रामेछाप

विद्यालयको भवन नबन्दा विद्यार्थीहरू खुल्ला आकाशमुनी पढ्दै

रामेछाप नगरपालिका–८ सल्लेमा विद्यालयको भवन नहुँदा विद्यार्थी खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य भएका छन् । ०७२ सालमा गएको विनासकारी भूकम्पले भत्काएको विद्यालय भवन निर्माण नहुँदा केवलेश्वर आधारभूत विद्यालयका विद्यार्थीहरू खुल्ला आकाशमुनी पढ्न बाध्य भएका हुन् । भूकम्प गएको साढे तीन वर्ष पुग्दा समेत विद्यालयको भवन पुनर्निर्माण हुन सकेक....

Post Update :January 19, 2019,  
नागरिक समाज र स्थानीय सरकार मिलेर जानुपर्छः जिसस प्रमुख 

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले नागरिक समाज र स्थानीय सरकार सहकार्य गरेर अघि बढ्नु भन्दा अन्य विकल्प नै नभएको बताएका छन् । युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र इन्सेकको सहजिकरण र मानव अधिकार संरक्षण सञ्जाल रामेछापसँगको समन्वयमा मा सञ्चालित नागरिक समाजः पारस्पारिक जब....

Post Update :January 18, 2019,  
लिखु तामाकोसी गाउँपालिकाले ऐन र कार्यविधि नबनाउँदा कामकाज प्रभावित

लिखु तामाकोसी गाउँपालिकाले हालसम्म कुनै पनि कानुन तथा कार्यविधि बनाउन सकेको छैन । गाउँपालिकाको निर्वाचन भएर निर्वाचित जनप्रतिनिधिले काम गरेको डेढ वर्ष बित्दा पनि गाउँपालिकाले कुनै पनि कानुन, निवयमावली र कार्यविधि बनाउन सकेको छैन । गाउँपालिकाका उपाध्यक्ष दीपशिखा दाहालका अनुसार गाउँपालिकाले केही ऐन र कार्यविधि बनाएको भए पनि राजपत्रमा प्रकाशित नगरेका कारण कार्यान्वय....

Post Update :January 14, 2019,  
रामेछाप कारागारमा क्षमाता भन्दा बढी कैदीबन्दी, व्यवस्थापनमा कठिनाई

कारागार शाखा रामेछापमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा कैदी वन्दिहरूलाई समस्या भएको छ । कारागारमा क्षमता भन्दा १ सय ८७ जना बढी कैदीबन्दी रहेका छन् । ‘घ’ श्रेणीको जिल्ला कारागारको बन्दी क्षमता १ सय जनाको छ । तर, २ सय ६० जना कैैदी र २७ जना थुनुवा गरी २ सय ८७ जना छन् । ....

Post Update :January 13, 2019,  
जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृतमाथि आक्रमण भएको पाँच महिनामा पनि दोषि पत्ता लागेन

जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि आक्रमण भएको पाँच महिना पुग्दा पनि प्रहरीले दोषि पत्ता लगाउन सकेको छैन । जिल्लामा असुरक्षाको महसुस गरी पीडित सुवेदी अहिले विस्थापित भई काठमाडौँ बस्दै आएका छन् । जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत मन्थली नपा–१, भैँसेसु....

Post Update :January 12, 2019,  
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिमा इन्सेक जिल्ला प्रतिनिधि

रामेछापमा जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरिएको छ । पुस २२ गते अधिकारकर्मीहरू तथा सरोकारवालाहरूको भेलाले सो सञ्जाल गठन गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी अमरेन्द्रबहादुर सिंहको संयोजकत्वमा बनेको सो समितिमा जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रका इन्स्पेक्टर शनिश्वर थापा सदस्य सचिव रहेका छन् । ....

Post Update :January 6, 2019,  
अनुमति नै नलिई सामान विक्री गरेर वर्षौँदेखि उपभोक्तामाथि ठगी

रामेछाप नगरपालिकास्थित पुरानो सदरमुकाम रामेछाप बजारमा अनुमति नै नलिई सामान विक्री गरी वर्षौँदेखि उपभोक्तालाई ठग्नुको साथै उनीहरूको स्वास्थ्यमा समेत खेलबाड गरेको पाइएको छ । बिहिबारे हाटमा ०७५ पुस १२ गते गरिएको बजार अनुगमनमा अनुमति विना सामान विक्री गरिएको पाइएको हो । ....

Post Update :December 29, 2018,  
भूकम्प पीडित विद्यार्थीलाई इन्सेकको सहयोग

रामेछाप जिल्लाका ६ जना भूकम्प पीडित विद्यार्थीहरूलाई इन्सेकले मङ्सिर ११ गते शैक्षिक सामग्री  सहयोग गरको छ । विभिन्न गाउँबाट मन्थली आई अध्ययन गरिरहेका ६ जना विद्यार्थीलाई इन्सेक जिल्ला प्रतिनिधिमार्फत कपि, डटपेनलगायतका विद्यालय सामग्रीहरू प्रदान गरिएको हो । ....

Post Update :November 27, 2018,  
मानव अधिकारको विषयमा सुक्ष्म बहस गर्नुपर्नेमा सरोकारलाको जोड

नेपालमा मानव अधिकारको विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान नहुने गरेको रामेछापका सरोकारवालाहरूले गुनासो गरेका छन् । मानव अधिकार उल्लङ्घन तथ अपराधका घटना हुनुको कारण र घटना भएपछि त्यसको कारणको बारेमा सुक्ष्म अध्ययन गरी निवारणका उपाय नपनाउँदा यस्ता घटनाहरू निरन्तर भइरहेको सहभागिहरूको भनाई छ । ....

Post Update :November 27, 2018,  
गाउँपालिका अध्यक्षले ज्यान लिने धम्की दिएको भन्दै स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी !

प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका चिकित्सक राकेशकुमार दासलाई लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले टेलिफोन गरी ज्यान लिने धम्की दिएको आरोपमा प्राथमिक स्वास्थ्य केन्द्र रामेछापले स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी दिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका चिकित्सक राकेशकु....

Post Update :November 23, 2018,  






Top