अन्तरजातीय विवाह गरेको आरोपमा परिवारले घर छाडन दबाव दिएको आरोप

डुडुवा गाउँपालिका-५ की २० वर्षीया सीमा परियारलाई अन्तरजातीय विवाह गरेको आरोपमा घर परिवारले घर छोडन दबाव दिँदै आएको पीडितले आरोप लगाएकी छन् । नेपालगञ्जमा जेठ १८ गते पत्रकार सम्मेलन गर्दै पीडितले उक्त अरोप लगाएकी हुन् । गाउँकै २२ वर्षीय प्रेमप्रकाश क्षेत्रीले एक वर्षअघि उनीसँग प्रेमविवाह गरेका थिए । पीडित महिलाले…

June 2, 2017  
आचारसंहिता र कानुनको पालना गरे निर्वाचन स्वच्छ हुन्छः अध्यक्ष प्याकुरेल

आचारसंहिता र कानुनको पालना गरे निर्वाचन स्वच्छ हुने स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा भिजन टेलिभिजनसँगको सहकार्यमा जेठ १८ गते नेपालगञ्जमा आयोजित मानव अधिकार र निर्वाचन विषयक टेलिभिजन संवाद कार्यक्रममा अध्यक्ष प्याकुरेलले उक्त…

June 1, 2017  
स्थानीय निर्वाचन पार्टीका नेताको लागि नभई नागरिकको लागि आवश्यक

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा जेठ १७ गते गुलरियामा भएको अन्तरक्रियामा सहभागी तथा सरोकारवालाहरूले २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचन पार्टीका नेताको लागि नभई नागरिकका लागि आवश्यक रहेकोले यसलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै लाग्नु पर्नेमा जोड दिइएको छ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय…

May 31, 2017  
सङ्घीय गठबन्धनद्वारा निर्वाचन अधिकृतको कार्यलय घेराउ

रामग्राम नपा, प्रतापपुर गाउँपालिकाको बेलाटारी र पाल्हीनन्दन गाउँपालिकाको कुश्मामा रहेका निर्वाचन अधिकृतको कार्यालय अगाडि राष्ट्रिय जनता पार्टी सम्मिलित सङ्घीय गठबन्धनका कार्यकर्ताहरूले नाराबाजी गर्दै कार्यालय घेराउ गरेका छन् । जेठ १७ गते गठबन्धनका कार्यकर्ताहरूले आफ्ना कुनै पनि माग पुरा नगरी निर्वाचनको मिति घोषणा गरेको आरोप लगाउँदै सोको विरोधमा केन्द्रीय कार्यक्रम अनुसार…

प्रहरीद्वारा नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला इञ्चार्ज देवकला अधिकारीसहित १३ जना कार्यकर्तालाई प्रहरीले सदरमुकाम गुलरियाबाट जेठ १६ गते गिरफ्तार गरेको छ । यस अघि वैशाख २१ गते सदरमुकाम गुलरियास्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा बैठक बसिरहेको अवस्थामा बर्दिया जिल्ला इञ्चार्ज देवकला अधिकारीसहित जिल्ला समिति सदस्य दिलहादुर कसेरा, चन्द्रवीर…

May 30, 2017  
सुशासन र मानव अधिकारका लागि स्वच्छ निर्वाचनः अध्यक्ष प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले सुशासन र मानव अधिकारका लागि स्वच्छ निर्वाचनको आवश्यकतामा जोड दिएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा घोराहीमा जेठ १६ गते आयोजित मानव अधिकार र निर्वाचन विषयक कार्यक्रममा बोल्दै प्याकुरेलले देशमा सुशासन र मानव अधिकारको प्रत्याभूतिका लागि नागरिकले भयरहित वातावरणमा…

May 30, 2017  
माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता घाइते

मालारानी गाउँपालिका-८ का २७ वर्षीय कृष्ण पाण्डेलाई माओवादी केन्द्रका कार्यकर्ताले सामूहिक आक्रमण गरी घाइते बनाएको आरोपमा पीडितले जेठ १६ गते प्रहरीमा उजुरी दिएका छन् । नेकपा एमालेका कार्यकर्ता पाण्डेले आफूलाई सोही ठाउँका २५ वर्षीय धार्मिक अर्याल, २६ वर्षीय श्याम थापा र २५ वर्षीय निराजन अर्यालको समूहले जेठ १५ गते दिउँसो…

मतदाता शिक्षामा विशेष ध्यान देऊः अध्यक्ष प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले मतदाता शिक्षामा ध्यान दिन सरोकारवालाहरूलाई आग्रह गरेका छन् । मानव अधिकार र निर्वाचन विषयक कार्यक्रमका लागि जेठ १५ गते दाङ आइपुगेका प्याकुरेलले मानव अधिकार अवस्था र स्वच्छ निर्वाचनका लागि नागरिक अभियानबारे रेडियो कार्यक्रममा बोल्दै सम्बद्ध सरोकारवाला पक्षलाई मतदाता शिक्षामा ध्यान…

May 30, 2017  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

तुलसीपुर उमनपा-४ की ४३ वर्षीया गोमा पुनलाई हत्या गरेको आरोपमा प्रहरीले उनका ५३ वर्षीय पति दिलबहादुर पुनलाई जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मादक पदार्थ सेवन गरी जेठ ११ गते मरणासन्न हुनेगरी कुटपिट गरी घाइते बनाएकोमा पीडित महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा जेठ १४ गते…

May 29, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-१२ का १८ वर्षीय कमल रानालाई जेठ १३ गते बुटवलबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई रारा होटल तथा फेम्ली रेष्टुरेण्टका सञ्चालकको सहयोगमा आरोपितले बलात्कार गरेको भनी पीडित बालिकाले जेठ १३ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् । पीडितले दिएको…

May 28, 2017