दैनिक ६ घण्टा पैदल हिँडेर विद्यालय
ऐरावती गाउँपालिका–१ डावराका बालबालिका दैनिक ६ घण्टा पैदल हिँडेर पठनपाठन गनुपर्ने बाध्यता कारण आफ्ना बालबालिका मावि शिक्षाबाट वञ्चित भएको अभिभावकहरूले गुनासो गनुभएको हो । साविकको दाङ्गवाङ्ग गाविसको ४ नम्वर वडामा पर्ने सो ठाउँमा करिव ८० घर परिवारका बालबालिका दैनिक ६ घण्टा पैदल हिँडेर मावि विद्यालय पढ्न जाने गर्दछन् । गाउँमा…
जिल्ला अस्पातलको दन्त सेवा चिकित्सक अभावमा बन्द, बिरामीहरू सेवाबाट वञ्चित
जिल्ला अस्पातमा सञ्चालन भएको दन्त सेवा चिकित्सक अभावले बन्द हुँदा बिरामीहरू सेवाबाट वञ्चित भएका छन् । एक जना दन्त रोगसम्बन्धी डाक्टरको दरवन्दी रहेको जिल्ला अस्पताल बिजुवारमा दन्त रोगका बिरामीहरूलाई सेवा दिँदै आएकोमा हाल नेपाल सरकारको कर्मचारी समायोजनले गर्दा डाक्टर अस्मिता कजु प्रदेश २ मा सरूवा गएपछि जिल्ला अस्पतालको दन्त सेवा…
प्यूठानका ६ ओटा मतदानस्थल संवेदनशील
प्यूठानमा मङ्सिर १४ गते हुने उप निर्वाचनका लागि तोकिएका मतदानस्थल मध्ये ६ ओटा मतदानस्थल संवेदनशील रहेका छन् । ऐरावती गाउँपालिका–१, २ र प्यूठान नपा–२ मा वडा अध्यक्ष पदका लागि हुने उप निर्वाचनका लागि तोकिएका आठ ओटा मतदान स्थलमध्ये ऐरावती गाउँपालिकाका ६ ओटा मतदानस्थल संवेदनशील रहेको र प्यूठान नपा–२ का दुई…
जातीय विभेद तथा घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार
सरुमारानी गाउँपालिका–५ की २४ वर्षीया सुशीला कामीलाई जातीय विभेद गरी घर निकाल गरेको आरोपमा प्रहरीले २६ वर्षीय चित्रबहादुुर खाम्चालाई कात्तिक २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपित खाम्चा, सासू र ससुराले ‘तँ कमिनी तल्लो जातकी हाम्रो सम्पति देखेर हाम्रो घरमा पस्न आएकी’ जस्ता गाली तथा दुव्र्यवहार गरेको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई कात्तिक १८ गते घरबाट गिरफ्तार गरी जिल्ला प्रहरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई घरैबाट गिरफ्तार गरी घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको बाल…
यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैद सजायको फैसला
२४ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेका कसुर ठहर गर्दै कात्तिक ४ गते जिल्ला अदालत प्यूठानले गौमुखी गाउँपालिका—२ का २६ वर्षीय जगत परियारलाई २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले सो फैसला गरेको श्रेष्तेदार सिता रेग्मीले बताइन् । परियारले गत जेठ २८ गते यौन…
प्रतिबन्धित नेकपाका राप्ती व्युरो सदस्य गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका राप्ती व्युरो सदस्य प्यूठान नपा–३ का ५५ वर्षीय रत्नबहादुर थापालाई प्रहरीले असोज २९ गते घरबाट गिरफ्तार गरेको प्रहरी जनाएको छ । थापालाई गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताए ।
प्रतिबन्धित नेकपाका कार्यकर्ता अधिकारकर्मी र सञ्चारकर्मीको रोहवरमा रिहा
विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटि सदस्य माण्डवी गाँउपालिका–१ का ५० वर्षीय मनबहादुर नेपालीलाई जिल्ला प्रहरी कार्यालयले असोज २८ गते मानव अधिकारकर्मी र सञ्चारकर्मीको रोहवरमा रिहा गरेको छ । जिल्ला कमिटि सदस्य रहेका नेपालीलाई प्रहरीले असोज ५ गते गिरफ्तार गरेको थियो । रिहासँगै नेपालीले आफू उक्त…
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य माण्डवी गाउँपालिका–३ का ५० वर्षीय रणबहादुर थापालाई प्रहरीले असोज २१ गते गिरफ्तार गरेको छ । थापालाई घरबाटै गिरफ्तार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताए ।