बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४३ वर्षीय बुवालाई असोज २३ गते  गिरफ्तार गरेको छ । बुवाबाट यौन शोषणमा परेको भन्दै पीडित बालिकाले जिल्ला प्रहरी कार्यालयमा असोज २१ गते उजुरी दिएपछि पीडितको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुदर्शन पन्थीले बताए । आमाको मृत्यु…

October 10, 2018  
द्वन्द्वको क्रममा मारिएका बालबालिकाको सम्झनामा दीप प्रज्वलन

राष्ट्रिय बाल दिवसको पूर्व सन्ध्यामा भदौ २८ गते रोल्पामा द्वन्द्वकाल र विपत्बाट मृत्यु भएका बालबालिकाहरूको सम्झनामा शान्ति स्मारकमा दीप प्रज्ज्वलन गरिएको छ । जिल्ला बाल कल्याण समितिको आयोजनामा सदरमुकाम लिबाङस्थित द्वन्द्वकालमा मारिएकाहरूको सम्झनामा निर्मित शान्ति स्मारकमा दीप प्रज्ज्वलन गरिएको हो । जिल्लामा बालबालिकाको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ संस्था तथा बाल…

September 15, 2018  
गोली प्रहारबाट तरुण दल नेताको हत्या

सुनिल स्मृति गाउँपालिका–४ सुलिचौर बजारमा भदौ २४ गते बेलुकी गोली प्रहारबाट नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष २९ वर्षीय रोहित पुनको हत्या भएको छ । इलाका प्रहरी कार्यालय सुलिचौरको नजिकै रहेको रेष्ट पोइन्ट रेष्टुरेण्ट एण्ड बारमा बेलुकी ५ बजेतिर गोली चल्दा पुनको हत्या भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले…

September 9, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई भदौ १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध भदौ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिका बिरामी भएपछि उपचारका लागि अस्पताल पुर्‍याउँदा स्वास्थ्यकर्मीहरूले बलात्कार भएको…

September 2, 2018  
विप्लव नेतृत्वको नेकपाद्वारा वडा सदस्यको घर कब्जा !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माडी गाउँपालिका–१ का वडा सदस्य हरिप्रसाद घर्तीको फेदीखोलामा रहेको घर भदौ १४ गते झण्डा गाडेर कब्जा गरेको छ । वडा सदस्य घर्तीले वडामा सञ्चालित विभिन्न योजनामा आर्थिक हिनामिना गरेको आरोपमा घर कब्जा गरेको नेकपा माडी गाउँपालिकाका ‘जनसत्ता’ प्रमुख सूर्य खड्काले बताए । आर्थिक…

September 1, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पञ्हरीले गङ्गादेव गाउँपालिका–५ फुलवासका ५२ वर्षीय असे घर्तीलाई साउन १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन १४ गते प्रहरी चौकी जिनाबाङमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल रेउघामा साउन…

August 3, 2018  
प्राथमिक स्वास्थ्य केन्द्र होलेरी तीन महिनादेखि चिकित्सकविहीन, सेवाग्राही मर्कामा

दुई जना चिकित्सकको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्र होलेरी तीन महिनादेखि चिकित्सकविहीन हुँदा यस क्षेत्रका विरामी मर्कामा परेका छन् । तीन महिना अघिसम्म करार र ओजेटी गरी चार जना डक्टरले सेवा दिइरहेको दक्षिण रोल्पाको एक मात्र ठूलो स्वास्थ्य संस्था एकाएक चिकित्सकविहीन हुँदा बिरामीहरू जिल्ला बाहिर जान बाध्य भएका छन् ।…

July 16, 2018  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया पत्नीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षीय पतिलाई असार ३१ गते गिरफ्तार गरेको छ । बालविवाह गरेका उनीहरूको विवादको विषय थाहा हुन नसकेपनि १६ वर्षीया 'बालिका'लाई असार ३० गते राति ८ बजे कुटपिट गरी हत्या गरेको विषयमा पीडित पक्षको मौखिक उजुरीपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय…

July 16, 2018  
उपचार खर्च नहुँदा माओवादी सेनाकी पूर्व लडाकु दुई वर्षदेखि गाईगोठमा

सशस्त्र द्वन्द्वमा तत्कालीन नेकपा माओवादीमा लागेकी त्रिवेणी गाउँपालिका-५ जुँगारकी जनमुक्ति सेनाकी पूर्व लडाकु ३० वर्षीया निर्मला बिक 'साधना' उपचार खर्च नहुँदा छारे रोगले थलिएपछि दुई वर्षदेखि गाईगोठमा बस्न बाध्य भएकी छन् । पीडित साधनालाई उपचार गर्ने खर्च नहुँदा दुई वर्षदेखि बाख्रा र कुखुरासँगै गोठमा सुताइएको छ । विगत सात वर्षदेखि…

July 5, 2018  
विद्यालयको 'फष्ट एड बक्स' मा औषधि अभाव हुँदा विद्यार्थी मर्कामा

स्वास्थ्य चौकी टाढा भएका दुर्गमका विद्यालयमा विद्यार्थीलाई सामान्य चोट पटक लाग्दा विद्यालयमै प्राथमिक उपचार दिने उद्धेश्यले रोल्पाका विद्यालयमा सुरू गरिएको 'फष्ट एड बक्स' मा औषधि अभाव हुँदा विद्यार्थी मर्कामा परेका छन् । जिल्ला अस्पतालबाट औषधि नआएको भन्दै ०७४ फागुनदेखि स्वास्थ्य चौकीले औषधि दिन छाडेपछि विद्यार्थी यो सेवा पाउनबाट वञ्चित भएका…

July 3, 2018