निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पद्मोदय पब्लिक नमूना मावि भरतपुर घोराहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ४५ वर्षीय दिपेन्द्र घर्तीसहित दुईजनालाई प्रहरीले कात्तिक ३० गते गिरफ्तार गरेको छ । निर्वाचन सुरक्षाको कारण देखाउँदै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको दाङ प्रहरीले घोराही उपमनपा-१३ स्थित आफनै घरबाट गिरफ्तार गरेको पीडित परिवारले बताए…

November 18, 2017  
मानव अधिकार र निर्वाचनका विषयमा प्रहरी प्रशासनसँग छलफल

मानव अधिकार र निर्वाचनका विषयमा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलसहित अधिकारकर्मीको एक टोलीले मङ्सिर १ गते प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायतको टोलीसँग छलफल गरेको छ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियान सचिवालय इन्सेकले मानव अधिकार र निर्वाचनका विषयमा जिल्लाको विभिन्न सरोकारवाला निकायसँग भेट गरेको छ । सोही क्रममा…

November 18, 2017  
निर्वाचनमा मतदान गर्दिनँ भन्नु पनि नागरिकको अधिकार होः प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले नागरिकलाई निर्वाचनमा मतदान गर्दिन भन्ने अधिकार पनि रहेकाले शङ्काको भरमा नागरिकलाई अनावश्यक दुःख दिन नहुने बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले मङ्सिर १ गते रोल्पाको लिबाङमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले शङ्काको भरमा धेरैलाई गिरफ्तार गर्दा आक्रोशित भई स्वच्छ र…

November 17, 2017  
निवर्तमान सभामुख घर्तीसहित माओवादी नेताहरूलाई लक्षित गरी बम विष्फोट

निवर्तमान सभामुख ओनसरी घर्ती, माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित मङ्सिर १ गते रोल्पा नपा-१ लिबाङ नजिकै भदौरे जङ्गलमा दुई ओटा बम प्रहार भएको प्रहरीले जनाएको छ । भदौरे जङ्गलको भीरबाट नेताहरूको गाडी भन्दा १० मिटर अगाडी बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर…

November 17, 2017  
गृहकार्य नगरेको आरोपमा छात्रालाई कुटपिट

नेपालगञ्ज उपमनपास्थित गोल्डेन एबिसी विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षीया छात्रा हिमानी लक्ष्मी पुनलाई गृहकार्य नगरेको आरोपमा २८ वर्षीय शिक्षक प्रिन्स गुप्ताले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित पक्षले मङ्सिर १ गते जिल्ला शिक्षा कार्यालयमा उजुरीसमेत दिएको छ । गृहकार्य नगरेको आरोपमा पुन लगायत ७ जना…

November 17, 2017  
इन्सेक अध्यक्षसहितको टोलीद्वारा रोल्पा प्रहरीको हिरासत कक्ष अनुगमन

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, नेपाल मानव अधिकार सङ्गठनका महासचिव महामुनिश्वर आचार्य, इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महत, इन्सेक साधारण सदस्य घनश्याम आचार्य, जिल्ला प्रतिनिधि माधवकुमार ओली लगायतका मानवअधिकारकर्मीहरूको टोलीले मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासत कक्षको अनुगमन गरेको छ । अनुगमनका क्रममा टोलीले गत कात्तिक २२ गते…

November 17, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक २९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी…

November 16, 2017  
राज्यमन्त्री पुनलाई लक्षित गरी बम विष्फोट

सिंचाई राज्यमन्त्री एवम् नेपाली काङ्ग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी कात्तिक ३० गते रोल्पामा सुतली बम विष्फोट गराइएको छ । सदरमुकाम लिबाङबाट रुन्टीगढी गाउँपालिका २ जौलिपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जानेक्रममा सुवर्णावती गाउँपालिका-१ घोडागाउँको भाग्रीबाङमा दिउसो १ बजे अज्ञात समूहले पुन सवार गाडीलाई लक्षित गरी सुतली बम…

November 16, 2017  
नेपाल कम्युनिष्ट पार्टीका युवा नेता गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका युवा नेता शङ्कर तामाङ (दर्पण) लाई प्रहरीले कात्तिक २९ गते गिरफ्तार गरेको छ । पार्टीनिकट युवा सङ्गठन राष्ट्रिय युवा जनस्वयम्सेवक पाल्पाका संयोजक समेत रहेका तामाङलाई प्रहरीले तानसेन नगरपालिका वडा नं.-६ लहरेपिपलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका एसपी डिल्लीराज पन्तले बताए । बाहिरी जिल्लाहरूमा चुनाव…

November 16, 2017  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य ३५ वर्षीय निमबहादुर डाँगीलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । बबई गाउँपालिका-५ बगरपुरस्थित आफ्नै घरमा सुतिरहेका डाँगीलाई रातिको करिब नौ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको हो । कात्तिक २८ गते नेपाल कम्युनिष्ट पार्टी…

November 15, 2017