयोजित ‘सङ्क्रमणकालिन न्याय तथा द्वन्द्व पीडितहरूको सवाल सम्बोधन गर्न स्थानीय…
एक्सरे मेसिन सञ्चालनका लागि तत्काल प्राविधिक नियुक्त गर्ने प्रतिवद्धता
बढैयाताल गाउँपालिका– ३ सोरहवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा खरिद गरि राखिएको एक्सरे मेशिन सञ्चालनका लागि एक महिना भित्र प्राविधिक नियुक्त गर्ने स्वास्थ्य शाखा प्रमुख बिष्णु पौडेलले प्रतिवद्धता जनाउनु भएको छ । इन्सेक र मानवअधिकार निगरानी समूहको आयोजनामा कात्तिक २७ गते आयोजित स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन सरोकारवालाको भूमिका…
बेपत्ता पारिएका व्यक्तिको पहिचानका लागि अनुसन्धानमा सहयोग गर्न आग्रह
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले द्वन्द पीडित र सरोकारवालासँग शसस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिको पहिचानका लागि अनुसन्धान कार्यमा सहयोग गर्न आग्रह गरेको छ । अयोगले कात्तिक २० गते गुलरियामा गरेको छलफलमा आयोगका सदस्य डाक्टर गंगाधर अधिकारीले आयोगले बेपत्ता पारिएका व्यक्तिका पहिचान र पीडितका परिवारले भोगिरहेको समस्या सम्बोधनका लागि निरन्तर…