युवा समूहका सदस्यहरूका लागि नेतृत्व विकास तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा पाल्पा जिल्लामा गठित जिल्ला स्तरीय युवा समूहको आयोजनामा बगनासकाली गाउँपालिका – ८ बराङदीमा कात्तिक २० गतेबाट दुई दिने युवा नेतृत्व विकास तालिम सुरू भएको छ । इन्सेक र नोरिकको आर्थिक सहयोगमा सञ्चालित तालिमको उद्घाटन गर्दै बगनासकाली गाउँपालिका – ८ का वडाअध्यक्ष गणेशप्रसाद बस्यालले युवा…

November 5, 2020  
इन्सेकको पहलमा जिल्ला स्तरीय युवा समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा पाल्पा जिल्लामा कात्तिक १ गते जिल्ला स्तरीय युवा समूहको गठन गरिएको छ । इन्सेकको सहयोगमा जिल्लाको बगनासकाली गाउँपालिका सहितका स्थानीय तहहरूमा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि उक्त समूहको गठन गरिएको हो । १५ सदस्यीय समूहको अध्यक्षमा जीवन न्यौपाने, उपाध्यक्षमा सपना घिमिरे, सचिवमा बसन्त…

October 20, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माथागढी गाउँपालिका –४ मलेबासका १९ वर्षीय बिराज ज्ञवालीलाई असोज २२ गते गिरफ्तार गरेको छ । पीडितलाई  आरोपितले भदौ ९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले असोज २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको थियो । असोज २३ गते म्याद थप गरि अनुसन्धान …

October 10, 2020  
बलात्कार कसुरमा आठ वर्ष कैदको फैसला

६१ वर्षीया महिलालाई  बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  असोज २१ गते पीडितका नातेदार ३४ वर्षीय पुरुषलाई आठ वर्ष कैदको फैसला गरेको छ । न्यायधीश खड्कबहादुर केसीको इजलाशले आठ वर्षको कैद र १० हजार रुपियाँ जरिवानाको फैसला गरेको जिल्ला अदालतका  श्रेस्तेदार  दुर्गाप्रसाद बस्यालले बताउनु भयो । पीडितलाई आरोपितले ०७६…

October 8, 2020  
बलात्कार कसुरमा २१ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असोज २० गते पीडितका नातेदार ४६ वर्षीय पुरुषलाई २१ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले २१ वर्ष कैद फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताउनु भयो । पीडितलाई आरोपितले ०७५ चैत १३ गते बलात्कार…

October 7, 2020  
इन्सेक आवद्ध युवा समूहद्वारा ‘तपाइँको मास्क खोई ?’ अभियान सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा बगनासकाली गाउँपालिका–९ मा गठित बेद युवा समूहले समुदाय स्तरमा कोरोना भाइरस रोकथामका लागि  सचेतना फैलाउन ‘तपाईको मास्क खोई’ अभियान  सुरू गरेको छ । पछिल्लो समय कोरोना भाइरस समुदाय स्तरमा समेत फैलिरहेको अवस्थामा स्वास्थ्य सुरक्षा फैलाउनका लागि युवा समुहले बगनासकाली सुचना केन्द्रसँगको सहकार्यमा बगनासकाली गाउँपालिका…

September 23, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिनाउँ गाउँपालिका–३ का २८ वर्षीय एकबहादुर दिशा, ४३ वर्षीय बसन्त सैजु र २४ वर्षीय दिलबहादुर कुमाललाई जेठ १६ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडितलाई जेठ १० गते आरोपितहरूले बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता…

May 29, 2020  
बलात्कार कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माथागढी गाउँपालिका–३ कसेनीका २५ वर्षीया रोसन कुमाललाई फागुन २८ गते १५ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले १५ वर्ष कैदसँगै ५० हजार रूपियाँ क्षतिपुर्तिको फैसला सुनाएको अदालतका खरिदार कृष्णमुरारी सिग्देलले बताउनु भयो । आरोपितले ०७५…

March 12, 2020  
अपहरण र बन्धक कसुर ठहर गर्दै पाँच वर्ष कैदको फैसला

शिशु अपहरण गरि बन्धक बनाएको ठहर गर्दै जिल्ला अदालतले फागुन २७ गते  स्याङ्जा जिल्ला गल्याङ नपा–५ की ३६ वर्षीया बिमकला पाण्डेलाई पाँच  वर्षको कैदको फैसला गरेको छ । जिल्ला अदालतका  न्यायाधीश खड्कबहादुर केसीको  इजलासले पाँच  वर्ष कैद सहित ५० हजार रूपियाँ क्षतिपुर्ति र ५० हजार रूपियाँ जरिवानाको फैसला सुनाएको अदालतका…

March 11, 2020  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका–३ रजघराका ३३ वर्षीय गणेश पाण्डेलाई फागुन २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन २५ गते रामपुर नपा–३  स्थित जङ्गलमा बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटनाबारे स्थानीयले जानकारी…

March 11, 2020