बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिगण्डकी गाउँपालिका–४ का ६१ वर्षीय नारायणप्रसाद श्रेष्ठलाई भदौ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ १७ गते आफ्नो पसलमा लगेर बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको  इन्स्पेक्टर राजकुमार रावलले इन्सेक प्रतिनिधिसँगको भेटमा  बताउनु भयो ।…

September 8, 2020  
वर्षौसम्म बस्ती स्थानान्तरण नहुँदा पहिरो प्रभावितहरू जोखिम मोलेर बस्न बाध्य

वर्षौसम्म बस्ती स्थान्तरण नहुँदा पहिरो प्रभावितहरू जोखिम मोलेर बस्न बाध्य छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको अध्ययन अनुसार २०७२ को भूकम्पबाट अति प्रभावित र प्रभावित २५ जिल्लाका २ सय ९९ वटा बस्ती अति जोखिममा रहेका छन् । भूगर्भविद्ले गुल्मी जिल्लामा ११ वटा बस्तीको भौगर्भिक अध्ययन गरेका मध्ये जिल्लाका चार स्थानीय…

September 4, 2020  
अज्ञात पक्षद्वारा मोटरसाइकलमा आगजनी

रेसुङ्गा नगरपालिका – ४ अर्खलेस्थित पन्थीटोलका व्यवसायी  प्रेमराज पन्थीको मोटरसाइकलमा साउन २९ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । तरकारी सङ्कलन केन्द्र भित्र पार्किङमा राखिएको लु ३९ प ५२४३ नम्बरको मोटरसाइकल बाहिर निकालेर   आगजनी गरेकाे पन्थीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।  घटनाका सम्बन्धमा पीडितले साउन ३० गते…

August 16, 2020  
नागरिकता नहुँदा आमाछोराको बिचल्ली, अदालतकै आदेश कार्यान्वयन भएन

धुर्कोट गाउँपालिका–४ जैसीथोक पिपलनेटाकी पार्वता नेपालीका आमाछोरा नागरिकता नहुँदा बिचल्लीमा परेका छन् । गुल्मी जिल्ला अदालतले नाता कायम गरे पनि जिल्ला प्रशासन कार्यालयले नागरिकता नदिएपछि उनीहरू बिचल्लीमा परेका हुन् । पति १६ वर्षदेखि सम्पर्कमा छैनन् । जसका कारण पार्वतासँगै १६ वर्षीय छोरा सरोज समस्यामा पर्नुभएको हो । ०६० सालमा पार्वता…

July 28, 2020  
गैरदलितकोमा पसेको आरोपमा १५ सय जरिवाना

जिल्लाको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङका श्याम बहादुर परिवारलाई गैर दलितकोमा पसेको आरोपमा स्थानीयले १५ सय जरिवाना गराएका छन् । उनी फोक्सिङ रिमका नेत्र काउचाको घरमा पसेपछि जरिवाना गरिएको हो । मगरको घरमा दलित पसेपछि पवित्र बनाउन पुजापाठ गराउने भन्दै जरिवाना गरिएको पीडित परियारले बताउनुभयो । यो घटना बैशाख २२ गतेको…

May 14, 2020  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता मदाने गाउँपालिका–६ का ४६ वर्षीय बसन्त गैरे भनिने सन्ते नेपालीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ । मदाने गाउँपालिकामा सङ्गठनको कामकोलागि आएको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पुर्कोटदहको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर राजकुमार रावलले बताउनु भयो…

March 16, 2020  
लेखा परीक्षण नहुदाँ विद्यार्थीले दिवा खाजा र छात्रवृत्ति पाउन सकेनन्, शिक्षकहरू पारिश्रमिकबाट वञ्चित

मदाने गाउँपालिका– ३ स्थित सिद्धार्थ प्रावि र वडा– ५ मलागिरीस्थित बाल कल्याण प्राविको लेखा परीक्षण हुन नसक्दा विद्यार्थीहरूले पाउँन सकेका छैनन् भने शिक्षकहरू आठ महिनादेखि पारिश्रमिक पाउँनबाट वञ्चित भएका छन् । लामो समयदेखि विद्यालयको लेखा परीक्षण नगरेको भन्दै गाउँपालिकाले विद्यालयको खाता रोकेकोका कारण छात्रवृत्ति र पारिश्रमिक पाउँन नसकेका हुन् ।…

March 14, 2020  
शुद्ध खानेपानीबाट बञ्चित सुकुम्बासी दलित समुदाय

  मालिका गाउँपालिका– ५ घमिर सिलादीका  १० घर दलित समुदायका सुकुम्बासी शुद्ध खानेपानीबाट  बञ्चित छन् । उक्त बस्तीका मानिसहरूको कपडा धुनेदेखि खानेपानी सम्मकालागि खोला धाउनु पर्ने बाध्यता रहेको छ । स्वास्थ्यका लागि शुद्ध खाने पानी अवस्यक भए पनि उनीहरूले खोलाको पानी पिउन परेको छ ।  सरकारी जमिनमा बसेका १० घर…

March 14, 2020  
आर्थिक अभावमा उपचार हुन नसक्दा दुई वर्षदेखि साङ्लोमा बाधिएर बस्न बाध्य

गुल्मीको छिमेकी जिल्ला बाग्लुङको बडिगाड गाउँपालिका–२ जिमी बेसीका ३२ वर्षीय रेशम राना आर्थिक अभावले उपचार गराउन नसकेपछि दुई वर्षदेखि साङ्लो बाँधिएर बस्न बाध्य छन्  । रानालाई मानसिक रोग लागेपछि परिवारले दाम्लोले बाँधेर राख्दै आएका छन् । उनी १५ वर्षदेखि मानसिक रोगबाट पीडित छन् । फलामको ठुलो साङ्गलोमा  दुई बर्षदेखि खुट्टा बाँधेर…

March 14, 2020  
पठन पाठन रोकेर बाल मन्दिरमा विवाहको भोज

जिल्ला सदरमुकामस्थित  तम्घास बाल मन्दिरमा फागुन २० गते बालबालिकाको पठन पाठन बन्द गरेर विवाहको भोज खुवाइएको छ । रेसुङ्गा नगरपालिका– ८ का चोपनारायण पाण्डेयका छोराको विवाहको भोजकालागि बाल मन्दिर भाडामा दिएको हो । ५४ जना बालबालिका रहेको उक्त बाल मन्दिरमा  ३० देखि ३५ जना नियमित अध्ययनका लागि आउने गरेका छन्…

March 5, 2020