भारतबाट एक जना बालिकाको उद्धार

भारतको गोरखपुरमा अलपत्र अवस्थामा रहेकी  १६ वर्षीया बालिकालाई  भारतीय प्रहरीको सहयोगमा फागुन २४ गते उद्धार गरिएको छ । शान्ति पुनर्स्थापना गृहले  कपिलवस्तु नपा–८ दोहनीकी १६ वर्षीया किशोरीलाई उद्धार गरि परिवारको जिम्मा लगाइएको संयोजक भुमीराज भट्टराईले बताउनु भयो । फागुन ९ गते शिवरात्रीको मेला हेर्न जान्छु भनेर हिडेकी बालिका सम्पर्क विहिन…

March 9, 2020  
महिलामाथि एसिड प्रहार, प्रहरीद्वारा घटनाका आरोपित गिरफ्तार

बालबालिकाले क्रिकेटको व्याट भाँचेको विषयमा विवाद हुदाँ महाराजगञ्ज नपा– १ की ५१ वर्षीया बेदमती देवी गुप्तामाथि फागुन २३ गते सोही ठाँउका  ३९ वर्षीय हरी नारायण वरईले एसीड प्रहार गरेका छन् । एसिड प्रहारका आरोपितलाई प्रहरीले फागुन २४ गते गिरफ्तार गरेको जनाएको छ । एसीडबाट घाइते भएकी महिलाको जिल्ला अस्पताल तौलीहवामा…

March 8, 2020  
बलात्कार कसुरमा आठ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  फागुन २१ गते बुद्धभूमि नपा– २ का १६ वर्षीय बालकलाई  आठ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार चिन्तामणि शर्माले बताउनु भयो । आरोपितले ०७५ चैत २२ गते बलात्कार गरेको…

March 6, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय बुवालाई फागुन १९ गते गिरफ्तार गरेको छ । पीडितलाई फागुन १८ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले  फागुन १८ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएको इन्स्पेक्टर  आयुश प्रसाद जोसीले बताउनु भयो । नौ वर्षको उमेरदेखि बुवाले आफुलाई पटक पटक…

March 5, 2020  
बलात्कार कसुरमा १२ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले फागुन १३ गते  कपिलवस्तु नपा–४ बिठुवाका २४ वर्षीय मनोजकुमार लोनियालाई १२ वर्ष कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश  कपिलमणी गौतमको इजलासले दोषी ठहर गर्दै १२ वर्ष कैद र ५० हजार रूपियाँ क्षतिपुर्तीको  फैसला गरेको श्रेस्तेदार चिन्तामणी शर्माले बताउनु…

February 27, 2020  
मानव अधिकार समूहद्वारा कार्य योजना निर्माण

इन्सेकद्वारा गठित  मानव अधिकार समूहको आयोजनामा फागुन १० गते बुद्धभुमि नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी समस्या पहिचान र कार्ययोजना निर्माण गरिएको छ । आधारभुत तहको शिक्षा निशुल्क र अनिवार्य र माध्यमिक शिक्षा निशुल्क भनिएपनि विद्यालयहरूले विभिन्न नाममा शुल्क लिने गरेको , मातृ भाषामा पठन पाठन गर्न पाउने भनिएपनि…

February 25, 2020  
मानव अधिकार समूहद्वारा नगरपालिकामा ज्ञापन पत्र

इन्सेकद्वारा गठित मानव अधिकार समूह बुद्धभुमिले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा बुद्धभुमि नगरपालिकालाई माघ २६ गते ज्ञापनपत्र बुझाएको छ । मानवअधिकार समूहका अध्यक्ष कृष्णप्रसाद खनालको नेतृत्वमा जिल्लास्थित अधिकारकर्मी तथा उपभोक्ताहरूले बुद्धभुमि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर रावत सहित शाखा अधिकृतहरूलाई ज्ञापन पत्र बुझाएका हुन् । शिक्षा, स्वास्थ्य, खाद्य…

February 11, 2020  
प्रयोगशाला अभावमा विषादी परीक्षण नगरी खाद्य बस्तु उपभोग गर्न बाध्य

प्रयोगशाला नहुँदा नागरिकहरू विषादी परीक्षण बिना खाद्य बस्तु उपभोग गर्न बाध्य छन् । इन्सेक र मानव अधिकार समूहको आयोजनामा माघ २४ गते आयोजित खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बुद्धभुमि नपा–२ का वडा अध्यक्ष भेषराज खनालले उक्त कुरा बताउनु भएको हो । खनालले मौलिकहकको धारा ३६ मा खाद्य अधिकारको सुनिश्चितताका…

February 10, 2020  
घरेलु हिंसा पीडित महिलाद्वारा अदालतमा मुद्दा दर्ता

बुद्धभूमि नपा– ४ किलौलीकी ३२ वर्षीया बिष्णुकुमारी नेपालीले पति ३० वर्षीय केशवबहादुर सेन विरूद्ध  जिल्ला अदालतमा माघ २० गते घरेलु हिंसा सम्बन्धी मुद्दा दर्ता गराउनु भएको छ । पतिले पटक पटक गाली गौलज , कुटपिट गर्ने, खान लाउन नदिने गरेको र पछिल्लो पटक माघ १५ गते गाली गलोज गर्नुका साथै…

February 4, 2020  
इन्सेक र मानव अधिकार समूहद्वारा नगरपालिकामा ज्ञापन पत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूह बाणगङ्गाले विभिन्न माग राख्दै  बाणगङ्गा नपाका प्रमुख प्रशासकीय अधिकृत लगायत विषयगत शाखा प्रमुखहरूलाई माघ १४ गते  ज्ञापन पत्र बुझाएको छ । खाद्य सुरक्षा सम्बन्धी कानुन बनि सकेको अवस्थामा अखाद्य बस्तु मिसावट हुने गरेको मानव स्वास्थ्यलाई हानी पुरयाउने नक्कली मह बनाएर निर्वाध…

January 30, 2020