अज्ञात पक्षबाट गाउँपालिकाको गाडीमा आगजनी

गङ्गादेव गाउँपालिकाको भे १ ज २७८५ नम्बरको गाडीमा फागुन २१ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । फागुन २१ गते देखि सुरू भएको स्थानीय मेलाको उद्घाटन गरी बास बसेका गङ्गादेव गाउँपालिका अध्यक्ष बिरबहादुर खत्रीले सोही गापा–४ को वडा कार्यालय म्वालेखोलामा पार्किङ गरिराखेको भे १ ज २७८५ नम्बरको बोलेरो जीपमा…

March 6, 2019  
विप्लव निकटका शिक्षक गिरफ्तार

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक सङ्गठन रोल्पाका सचिव भुपबहादुर केसीलाई पुस २२ गते रोल्पा नपा-१ स्थित सल्लीबोट आधारभुत बिद्यालयबाटै प्रहरीले गिरफ्तार गरेको छ । शिक्षक भएर पढाउने भन्दा राजनीति बढी गरेको र अरूलाई धम्क्याउँदै हिँडेको गुनासोका आधारमा सोधपुछका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी…

January 7, 2019  
नगरपालिकाको सिङ्गो वडामै माध्यामिक विद्यालय नहुँदा बालबालिकाहरू मर्कामा

नगरपालिका भनेपछि सामान्यतय आधारभूत पूर्वाधारको सुविधा हुनु पर्ने हो । तर, रोल्पा नगरपालिकाको एउटा वडा यस्तो छ जहाँ माध्यामिक विद्यालय नहुँदा यहाँका विद्यार्थीहरू माध्यामिक तहको अध्ययनका लागि नगरपालिकाबाट गाउँपालिकामा जानुपर्ने बाध्यता रहेको छ । रोल्पा नगरपालिकाको ५ नम्बर वडामा एउटा पनि माध्यामिक विद्यालय नहुँदा यहाँका बालबालिकाहरू माध्यामिक तहको अध्ययनका लागि…

December 30, 2018  
इँटा भट्टाबाट उद्धार गरिएका बालबालिका अभिभावकको जिम्मामा

खनाल इँटा भट्टा चितवनमा गएका त्रिवेणी गाउँपालिका-२ का दुई जना बाल बालिकाको उद्धार गरी पुस ९ गते स्थानीय जनप्रतिनिधि, प्रहरी र सङ्घ संस्थाको रहोवरमा अभिभावकको जिम्मा लगाइएको छ । नाइकेको प्रलोभन र आर्थिक अभावका कारण इँटा भट्टामा काम गर्न गएका त्रिवेणी गाउँपालिका-२ दहबनका १५ वर्षीया जैमती बिकलाई आमा ज्योति बिक…

December 25, 2018  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुनिल स्मृति गाउँपालिका–५ की ४२ वर्षीया त्रिमता घर्ती मगरलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति ईन्द्रबहादुर घर्ती मगरलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवाद हुँदा मङ्सिर ५ गते पत्नीलाई बन्चरो प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।…

November 23, 2018  
विस्तृत शान्ति सम्झौताका १२ वर्षः द्वन्द्वपीडितहरूले अझै न्याय पाएनन्

एउटा भनाई छ–‘१२ वर्षपछि खोला पनि फर्किन्छ’ । तर, यो भनाई देशमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वबाट पीडित भएकाहरुको लागि भने चरितार्थ हुन सकेन । तत्कालिन विद्रोही पक्ष नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्दा पनि द्वन्द्वपीडितहरूले अझै न्याय पाउन सकेका छैनन् । विस्तृत शान्ति सम्झौता…

November 21, 2018  
मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

इन्सेकको अयोजनामा मङ्सिर ३ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को लागि जिल्लामा सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेकका साधारण सदस्य घनश्याम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि माधवकुमार ओलीले सन् २०१८ जनवरी देखि हालसम्म सङ्कलन गरेका २४ ओटा घटनाहरू प्रस्तुत गरेका…

November 21, 2018  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गङ्गादेव गाउँपालिका–५ की ३९ वर्षीया देविसरा सार्कीको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति सुकलाल सार्कीलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा कात्तिक ७ गते देविसराको घाँटीमा खुकुरी प्रहार गरी आरोपितले हत्या गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट आरोपितको मानसिक सन्तुलन ठिक नभएको पाइएको जिल्ला प्रहरी…

October 25, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४३ वर्षीय बुवालाई असोज २३ गते  गिरफ्तार गरेको छ । बुवाबाट यौन शोषणमा परेको भन्दै पीडित बालिकाले जिल्ला प्रहरी कार्यालयमा असोज २१ गते उजुरी दिएपछि पीडितको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुदर्शन पन्थीले बताए । आमाको मृत्यु…

October 10, 2018  
द्वन्द्वको क्रममा मारिएका बालबालिकाको सम्झनामा दीप प्रज्वलन

राष्ट्रिय बाल दिवसको पूर्व सन्ध्यामा भदौ २८ गते रोल्पामा द्वन्द्वकाल र विपत्बाट मृत्यु भएका बालबालिकाहरूको सम्झनामा शान्ति स्मारकमा दीप प्रज्ज्वलन गरिएको छ । जिल्ला बाल कल्याण समितिको आयोजनामा सदरमुकाम लिबाङस्थित द्वन्द्वकालमा मारिएकाहरूको सम्झनामा निर्मित शान्ति स्मारकमा दीप प्रज्ज्वलन गरिएको हो । जिल्लामा बालबालिकाको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ संस्था तथा बाल…

September 15, 2018