बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला घर भई अर्घाखाँची सन्धिखर्क-१ बस्ने ४१ वर्षीय अनावर सदा मियाँलाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत वैशाख २९ गते बलात्कार गरी बन्धकसमेत बनाएको भन्ने सूचनाको आधारमा आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलयका…
निर्वाचन पूर्व मानव अधिकारको अवस्थाबारे अनुगमन
स्थानीय तह निर्वाचन ०७४ को निर्वाचन पूर्व अनुगमन अन्तर्गत इन्सेक क्षेत्रीय कार्यालय पोखराको टोलीले निर्वाचनको तयारी, राजनीतिक दलहरूबिचको सम्बन्ध, सुरक्षा अवस्था, सुरक्षा चुनौती, मतदात शिक्षालगायतका विषयमा विभिन्न सरोकारवाला निकायसँग भेटी निर्वाचन पूर्व मानव अधिकारको अवस्था र समग्र निर्वाचानको बारेमा अनुगमन गरेको छ । इन्सेक क्षेत्रीय कार्यालय संयोजक शिव खकुरेलको नेतृत्वमा…
मतदाता शिक्षाका बारेमा पछाडि पारिएको समुदायसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय पोखराले वैशाख १२ गते स्थानीय तह निर्वाचन, मतदाता शिक्षाको बारेमा सितगङ्गा नगरपालिका-४, ठाडाका दलित समुदायसँग छलफल गरेको छ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकको क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरलेले स्थानीय तहको निर्वाचन, स्वच्छ, निष्पक्ष, र शान्तिपूर्ण बनाउन अभियान चलाएको बताएपछि…
द्वन्द्वपीडितको गुनासो-'जतिसुकै परिर्वतन भएपनि हामीले न्याय पाएनौँ'
मुलुकमा जतिसुकै परिर्वतन भए पनि सशस्त्र द्वन्द्वकालका पीडितले न्याय पाउन नसकेको एक कार्यक्रममा सहभागी द्वन्द्वपीडितले गुनासो गरेका छन् । 'विस्तृत शान्ति सम्झौता भएको दश वर्षपुरा भयो । यस बिचमा धेरै परिर्वतन भए । धेरै सरकार निर्माण भए तर कुनै सरकाले द्वन्द्वपीडितको घाउमा मल्हम लाउन सकेनन् । जतिसुकै परिर्वतन भए पनि…
बलात्कार गरेको कसुरमा १३ वर्षकैदको फैसला
आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय एक बालकलाई जिल्ला अदालतले चैत २७ गते १३ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले आरोपितको बयान र प्रमाणको आधारमा जबरजस्ती करणी अन्तर्गत १० वर्षकैद र ५० हजार रुपियाँ जरिबाना, हाडनाता करणी अन्तर्गत तीन वर्षगरी…
सामूहिक बलात्कार गरेको कसुरमा ११ वर्षकैदको फैसला
२३ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा सन्धिखर्क नपा-२ का १८ वर्षीय राजेश मिश्र, सोही ठाउँका २२ वर्षीय भरत भुसाल, भुमिकास्थान गाउँपालिका-८ का २० वर्षीय विनोद थापा र कपिलवस्तुका केशरीनन्दन अग्रहरीलाई जिल्ला अदालतले जनही ११ वर्षकैदको फैसला गरेको छ । न्यायाधीश केशवप्रसाद वास्तोलाको इजलासले चैत ८ गते आरोपित चारै…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया एक युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सन्धिखर्क नपा-२ का २० वर्षीय बिक्रम नेपालीलाई चैत ६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले चैत २ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले चैत ३ गते प्रहरीमा उजुरी दिएको थियो । पीडितको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…
अपाङ्गता भएका व्यक्ति १५ वर्षदेखि दाम्लोमा
आर्थिक अभावका कारण हंसपुर गाविस-४ का मनोसामाजिक अपाङ्गता भएका २९ वर्षीय विष्णुबहादुर थापालाई उनका परिवारले विगत १५ वर्षदेखि दाम्लोमा बाँधेर राखेका छन् । छारे रोगका कारण मनोसामाजिक अपाङ्गता भएपछि उनलाई बाँधेर राख्नुपरेको पीडितका बावु वीरबहादुर थापाले बताए । छारे रोग लागेपछि विष्णुमा चेतना शक्ति गुमेका कारण दाम्लोले बाँधेर राख्नुपरेको उनले…
तीन वर्षीय छोराको हत्या पछि आमाद्वारा आत्महत्या
धारापानी गाविस-९ की ३२ वर्षीया सुन्तली नेपालीले तीन वर्षीय छोरा गौतम नेपालीको माघ २२ गते घर नजिकैको जङ्गलमा ढुङ्गाले थिचेर हत्या गरी आफूले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । बालक गौतम माघ २२ गतेदेखि हराएपछि स्थानीबासीले खोजखबर गर्दै जाँदा घर नजिकै जङ्गलमा हत्या गरी ढुङ्गाले च्यापेको अवस्थामा माघ २५…
माओवादी नेता बोल्दाबोल्दै ढुङ्गा प्रहार, कार्यक्रममा उर्जामन्त्रीले सम्वोधन गर्न पाएनन्
एकीकृत नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य डिलाराम आचार्यले संविधान संशोधन प्रस्ताव ठिक भएकोले अर्घाखाँची जिल्लालाई ५ नं. प्रदेशबाट टुक्र्याउँदा केही फरक पर्दैन भन्ने अभिव्यक्ति दिएको भन्दै कार्यक्रममा उपस्थित नागरिकले उनी बोलिरहेको बेला स्टेजमा ढु्ङ्गामुढा प्रहार गरे । पुस २८ गतेबाट सुरू भएको अर्घाखाँची महोत्सव मेलाको उद्घाटन कार्यक्रममा आचार्य बोलिरहेको बेला…