यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

४८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले  तुलसीपुर उपमनपा–१ का ३८ वर्षीय बुद्दिराम धिताललाई कात्तिक २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ३० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले कात्तिक १ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको इन्स्पेक्टर चक्रडम्वर पालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो…

October 19, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजपुर गाउँपालिका–२ का २१ वर्षीय केवलराम यादवलाई कात्तिक १ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ३० गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले इन्सेक जिल्ला प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो…

October 19, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–७ रामनगरका १८ वर्षीय करण परियार र सोही ठाउँका २० वर्षीय प्रकाश वली र तुलसीपुर उपमनपा–५ रानीजरुवाका १८ वर्षीय बिष्णु बुढाथोकीलाई असोज २७ गते  गिरफ्तार गरेको छ । पीडितलाई  आरोपितहरूले  असोज २२ गते बलात्कार गरेको भन्दै पीडितपक्षले असोज २७ गते इलाका…

October 15, 2020  
जिल्ला बाल संगठनको सभापतिमा इन्सेककर्मी नियुक्त

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङका जिल्ला सहजकर्ता विनोद केसी नेपाल बाल संगठन दाङ जिल्ला तदर्थ समितिको सभापतिमा नियुक्त हुनु भएको छ । नेपाल बाल संगठन केन्द्रीय समितिको असोज २० गतेको निर्णयले इन्सेककर्मी केसीलाई सभापतिमा नियुक्त गरेको संगठनका केन्द्रीय महासचिव समित बरालले जानकारी दिनुभयो । संगठनले सहारा, संरक्षण विहिन बालबालिकाको…

October 15, 2020  
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पीडितपक्षले तुलसीपुर उपमनपा–५ का १९ वर्षीय विष्णु बुढाथोकी र १८ वर्षीय करण परियारले विरुद्ध इलाका प्रहरी कार्यालय, तुलसीपुरमा असोज २७ गते उजुरी दर्ता दिएको छ । पीडितलाई आरोपितद्वयले असोज २२ गते बलात्कार गरेको भन्दै उजुरी दिएको इन्स्पेक्टर चक्रडम्वर पालले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु…

October 13, 2020  
शैक्षिक अधिकारको प्रत्याभूति हुन नसकेको सरोकारवालाहरूको गुनासो

संघीय व्यवस्था अनुसार शैक्षिक अधिकारको प्रत्याभूति अझै हुन नसकेको सरोकारवालाहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असोज २३ गते घोराहीमा आयोजना गरिएको शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले मौलिक हकमा व्यवस्था गरेको भएपनि नागरिकलाई अधिकारको प्रत्याभूत हुने गरी उपभोग गर्न नपाएको गुनासो गरेका हुन्…

October 9, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रोल्पा घर भइ हाल घोराही उपमनपा–१५ बस्ने २६ वर्षीय शिवकुमार रानालाई असोज २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला…

October 8, 2020  
कथित बोक्सी आरोप घटनाका आरोपित गिरफ्तार

२३, २८ र ३३ वर्षीया तीन जना महिलालाई कथित बोक्सी आरोपमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–३ का २६ वर्षीय विकाश गुरु भनिने विनोद हरिजनलाई असोज २० गते गिरफ्तार गरेको छ ।  नरमा विष्टलाई सञ्चो नभएको भन्दै धामी विनोद हरिजनलाई बोलाएर असोज १३ गते राती झाँक्री बसेर हरिजनले तीन जना…

October 6, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–४ का ४५ वर्षीय बशिष्ट अधिकारीलाई असोज १८ गते गिरफ्तार गरेको छ । लमहीस्थित सम्राट सिमेन्ट कारखानामा कार्यरत महिलालाई सोही काराखानाका मेस इन्चार्ज रहेका अधिकारीले ०७७ असार देखि नै पटक पटक बलात्कार गरेको र पछिल्लो पटक असोज १३ गते बलात्कार गरेको भन्दै…

October 6, 2020  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१५, १६ र दुई जना १४ वर्षीया चार जना बालिकालाई बेचबिखनको आरोपमा प्रहरीले  प्रभात होटेलका सञ्चालक घोराही उपमनपा–१४ का ४० वर्षीय हिमलाल सार्कीलाई असोज ७ गते गिरफ्तार गरेको छ । बालिकाहरूलाई यौन कार्यमा लगाएर होटेल व्यवसाय चलाएको जानकारी पाएपछि  प्रहरीले असोज ३ गते छापा मारेर चार जना बालिकाहरूको उद्धार गरेको…

September 25, 2020