कथित बोक्सीको आरोपमा एक महिलामाथि अभद्र व्यवहार

महोत्तरीमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट गर्नुको साथ मानव मलमूत्र खुवाइ यातना दिइएको छ । भङ्गहा नगरपालिका–४ की ३८ वर्र्षीया चन्दनदेवी दनुवारलाई स्थानीय चार जना महिलाहरूले कथित बोक्सी भन्दै कुटपिट गरी अभक्ष कोच्याएका छन् । साउन ३२ गते खेतबाट घाँस लिएर घर फर्कँदै गरेकी पीडित महिलालाई बाटोमै घेरेर स्थानीय ३५…

August 18, 2019  
पर्व मनाउने तयारीमा रहेका एक परिवारको घरमा साहुको डोजर

मुस्लिम धर्माम्बलम्बीहरू बकर इद पर्व (इद ऊल जोहा) मनाउने तयारी गरिरहेको बेला महोत्तरीमा एक मुस्लिम परिवारलाई ऋण नतिरेको निहुँमा डोजर लगाएर घर भत्काई घरबारविहीन बनाएको घटना सार्वजनिक भएको छ । भङ्गहा नगरपालिका-१ कबिलासका मोहम्मद पनित शेषको परिवारलाई साना बालबालिका सहित पर्वको मुखैमा घरबार विहीन बनाइदिएको छ । उनलाई वैदेशिक रोजगारीमा…

August 13, 2019  
प्रदेश २ सरकारद्वारा सङ्घीय सरकारविरूद्व सर्वोच्चमा मुद्दा दायर

प्रदेश २ सरकारले सङ्घीय सरकारविरूद्ध मुद्दा दर्ता गरेको छ । देश सङ्घीयतामा गएसँगै प्रदेश सरकारले सङ्घीय सरकारविरूद्ध मुद्दा दायर गरेको यो पहिलो घटना हो । संविधान अनुसार अधिकार नदिएको भन्दै प्रदेश २ सरकारले सङ्घीय सरकारविरूद्व अदालत गएको हो । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले साउन १६ गते…

August 2, 2019  
हत्या गरी फालेको अवस्थामा एक युवकको शव फेला

मनरा सिस्वा नगरपालिका–२ इटहर्वाको नेपाल भारत दशगजा क्षेत्र भन्दा करिब ६० मिटर भित्र अन्दाजी ३२ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।   निधार र टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा ती युवकको शव उखुबारीमा फेला परेको हो ।   साउन १६ गते…

August 2, 2019  
पौडेलको गैरन्यायिक हत्याः प्रतिवेदन

दोहोरो भिडन्तमा प्रतिबन्धित नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको प्रहरीले दावी गर्दै आइरहेको बेला विभिन्न मानव अधिकार सङ्घ संस्थाहरूले भने पौडेलको गैर न्यायिक हत्या गरिएको ठहर गरेका छन् । इन्सेक र एड्भोकेसी फोरमले गरेको स्थलगत अध्ययनबाट उक्त ठहर गर्दै जारी गरिएको प्रतिवेदनमा भनिएको छ–‘कुमार पौडेल हत्या घटनाको न्यायिक छानविन…

August 1, 2019  
छोरीलाई बलात्कार गर्न आमाले नै सहयोग गरेको आरोप

महोत्तरीको भङ्गहा नगरपालिकाकी एक दलित बालिकालाई आमाकै सहयोगमा रोजगारीको प्रलोभनमा पारी भारतको राजधानी दिल्ली पुर्‍याएर १५ दिनसम्म बन्धक बनाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । १२ वर्षीया बालिकालाई आमाको सहयोगमा जेठ २७ गते स्थानीय ४० वर्षीय सियाराम महतोले दिल्ली पुर्‍याएको पीडित पक्षको आरोप छ । पीडित बालिका, उनकी आमा…

July 22, 2019  
बाढी पीडित मृतक परिवारलाई ३ लाख रुपियाँ राहत दिने प्रदेश सरकारको निर्णय

प्रदेश नं. २ को सरकारले बाढी पहिरोका भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३/३ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । केही दिन यताको अविरल वर्षाले प्रदेश भरिकै जनजीवन अक्रान्त भएको बेला असार २८ गते बसेको मन्त्री परिषदको आकस्मिक बैठकले राहत र उद्धार लाई…

July 13, 2019  
जलेश्वर कारागार जलमग्न भइ कारागार भित्र पानी पसेपछि कैदी बन्दीहरूको विजोग

दुई दिनदेखिको नियमित वर्षाका कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रूपमा रहेको जलेश्वर कारागार डुबानमा परको छ । मुसलधारे पानीका कारण जलेश्वर कारागार जलमग्न भई कारागार भित्र पानी पसेपछि कैदी बन्दीहरूको विजोग भएको निमित्त जेलर मकसुदन महासेठले बताए । उक्त कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा…

July 13, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

धनुषामा १४ वर्षीया बालिकालाई असार २४ गते बलात्कार गरेको आरोपमा सबैला नपा-८ ठिल्लाका ३७ वर्षीय मनिवुल राइन र ३० वर्षीय मदिक राइनलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ । आरोपित दुवै जनालाई स्थानीयको सहयोगमा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय सबैलाका असई वीरेन्द्र यादवले बताए । आरोपितहरूलाई इलाका प्रहरी कार्यालयमा राखिएको…

July 11, 2019  
जलेश्वर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या

जलेश्वर कारागारमा क्षमताभन्दा तेब्बर भन्दा बढी कैदीबन्दीका कारण व्यवस्थापनमा समस्या भइरहेको जेलर चिरिञ्जीवी थापाले बताएका छन् । १ सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागारको क्षमता १ सय ३५ मात्र हो । तर, यहाँ ४४ महिला, ४ सय ९ पुरूष र तीन जना आश्रित बालबालिका सहित ४ सय ५३ जना कैदीबन्दी…

June 30, 2019