नगरपालिकाद्वारा इन्सेक जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार सामाजिक न्याय र लैङ्गिक हिंसा न्युनिकरणमा सक्रिय भइ जिल्लामा अग्रणी भूमिका निर्वाह गरेको भन्दै इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसाललाई सम्मान गरिएको छ । सन्धिखर्क नगरपालिकाले अन्तर्राष्ट्रि«य मानव अधिकार दिवस तथा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको समापन समारोहमा मङ्सिर २४ गते इन्सेक जिल्ला प्रतिनिधिको रूपमा रही सन्धिखर्क नगरपालिका…
इन्सेकको अगुवाइमा भ्रष्टाचार विरूद्धको दिवसमा हस्ताक्षर अभियान
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अगुवाइमा विभिन्न गैरसरकारी सङ्घसंस्थाहरूको सहकार्यमा भ्रष्टचार विरूद्धको दिवसको अवसमा भूमिकास्थानमा मङ्सिर २३ गते हस्ताक्षर सङ्कलन अभियान सम्पन्न भएको छ । भ्रष्टाचार विरूद्धको सहकार्य, सुशासनको लागि अपरिहार्य भन्ने मुल नारा सहितको व्यानरमा म भ्रस्टचार गर्दिनँ, सहन्न र दिन्न भन्ने शब्दावली उल्लेख गरिएको व्यानरमा नगरपालिकाका कर्मचारीहरू,…
शिक्षकबाट कुटपिट गरिएका विद्यार्थीद्वारा प्रहरीमा उजुरी
पाणिनी गाउँपालिका–८ स्थित कमला माविमा कक्षा १० मा अध्यानरत १५ वर्षीय विद्यार्थी सागर नेपालीलाई अनुशासन बाहिर गएको आरोपमा कुटपिट गरेको भन्दै सोही विद्यालयका प्रधानाध्यापक ५१ वर्षीय गोविन्दराज पन्थीविरूद्ध पीडित पक्षले मङ्सिर २ गते पालिक प्रहरी चौकीमा उजुरी दिएका छन् । पीडित बालकलाई आरोपित शिक्षकले मङ्सिर १ गते कुटपिट गरेको पीडित…
प्रतिबन्धित नेकपाको विरोध र्यालीमा बालबालिकाको प्रयोग
कालापानी, लिपुलेक लिम्पियाधुरालाई भारतको नक्सामा समेटेको विरोधमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनले कात्तिक २४ गते आयोजना गरेको विरोध र्यालीमा विद्यालयमा अध्ययनरत बालबालिकाकोे प्रयोग गरेको पाइएको छ । उक्त पार्टीका विद्यार्थी कार्यकर्ता विद्यालयमा गई अध्यनरत बालबालिकाहरूलाई र्याली र जुलुसमा सहभागी बनाएको विद्यालयका शिक्षकहरूले बताएका छन् । विद्यालयमा…
स्वास्थ्य सेवा प्रवाहका लागि इन्सेकको संयोजनमा अधिकारकर्मीहरूले ज्ञापनपत्र बुझाए
अस्पतालबाट नागरिकको स्वास्थ्य अधिकार सुनिश्चिता नभएको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संयोजनमा जिल्लास्थित अधिकारकर्मीको टोलीले जिल्ला अस्पतालका प्रमुख जगनाथ तिवारीलाई ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएका छन् । जिल्ला अस्पतालमा राज्यले तोकेका निःशुल्क पाउने औषधिहरू नपाएको, जीवन विमा गराएबापत सेवा सुविधा नपाएको, जिल्ला अस्पतालको फार्मेसीमा औषधिहरू नभएको, दरबन्दी अनुसार स्वास्थ्यकर्मी नभएको…
स्वास्थ्य संस्थामा औषधि नपाएका कारण सेवाग्राही मर्कामा
स्वास्थ्य संस्थामा औषधि नपाएका कारण सेवाग्राही मर्कामा परेका छन् । नेपाल सरकारबाट प्राप्त हुने निःशुल्क औषधि र स्वास्थ्य जीवन बिमा बापत सेवाग्राहीले प्राप्त गर्ने औषधिहरू स्वास्थ्य संस्थामा उपलब्ध नभएपछि सेवाग्राहीहरू मर्कामा परेका हुन् । निःशुल्क र स्वास्थ्य जीवन बिमा गरे वाफत निशुल्क पाइने औषधि स्वास्थ्य संस्थामा उपलब्ध नभए पछि सेवा…
स्थानीय तहका न्यायिक समितिको इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या
स्थानीय तहका न्यायिक समितिको छुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या पर्ने गरेको छ । नेपालको संविधानले सबै स्थानीय तहलाई कार्यपालिका, न्ययापालिका र व्यवस्थापीका तीन औटै अङ्गको कार्य गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । नेपालको संविधान २०७२ को धारा ११७ ले स्थानीय तहमा न्यायिक समिति गठन गरी न्याय सम्पादनले…
स्वास्थ्य संस्थामा भिटामिन ए अभाव, ४ सय बालबालिका भिटामिन ए खानबाट वञ्चित
स्वास्थ्य संस्थामा भिटामिन ए को अभाव भएपछि हुँदा जिल्लाका ४ सय बालबालिका भिटामिन ए खानबाट बञ्चित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामा भिटामिन ए औषधि पर्याप्त नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ६ ओटा स्थानीय तहमध्ये, भूमिकास्थान, सन्धिखर्क र मालारानीमा औषधि पुगे पनि सितगङ्गाका…
न्यायिक समितिले कानुन विपरित शुल्क लिएको आरोप
उजुरी दर्ता गर्दा न्यायिक समितिले कानुन विपरित शुल्क लिँदै आएका छन् । जिल्लाका ६ ओटा स्थानीय तहमध्ये पाणिनी गाउँपालिका, सन्धिखर्क नगरपालिका, र छत्रदेव गाउँपालिकाले दर्ता शुल्क लिने गरेका छन् । नेपालको संविधान २०७२ ले स्थानीय तहका न्यायिक समितिलाई न्यायिक अधिकार समेत प्रदान गरेको छ । शुल्क लिन हुने वा नहुने…
अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा सहुलियत नपाएको गुनासो
चाडपर्व नजिकिएसँगै यातायात क्षेत्रमा अपागङ्ता भएका व्याक्तिहरू र ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा सहुलियत नपाएको गुनासो गरेका छन् । अपागङ्ता भएका व्याक्तिहरूसम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३७ उपदफा २ मा र ज्येष्ठ नागरिक कल्याण ऐनले गरेको व्यवस्था अनुसार सार्वजनिक यातायातमा ५० प्रतिशत छुट सुविधाको व्यावस्था गरेको छ ।…