बलात्कार गरेको आरोपमा गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई वैशाख २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले सोही दिन इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । अभिभावकको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय…

May 5, 2017  
प्रहरीद्वारा नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला इञ्चार्ज देवकला अधिकारीसहित १३ जना कार्यकर्तालाई प्रहरीले सदरमुकाम गुलरियाबाट वैशाख २१ गते गिरफ्तार गरेको छ । सदरमुकाम गुलरिया स्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा बैठक बसिरहेको अवस्थामा बर्दिया जिल्ला इञ्चार्ज देवकला अधिकारीसहित जिल्ला समिति सदस्य दिलबहादुर कसेरा, चन्द्रवीर परियार, जयबहादुर ठाडा, जीवन…

May 5, 2017  
बलात्कार घटनाका अारोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महाराजगञ्ज नपा-११ का २३ वर्षीय अनिल कुर्मीलाई वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १७ गते अनिल कुर्मी र दिपेन्द्र कुर्मीले सामूहिक बलात्कार गरेका थिए । पीडित बालिकालाई आरोपितद्वयले बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख १८ गते इलाका प्रहरी…

May 2, 2017  
जान्ने बुझ्नेका लागि मात्रै मजदुर दिवस !

मे १ तारिख अर्थात् वैशाख १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवस । आजको दिनलाई नेपाल सरकारले सार्वजनिक विदासमेत घोषणा गरेको छ । कार्यालय र शैक्षिक संस्था बन्द भएकै कारण पनि पाल्पा सदरमुकाम तानसेन सुनसान जस्तै थियो । जसको नाममा यो दिवस रहेको छ उसलाई नै यो दिवसले छोएन । विगत १५…

May 1, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-४ का २८ वर्षीय राकेश सिंहलाई वैशाख १७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सई…

May 1, 2017  
वाइसिएल कार्यकर्ताको आक्रमणमा एक जना शिक्षक घाइते

सिस्ने गाउँपालिका-६ का २३ वर्षीय तुफान पौडेललाई एकीकृत नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाइसिएलका कार्यकर्ताले आक्रमण गर्दा गम्भीर घाइते बनाएको पीडित पक्षको आरोप छ । स्थानीय छिप्रीदह उमाविका शिक्षक पौडेललाई बिहानको कक्षा पढाएर घर फर्कने क्रममा वाइसिएलका कार्यकर्ता रूपेन्द्र मल्लको नेतृत्वमा आएको टोलीले आक्रमण गर्दा वैशाख १५ गते बिहान गम्भीर…

April 29, 2017  
मनोमानी शुल्क नलिन निगरानी समूहको आग्रह

जिल्लास्तरीय मानव अधिकार निगरानी समूहले नयाँ शैक्षिक सत्रको भर्ना कार्यक्रम चलिरहँदा निजी तथा सरकारी विद्यालयमासमेत मनोमानी भर्ना शुल्क लिइएको भन्दै जिल्ला शिक्षा कार्यालय तथा शैक्षिक संस्थाहरूलाई तत्काल सो कार्य बन्द गर्न/गराउन आग्रह गरेको छ । इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित मानव अधिकार निगरानी समूहको वैशाख १५ गते घोराहीमा बसेको…

April 29, 2017  
निर्वाचनमा बालबालिका प्रयोग नगर्ने राजनीतिक दलहरूको प्रतिबद्धता

रोल्पामा क्रियाशील राजनीतिक दलहरूले निर्वाचनसँग सम्बन्धीत गतिविधिहरूमा बालबालिका प्रयोग नगर्ने वैशाख १४ गते आयोजित एक कार्यक्रमबिच प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समिति लिबाङमा गरिएको स्थानीय तहको निर्वाचनमा बाल अधिकार संरक्षण र प्रवर्धनका लागि राजनीतिक दलहरूसँग अन्तरसंवाद कार्यक्रमका सहभागी जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर…

April 27, 2017  
ढुङ्गाखानीका मजदुरलाई चुनावले छोएन

रेसुङ्गा नपा-१४ उर्लेनीको ढुङ्गाखानीमा काम गर्दै आएकी पार्वती परियारलाई चुनावको कुनै मतलब छैन । 'उज्यालो अँध्यारो खानीमै हुन्छ, नेताहरू भोट माग्न आएका छैनन ।'-उनले भनिन् । उनले इन्सेक प्रतिनिधिसँग उल्टै प्रश्न तेर्स्याइन्-'कुन चुनाव ? मलाई त थाहा छैन ।' पाँच जनाको परिवार ढुङ्गा कुटेरै पालेकी उनलाई चुनावले भन्दा बिहान साँझको…

April 27, 2017  
बल्झिरहन्छन् द्वन्द्वका घाउहरू !

म द्वन्द्वपीडित । मेरा छोरा राज्य पक्षबाट मारिए । सदरमुकामको एक कार्यक्रममा परिचय दिँदै गरेका मदाने गाउँपालिका-६ पुर्कोटदहका ६८ वर्षीय तुलबहादुर कुँवरका आँखा रसाए । त्यसपछि उनको मात्र होइन, धेरैको मन अमिलो भयो । १० वर्षे जनयुद्धका क्रममा राज्य पक्षको आक्रमणबाट उनका दुईजना छोरा मारिएका थिए । ६ जना छोराका…

April 26, 2017