यौन दुर्व्यवहार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै रुपन्देही जिल्लाका १८ वर्षीय बुद्धिनारायण कुर्मीलाई जिल्ला अदालतले पुस २० गते ६ वर्षकैद र ५० हजार रुपियाँ जरिबाना हुने गरी फैसला गरेको छ । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजालासले घटनको प्रमाणको आधारमा उक्त फैसला गरेको जिल्ला अदालतका नासु टेकलाल गैरेले जानकारी दिए ।…

January 6, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

सन्धिखर्क नपा-४ की सफिना मियाँको उजुरीका आधारमा बहुविवाह गरेको आरोपमा ३३ का वर्षीय अलाउँदिन मियाँ र सोही ठाउँकी २२ वर्षीया जुविदा खातुनलाई प्रहरीले ०७३ पुस १८ गते घरैबाट गिरफ्तार गरेको छ । पीडित महिलाले आरोपितद्वयले विवाह गरेको आरोप लगाउँदै कानुनी कारवाहीको मागसहित पुस १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी…

January 3, 2017  
संविधान संशोधन प्रस्तावको विरोधमा मसाल जुलुस 

सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरी ५ नं. प्रदेशका पहाडी जिल्ला तराईबाट टुक्र्याउन खोजेको विरोधमा मङ्सिर २९ गते सन्धिखर्कमा मसाल जुलुस प्रदर्शन गरिएको छ । संयुक्त सङ्घर्ष समितिको आह्वानमा साँझ ६ बजे चुक्रावेशीको बेलबाटिका र बसपार्कबाट जुलुस सुरु गरी सदरमुकाम सन्धिखर्कमा पुगेर कोणसभामा परिणत गरिएको थियो । मसाल जुलुसलाई…

December 14, 2016  
आन्दोलनकारीहरूद्वारा सरकारी कार्यालय घेराउ

सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गरेको विरोध गर्दै संयुक्त सङ्घर्ष समितिको आह्वानमा मङ्सिर २४ गते बिहान ८ बजेदेखि ११ बजेसम्म अर्घाखाँची बन्द र ९ बजेदेखि १२ बजेसम्म सरकारी कार्यालय घेराउ गरिएको छ । संयुक्त सङ्घर्ष समितिको आह्वानमा बिहान ८ बजेदेखि ११ बजेसम्म बजार, उद्योग पसल,…

December 9, 2016  
पत्नीको हात भाँचिने गरि कुटपिट गरेको आरोपमा पति गिरफ्तार

गुल्मी जिल्लाको पराल्मी गाविस घर भई सन्धिखर्क नपा-२ मा अस्थायी बसोवास गर्दै आएकी १८ वर्षीया इन्दिरा विकलाई हात भाँचिने गरि कुटपिट गरेको आरोपमा १९ वर्षीय पति रामु विकलाई प्रहरीले मङ्सिर २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २१ गते साँझ कुटपिट गर्दा बाँया हात भाँचिएको पीडितले बताएकी…

December 8, 2016  
बालक हत्याको अनुसन्धान दुई वर्षसम्म पनि पूरा भएन

ठाडा गाविस-५ का १३ वर्षीय बालक राजन भुसालको हत्या भएको २ वर्षबितिसक्दा पनि घटनाको अनुसन्धान अझै पूरा नभएको प्रहरीले जनाएको छ । पीडित बालक ०७१ मङ्सिर ६ गते हराएपछि पीडितका परिवारले मङ्सिर ९ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । बालकको शव ०७१ मङ्सिर १४ गते सोही गाविसमा रहेको…

December 8, 2016  
दुई वर्षीया नाबालक छोरीलाई कुटपिट गरेको आरोपमा बावु गिरफ्तार

सन्धिखर्क नपा-१ मा अस्थायी बसोवास गर्ने दई वर्षीया नाबालिका रमा धामीलाई मङ्सिर १० गते कुटपिट गरेको आरोपमा प्रहरीले उनका २७ वर्षीय बावु जगदीशसिंह धामीलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ । दार्चुला स्थायी घर भई सन्धिखर्क नपा-१ मा बसोवास गर्ने बावुले पहिलो पत्नी हुदाँहुँदै अर्को विवाह गरेपछि पहिलो पत्नीबाट जन्मेको…

November 28, 2016  
इन्सेकको खबरदारीपछि सामाजिक सुरक्षा भत्ता वितरण सुरू

इन्सेक जिल्ला प्रतिनिधिले खिदिम गाविसका सचिव टेकराज श्रेष्ठ र तत्कालीन स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डेलाई भेटेर खिदिम गाविसमा समाजिक सुरक्षा भत्ता वितरण नगरेको विषयमा खबरदारी गरेपछि गाविसले मङ्सिर ११ गतेबाट सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । जिल्ला विकास समतिले सामाजिक सुरक्षा भत्ता वितरण गर्न स्वीकृति दिएको ३५…

November 28, 2016  
राज्यले पीडितलाई न्याय दिन नसकेको द्वन्द्वपीडितको आरोप

दश वर्षम्म चलेको सशस्त्र द्वन्द्व अन्त्य गर्न विस्तृत शान्ति सम्झौता सम्पन्न भएको दश वर्ष बित्दा पनि राज्यले पीडित नागरिकलाई न्याय दिन नसकेको द्वन्द्वपीडिले आरोप लगाएका छन् । सेनालाई सुराकी गरेको आरोपमा ०६२ सालमा तत्कालीन व्रि्रोही पक्षबाट हत्या गरिएका मिनप्रसाद बेल्वासेका छोरा तथा न्यायका लागि द्वन्द्व पीडित समाजका जिल्ला सचिव हेमन्त…

November 24, 2016  
गाविसले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको गुनासो

खिदिम गाविसमा ज्येष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षा भत्ता पाउने नागरिकले दसैँ अगाडि नै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नपाएको गुनासो गरेका छन् । खदिम गाविस-३ का बनर गौतमले दसैँ अगाडि नै सामाजिक सुरक्षा भत्ता पाउँला र दसै राम्रोसँग मनाउला भनेर बसेपनि गाविस सचिवले भत्ता नदिएको आरोप लगाए । खिदिम गाविस-७…

November 19, 2016