बलात्कार प्रयास गरेको कसुरमा तीन वर्षकैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले गोल्टाकुरी-६ का ४५ वर्षीय धर्मजीत खत्रीलाई तीन वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले चैत २८ गते अभियोगमा दोषी ठहर गर्दै तीन वर्षकैद गर्ने फैसला गरेको श्रेष्तेदार गम्भीर रानाले बताए । पीडित महिलालाई आरोपितले गत…

April 11, 2017  
शिक्षाका समस्या समाधानका लागि सरोकारवालाको प्रतिबद्धता

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकसँग सम्बन्धित शिक्षाको समस्याका सवालमा बुड्ढीका सरोकारवालासँग चैत २९ गते अन्तरक्रिया सम्पन्न भएको छ । मानव अधिकार निगरानी समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले विद्यालयको गुणस्तर खस्कँदै गएको, विद्यार्थी अनुपातमा कक्षागत शिक्षक दरबन्दी कम भएको, विद्यालयमा,…

April 11, 2017  
द्वन्द्वपीडितको गुनासो-'जतिसुकै परिर्वतन भएपनि हामीले न्याय पाएनौँ' 

मुलुकमा जतिसुकै परिर्वतन भए पनि सशस्त्र द्वन्द्वकालका पीडितले न्याय पाउन नसकेको एक कार्यक्रममा सहभागी द्वन्द्वपीडितले गुनासो गरेका छन् । 'विस्तृत शान्ति सम्झौता भएको दश वर्षपुरा भयो । यस बिचमा धेरै परिर्वतन भए । धेरै सरकार निर्माण भए तर कुनै सरकाले द्वन्द्वपीडितको घाउमा मल्हम लाउन सकेनन् । जतिसुकै परिर्वतन भए पनि…

April 10, 2017  
गाउँपालिकाका साइनबोर्ड फाल्दै पार्टीको झण्डा गाड्दै !

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मीले चैत २७ गते विभिन्न गाउँपालिकाका साइनबोर्ड फाल्दै पार्टीको झण्डा टाँगेको छ । सो पार्टीका कार्यकर्ताले केही कार्यालयमा ताला लगाएर झण्डा समेत गाडेको पार्टीका जिल्ला सचिवालय सदस्य खिम खड्काले बताए । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको नेपाल…

April 10, 2017  
बलात्कार गरेको कसुरमा १३ वर्षकैदको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय एक बालकलाई जिल्ला अदालतले चैत २७ गते १३ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले आरोपितको बयान र प्रमाणको आधारमा जबरजस्ती करणी अन्तर्गत १० वर्षकैद र ५० हजार रुपियाँ जरिबाना, हाडनाता करणी अन्तर्गत तीन वर्षगरी…

मानव बेचबिखनका आरोपित गिरफ्तार

२२ वर्षीया र २३ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै किर्गिस्थान लैजाँदै गरेको अवस्थामा थ्री एन्जल्स नामक संस्थाको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट चैत २४ गते दिउँसो उद्दार गरी दुई जना आरोपितलाई गिरफ्तार गरेको जनाएको छ । आरोपितद्वयले पीडित महिलाद्वयलाई विभिन्न प्रलोभन देखाएर बेचबिखनको लागि…

April 7, 2017  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई चैत २४ गते गिरफ्तार गरेको छ ।   पीडित महिलालाई आरोपित बालकले चैत १९ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा चैत २३ गते उजुरी दिएपछि अनुसन्धानका लागि आरोपित बालकलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई…

April 6, 2017  
उपभोक्ता सचते र राज्य जिम्मेवार हुन पर्नेमा जोड

गुलरियामा चैत २४ गते आयोजित एक कार्यक्रमका सहभागीहरूले सम्बन्धित सरकारी तथा गैरसरकारी निकायबाट प्रवाह हुने सेवा र गुणस्तरताका साथै जवाफदेहिताको लागि उपभोक्ता सचेत र राज्य जिम्मेवार हुनु पर्नेमा जोड दिएका छन् । इन्सेकद्वारा सञ्चालित 'स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम' अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रको समस्या…

April 6, 2017  
नाम्लो बाटेर आयआर्जन गर्दै पाल्पा कारागारका बन्दीहरू

पाल्पा कारागारका पुरुष बन्दीहरूले कारागार भित्रै नाम्लो र दाम्लो बाटेर राम्रो आम्दानी लिँदै आएका छन् । कारागारमा रहेका पुरुष बन्दीहरूले बुनेका नाम्लो तथा दाम्लोहरू तानसेन बजारका साथै बुटवल, चितवन र काठमाडौँका साथै विभिन्न मेला महोत्सवहरूमा विक्री हुने गरेको बन्दी चौकीदार विष्णुप्रसाद श्रेष्ठले बताए । कारागारमा १ सय भन्दा बढी बन्दीहरूले…

April 6, 2017  
निर्वाचनमा बालबालिका र विद्यालय प्रयोग नगर्न ध्यानाकर्षण

बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान र मानव अधिकार सञ्जाल नेपालगञ्जले चैत २२ गते स्थानीय तहको निर्वाचनमा बालबालिका र विद्यालयको प्रयोग नगर्न सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएका छन् । निर्वाचन कार्यालय, जिल्ला शिक्षा कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै आआफ्नो तहबाट अनुगमन र सम्बन्धित पक्षलाई ध्यानाकर्षण सहितको…

April 5, 2017