ललितपुर

न्यायिक समितिबारे जनचेतनाको खाँचो

नेपालको संविधानले गाउँगाउँमा अधिकार दिए पनि त्यसको कार्यान्वयनका लागि सचेतनाको खाँचो रहेको सरोकारवालाले औँल्याएका छन् । संविधानको धारा २१७ ले स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरेको छ । न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अुसार काम गर्ने कानुनी व्यवस्था छ । स्थानीय तहको न्यायिक समितिमा के कस्ता उजुरी गर्न पाइन्छ भन्ने बारे सचेतनाको कमी रहेको न्या....

Post Update :January 31, 2019,  
बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बागमती गाउँपालिका–४ आश्राङका २३ वर्षीय दिपेन्द्र लोलार्ई जिल्ला अदालतले आठ वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश डा. रमेशप्रसाद रिजालको इजलासले लोलाई दोषी ठहर गरेको फैसला माघ १५ गते लिखित प्रतिवेदन उतारेको हो । पीडित बालिकालाई लोले गत जेठ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ११....

Post Update :January 31, 2019,  
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले लोकतन्त्र बलियो हुनेमा सरोकारवालाको जोड

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले नै लोकतन्त्र बलियो हुने उल्लेख गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रलाई खुम्च्याउन खोजे लोकतन्त्र कमजोर हुनेमा सरोकारवालाहरूले जोड दिएका छन् । युरोपियन युनियनको सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सिडा र फोरम एशियाको आयोजनामा माघ ३ गते ललितपुरम....

Post Update :January 18, 2019,  
नागरिक सङ्गठनहरूलाई सरकारले साझेदारका रूपमा लिनु पर्नेमा सरोकारवालाको जोड

नागरिक सङ्गठनहरूलाई सरकारले साझेदार संस्थाका रूपमा लिनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । कुपण्डोलस्थित होटल हिमालयनमा पुस १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको पारस्परिक जबाफदेहीता परियोजना नागरिक सङ्गठनको स्वनियमन र आन्तरिक सुशासनः सवाल र दृष्टिकोण विषयक अन्तरक्रि....

Post Update :December 29, 2018,  
बलात्कार घटनाका फरार आरोपितहरू गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कारपछि हत्या प्रयास गरी फरार रहेका गोदावरी नगरपालिका-१ का ३२ वर्षीय रघु सिलवाल, सोही ठाउँका २१ वर्षीय पवन कुँवर र २० वर्षीय विशालध्वज कार्कीलाई मङ्सिर २६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितहरूले ०७४ मङ्सिर २ गते बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा ....

Post Update :December 13, 2018,  
ललितपुरमा मानव अधिकार महाभेला सुरू

दशौँ राष्ट्रिय मानव अधिकार महाभेला मङ्सिर २२ गते ललितपुरको जावलाखेलमा एक कार्यक्रमको आयोजना गरी सुरू गरिएको छ । ७० औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा एक सातासम्म विविध कार्यक्रम गरी मानव अधिकार महाभला मनाइने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारका उपप्रधानमन्त्री ईश....

Post Update :December 9, 2018,  
पीडितलाई न्याय र पीडकलाई सजाय दिनु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा सन २०१८ मा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ललितपुरमा मङ्सिर १९ गते सम्पन्न गरिएको छ । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष रामहरि घिमिरेले मानव अधिकार हनन्का घटनालाई निर्मूल पार्न राजनीतिक दल, नागरिक समाजलगायतले ध्यानाकर्षण ग....

Post Update :December 6, 2018,  
शिक्षकको यातनाका कारण विद्यार्थी बेहोस !

बागमती गाउँपालिका–४ प्युटारस्थित श्री कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी दर्शन गौतमलाई होमवर्क नगरेको भन्दै २ सय ५० पटक उठबस गराउँदा बेहोस भएको पीडित पक्षले आरोप लगाएको छ । पीडित बालकलाई विज्ञान विषय पढाउने कक्षा शिक्षक ब्रजकिशोर शाहले होमवर्क नगरेको भन्दै २ सय ५० पटक उठबस गर्न लगाएका थिए । ....

Post Update :December 4, 2018,  
स्थानीय सरकासँग सहकार्य र निगरानीका लागि आग्रह

विकासका लागि स्थानीय सरकारसँग सहकार्य गर्न र जनअपेक्षाका साथै कानुनी भावना अनुसार काम भए नभएको निगरानी गर्नु पर्ने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा विकासका सवालमा स्थानीय सरकार र नागरिक समाजबिच सहकार्यका अवसर र चुनौती विषयक छलफल कार्यक्रममा सरोकारवालाले सो कुरा बताएका हुन् ।....

Post Update :November 30, 2018,  
पीडितलाई अनुदान दिन र समयमा नै पुनर्निर्माण गर्न आग्रह

लाभग्राहीमा छुटेका वास्तविक भूकम्प पीडितहरूलाई अनुदानको व्यवस्था गर्न र पहिलो किस्ता लिएर निर्धारित समयमा घर बनाउने लाभग्राहीलाई आग्रह गरिएको छ । महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा मङ्सिर ४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार सञ्जाल ललितपुर र महालक्ष्मी नगरपालिका-७ को संयु....

Post Update :November 21, 2018,  






Top