बाँके

लालपुर्जाविहीन मनिकापुर !

नेपालगञ्ज उपमहानगरपालिका भित्रकै मनिकापुर गाँउ लालपुर्जाविहीन छ । अस्थायी लालपुर्जा र एउटा कागजको भरमा मनिकापुरमा ठूलो लगानीमा ठुल्ठूला भवन निर्माण भइरहेको छन् । यसमा न घरधनी सुरक्षित छन् न त सरकारले राजस्व पाएको छ । यसले पनि व्यापरिक शहर नेपालगञ्ज उपामहानगरपालिका नै लालपुर्जाविहीन सहरका रूपमा चिनिन थालेको छ । नेपालगञ्जको मनिकापुरका ७५ प्रतिशत नगरिक लालपुर्जाक....

Post Update :February 13, 2019,  
क्षमता अभिबृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस परियोजना अन्तर्गत गठित मानव अधिकार निगरानी समूहका सदस्य तथा सरोकारवालाहरूका लागि क्षमता अभिबृद्धिसम्बन्धी एकदिने तालिम माघ २४ गते राप्तीसोनारी गाउँपालिकामा सम्पन्न गरिएको छ । स्थानीय समुदायको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउन निगरानी समूह तथा सरोकारवालाहरूको ....

Post Update :February 8, 2019,  
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

४३ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ १५ गते गुलरिया नपा–१ खैरापुरका ३२ वर्षीय रूपलाल बिकलाई २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार यदुराज शर्माले बताए । पीडित महिलालाई आरोपितले ०७३ फागुन २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फाग....

Post Update :January 30, 2019,  
हत्या घटनाका आरोपित गिरफ्तार गर्न प्रहरीद्वारा गोली प्रहार

सुर्खेत जिल्ला सिम्तागाउँपालिका–२ काफलकोटका २३ वर्षीय दिपकसिंह ठकुरीको हत्या आरोपमा प्रहरीले माघ २ गते राप्ती सोनारी गाउँपालिका–२ राजपुरका २० वर्षीय युवराज गिरीलाई  गोली प्रहार गरेको छ । प्रहरीको गोली प्रहारबाट गिरीको बाँया गोडामा चोट लागेको छ । आरोपितलाई बर्दिया जिल्ला मधुबन नगरपालिका–३ बाट ....

Post Update :January 17, 2019,  
मानव अधिकार वर्ष पुस्तकको सम्पादन भेला सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रदेश स्तरीय वार्षिक सम्पादन भेला पुस ११ गतेदेखि नेपालगञ्जमा सुरु भएको छ । ....

Post Update :December 27, 2018,  
नेपालगञ्जमा आयोजित मानव अधिकार महाभेला सम्पन्न

दशौँ मानव अधिकार राष्ट्रिय महाभेला मङ्सिर २६ गते नेपालगञ्जमा सम्पन्न गरिएको छ । फातिमा फाउण्डेशनको संयोजन तथा आईएचआरसीको सह संयोजन र राष्ट्रिय मानव अधिकार अयोग, उच्च अदालत बार, जिल्ला अदालत वार एसोशियसन, इन्सेकलगायत विभिन्न सङ्घ संस्थाको आयोजना तथा सहकार्यमा प्रदेश ५ मा  दशौँ मानव अधिकार राष्ट्रिय महाभेला सम्पन्न गरिएको हो । ....

Post Update :December 13, 2018,  
अन्तराष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइयो

प्रदेश ५ का जिल्लाहरूमा इन्सेकलगायत विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूको संयुक्त अयोजनामा मङ्सिर २४ गते ७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । बाँके जिल्ला प्रतिनिधि राम सुहावन सोनकरका अनुसार राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार सञ्जाल, भजनराम अक्षय कोषको संयुक्त अयोजना....

Post Update :December 10, 2018,  
चौथो भजन मानव अधिकार पुरस्कार कैलालीका चौधरीलाई

चौथो भजन मानव अधिकार पुरस्कार कैलाली जिल्लाका फिरूलाल चौधरीले पाउने भएका छन्  ।  प्रत्येक दुई वर्षमा अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका दिन प्रदान गरिने भजन मानव अधिकार पुरस्कार मानव अधिकार र कमैया मुक्ति अभियानमा उल्लेखनीय भूमिका निर्वाह गरेका फिरूलाल चौधरीको नाम सिफारिस गरिएको पुरस्कार छनौट समितिका संयोजक विकास अचार्यले बताए । ....

Post Update :December 9, 2018,  
लैङ्गिक हिंसाविरूद्धका कानुनी व्यवस्थाबारे सचेतना कार्यक्रम सम्पन्न

इन्सेक नेपालगञ्ज, महिला कानुन र विकास मञ्च बाँके र मानव अधिकार निगरनी समूह गनापुरको संयुक्त आयोजनामा मङ्सिर २१ गते जानकी गाँउपालिका–६ मा मुलुकी अपराध संहिता ऐन २०७४ मा लैङ्गिक हिंसाविरूद्धका कानुनी व्यवस्थासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । यसैगरी मङ्सिर २० गते बैजनाथ गाँउपालिका–१ चिसापानीमा उक्त कार्यक्रम सम्पन्न गरिएक....

Post Update :December 7, 2018,  
मानव अधिकार सचेतनायुक्त नमूना गाउँ निर्माण गर्नुपर्नेमा जोड

मानव अधिकार सचेतनायुक्त नमूना गाउँ निर्माण गर्नुपर्नेमा इन्सेककी अध्यक्ष डाक्टर ईन्दिरा श्रेष्ठले जोड दिएकी छन् । इन्सेक प्रदेश ५ कार्यालय नेपालगञ्जको आयोजनामा मङ्सिर २० गते आयोजित प्रदेश ५ को मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा इन्सेक अध्यक्ष श्रेष्ठले उक्त कुरामा जोड दिएकी हुन्....

Post Update :December 6, 2018,  






Top