एक महिलाको मृत अवस्थामा शव फेला

बुद्धभुमि नपा-२ गोरुसिङ्गेकी ३५ वर्षीया गङ्गा खनालको शव असार १५ गते बिहान ८ बजे घरदेखि १ सय मिटर पश्चिममा रहेको पानीको गढहामा फेला परेको छ । रातिदेखि हराएकी खनालको खोजविनको क्रममा घरदेखि पश्चिममा रहेको घोलामा पानीमा घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए । घोलामा झाडी रहेको र…

June 29, 2017  
बुद्धभूमी नगरपालिकाका मेयर उम्मेदवारको घर नजिकै सुतली बम विष्फोट

बुद्धभूमी नपा-१ स्थित महेन्द्रकोट निवासी नेपाली काङ्ग्रेसका तर्फबाट मेयरका उम्मेदवार केशवकुमार श्रेष्ठको घर नजिकै सडकमा असार १२ गते बम विष्फोट भएको छ । अज्ञात समूहद्वारा गरिएको सुतली बम विष्फोटबाट कुनै मानवीय र भौतिक क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए । मौन समय सुरूभएसँगै अज्ञात समूहले गराएको…

June 27, 2017  
इन्सेकका पर्यवेक्षकलाई अभिमूखीकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असार १४ गते हुने स्थानीय तहको निर्वाचनको स्वतन्त्र निश्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्नका लागि पर्यवेक्षकहरूका लागि एक दिवसीय अभिमूखीकरण कार्यक्रम असार १२ गते तौलिहवामा सम्पन्न भएको छ । कार्यक्रममा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान कपिलवस्तुका संयोजक रामदयाल ठाकुर, इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेल तथा…

June 26, 2017  
नेपाली काङ्ग्रेसका उम्मेदवारको घरमा बम फेला, सेनाद्वारा निष्क्रिय

वाणगङ्गा नपाका लागि नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार मङ्गलप्रसाद थारुको वाणगङ्गा नपा-११ कोदारीस्थित घरमा असार ११ गते बम फेलापरेपछि नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ । सानो भाँडाभित्र बेरिएको अवस्थामा घरको कम्पाउन्डभित्र बम भेटिएपछि सेनाको टोलीले बम निष्त्रिmय बनाएको जिल्ला प्रहरी कार्यलयका डिएसपी प्रल्हाद अधिकारीले जानकारी दिए । अधिकारीका…

June 25, 2017  
जिल्लास्तरीय बहस तथा सम्वाद कार्यक्रम सम्पन्न

जिल्लामा शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा दर्जनौँ समस्या रहेकोमा मानव अधिकार निगरानी समूहको नियमित निगरानीपछि सुधार आएको सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा जिल्लामा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी परियोजना अन्तर्गत असार ९ गते तौलिहवामा आयोजित बहस तथा सम्वाद कार्यक्रममा सो कुरा…

June 24, 2017  
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा असार ९ गते जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान बैठक कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । इन्सेकद्वारा कपिलवस्तु जिल्लामा साविकका बुड्ढी र तिलौराकोट गाविसमा सञ्चालित 'स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने' इएलपी कार्यक्रमको वार्षिक गतिविधिका बारेमा जानकारी दिने र सरोकारवालाहरूको सुझाव…

June 24, 2017  
आफैँले बनाएको आचारसंहिता पालना गर्न दलहरूलाई आग्रह

निर्वाचनमा आफैँले बनाएको आचारसंहिता पालना गरी लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुर्‍याउन निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाको अनुगमन गर्न असार ९ गते जिल्ला पुगेका आयुक्त पौडेलले अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । पौडेलले दलहरूलाई लक्षित गर्दै भोजभतेर गर्ने टिसर्ट, क्याप…

June 23, 2017  
उम्मेदवारी दर्ता गर्ने क्रममा विष्फोट हुँदा चारजना घाइते

वाणगङ्गा नपा-४ गजेरामा जेठ ४ गते करिव सवा दुई बजे बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् । घाइतेहरूको विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ । नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलका उम्मेदवारहरू उम्मेदवारी दर्ता गर्न जाने क्रममा बाटोमा साइकलमा राखिएको टाइम बम विष्फोट भएको प्रमुख जिल्ला…

June 18, 2017  
मानव अधिकार निगरानी समूहको निगरानीपछि शिक्षा र स्वाथ्यमा सुधार

यस पहिले आयोजना गरेको सेवाग्राही र सेवा प्रदायकबिच अन्तरक्रियामा सरकारी कार्यालयहरूमा जनताको काम सहज रूपमा हुन नसकेको तथा काममा पारदर्शिता नभएकोलगायतका समस्या बारे सेवाग्राहीले गुनासो गरेका थिए भने निगरानी समूहको निरन्तर अनुगमन तथा फलोअप गर्न सुरू गरेपछि सरकारी कार्यालयहरूमा केही सुधार भएको पाइएको छ । यस पहिले भएको अन्तरक्रियामा प्रमुख…

June 13, 2017  
निगरानी समूहको पहलमा मानव अधिकार रक्षकलाई तालिम

मानव अधिकार निगरानी समूहको आयोजना तथा बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोगमा ०७४ जेठ २९ गते मानव अधिकारसम्बन्धी तालिम सम्पन्न गरिएको छ । इन्सेकको पहलमा साविक भृकुटी नगरपालिकाको नगर परिषदमै मानव अधिकारसम्बन्धी तालिमका लागि २५ हजार रुपियाँ बजेट विनियोजित गरेकोमा सो अनुसार मानव अधिकार निगरानी समूहको बैठकले उक्त तालिम सञ्चालन गर्ने प्रस्ताव…

June 13, 2017