बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा खिदिम गाविस-४ का १७ वर्षीय मधु कुमाललाई प्रहरीले असोज ५ गते उनकै घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ४ गते बलात्कार गरेको आरोपमा बालिकाका अभिभावकले प्रहरीमा असोज ५ गते उजुरी दिएका थिए । उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला…
कुटपिट गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार
सन्धिखर्क नपा–१५ डिर्भनाकी १९ दिनकी सुत्केरी २३ वर्षीया अञ्जना श्रेष्ठलाई छोरी जन्माएको आरोपमा कुटपिट गरेको आरोपमा २५ वर्षीय पति नारायण श्रेष्ठलाई प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ । भदौ २९ गते जिल्ला अस्पतालबाट छोरीको उपचारपछि घर फर्कँदै गर्दा बेहोस हुनेगरी कुटपिट गरी जङ्गलमा छोडेर घर गएको आरोपमा पीडितका आफन्तले…
मानव बेचबिखन गरेको कसुरमा १२ वर्षकैदको फैसला
३० वर्षीया महिलासहित उनका दुई छोराहरूलाई बेचविखन गर्न भारत लगेको ठहर गर्दै जिल्ला अदालतले प्युठान जिल्ला बाँदीकोट गाविसका ३२ वर्षीय केशव ज्ञवालीलाई भदौ २४ गते जिल्ला अदालतले १२ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजालसलले प्रमाणको आधारमा आरोपित ज्ञावलीलाई १२ वर्षकैद र ५०…
घरेलु हिंसा गरेको ठहर गर्दै पतिलाई २४ दिन कैद फैसाल
केरुङ्गा गाविस-२ कि २९ वर्षीया सिर्जना भुसालाई घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालतले सिर्जनाका ३३ वर्षीय पति पुनाराम भुसाललाई साउन ३१ गते २४ दिन कैद र १० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रमाण र वयानको आधारमा अरोपितले पत्नीलाई घरेलु हिंसा गरेको ठहर गर्दै…
१२ वर्षीय बालक तीन वर्षदेखि दाम्लोमा
सुस्त मनस्थिति भएका वाँगी गाविस-६ का १२ वर्षीय बावुराम नेपालीलाई उनका परिवारले दाम्लोमा बाँधेर नियन्त्रणमा राखेका छन । ती बालकलाई उपचार गर्नुको साटो अभिभावकले धेरै हिँडडुल गर्ने र परिवालाई दुख दिने गरेकोले डोरीले बाँधेर राखिएको बताएका छन् । बालकलाई डोरीले गोडामा बाँधेर राखिएकोले उनी राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । उनलाई…