कोभिड सङ्क्रमणका कारण विद्यालय बन्द, जङ्गलमै पढाइँदै !

कोभिड सङ्क्रमणको कारण क्वारेण्टिन बनाइएका विद्यालय अझै बन्द छन् । बन्दका कारण लामो समयदेखि बालबालिकाले पढ्न पाएका छैनन् । अहिले सामुदायिक सिकाइ केन्द्र मार्फत गाउँ–गाउँमा पढाइ सञ्चालन गरिएको छ । बस्ने भवन  नभएका कारण बालबालिका चिसो भुइ र जङ्गलमा बसेर पढ्न बाध्य छन् । इस्मा गाउँपालिका– ५ चाँपटारीको कुमारी निमाविले…

October 12, 2020  
चन्दा असुल गरेको आरोपमा प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

निर्माण व्यवसायीहरूसँग चन्दा असुलेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता  मालिका गाउँपालिका– २ दर्लिङका २० वर्षीय विष्णु विकलाई असोज २३ गते गिरफ्तार गरेको छ । आरोपितलाई  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले छत्रदेव गाउँपालिका– ६ गहिरापानीबाट गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय गुल्मीमा बुझाएको डिएसपी केदारराज पन्तले बताउनु…

October 12, 2020  
काम गरेको चार वर्षसम्म ज्याला नपाएको श्रमिकको गुनासो

छत्रकोट गाउँपालिका– ४ को श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरेका श्रमिकहरूले चार वर्षसम्म ज्याला नपाएको गुनासो गरेका छन् । उनीहरूले ०७३ सालमा श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरेको पुरै ज्याला नपाएको गुनासो गरेका हुन् । लामो समय ज्याला नपाएपछि श्रमिकहरूले छत्रकोट गाउँपालिका– ४ का वडाध्यक्ष डिलाराम न्यौपाने विरुद्ध न्यायीक समितिमा…

September 30, 2020  
प्रहरी र कांग्रेस कार्यकर्ताबिच झडप, ६ जना घाइते

नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबिच असोज ५ गते झडप हुँदा दुबै तर्फ गरी ६ जना घाइते भएका छन् । झडपमा नेपाली कांग्रेसका सभापति ५२ वर्षीय भुवनप्रसाद श्रेष्ठ र नेता ३५ वर्षीय पुर्ण केसी घाइते भएका छन् । यसैगरी  जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर ५२ वर्षीय राजकुमार रावल, प्रहरी जवान २४ वर्षीय…

September 22, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिगण्डकी गाउँपालिका–४ का ६१ वर्षीय नारायणप्रसाद श्रेष्ठलाई भदौ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ १७ गते आफ्नो पसलमा लगेर बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको  इन्स्पेक्टर राजकुमार रावलले इन्सेक प्रतिनिधिसँगको भेटमा  बताउनु भयो ।…

September 8, 2020  
वर्षौसम्म बस्ती स्थानान्तरण नहुँदा पहिरो प्रभावितहरू जोखिम मोलेर बस्न बाध्य

वर्षौसम्म बस्ती स्थान्तरण नहुँदा पहिरो प्रभावितहरू जोखिम मोलेर बस्न बाध्य छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको अध्ययन अनुसार २०७२ को भूकम्पबाट अति प्रभावित र प्रभावित २५ जिल्लाका २ सय ९९ वटा बस्ती अति जोखिममा रहेका छन् । भूगर्भविद्ले गुल्मी जिल्लामा ११ वटा बस्तीको भौगर्भिक अध्ययन गरेका मध्ये जिल्लाका चार स्थानीय…

September 4, 2020  
अज्ञात पक्षद्वारा मोटरसाइकलमा आगजनी

रेसुङ्गा नगरपालिका – ४ अर्खलेस्थित पन्थीटोलका व्यवसायी  प्रेमराज पन्थीको मोटरसाइकलमा साउन २९ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । तरकारी सङ्कलन केन्द्र भित्र पार्किङमा राखिएको लु ३९ प ५२४३ नम्बरको मोटरसाइकल बाहिर निकालेर   आगजनी गरेकाे पन्थीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।  घटनाका सम्बन्धमा पीडितले साउन ३० गते…

August 16, 2020  
गैरदलितकोमा पसेको आरोपमा १५ सय जरिवाना

जिल्लाको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङका श्याम बहादुर परिवारलाई गैर दलितकोमा पसेको आरोपमा स्थानीयले १५ सय जरिवाना गराएका छन् । उनी फोक्सिङ रिमका नेत्र काउचाको घरमा पसेपछि जरिवाना गरिएको हो । मगरको घरमा दलित पसेपछि पवित्र बनाउन पुजापाठ गराउने भन्दै जरिवाना गरिएको पीडित परियारले बताउनुभयो । यो घटना बैशाख २२ गतेको…

May 14, 2020  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता मदाने गाउँपालिका–६ का ४६ वर्षीय बसन्त गैरे भनिने सन्ते नेपालीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ । मदाने गाउँपालिकामा सङ्गठनको कामकोलागि आएको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पुर्कोटदहको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर राजकुमार रावलले बताउनु भयो…

March 16, 2020  
लेखा परीक्षण नहुदाँ विद्यार्थीले दिवा खाजा र छात्रवृत्ति पाउन सकेनन्, शिक्षकहरू पारिश्रमिकबाट वञ्चित

मदाने गाउँपालिका– ३ स्थित सिद्धार्थ प्रावि र वडा– ५ मलागिरीस्थित बाल कल्याण प्राविको लेखा परीक्षण हुन नसक्दा विद्यार्थीहरूले पाउँन सकेका छैनन् भने शिक्षकहरू आठ महिनादेखि पारिश्रमिक पाउँनबाट वञ्चित भएका छन् । लामो समयदेखि विद्यालयको लेखा परीक्षण नगरेको भन्दै गाउँपालिकाले विद्यालयको खाता रोकेकोका कारण छात्रवृत्ति र पारिश्रमिक पाउँन नसकेका हुन् ।…

March 14, 2020