हत्या घटनाका आरोपित गिरफ्तार

रून्टीगढी गाउँपालिका–३ की २२ वर्षीया कल्पना घर्तीको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय भाइ लुमबहादुर घर्तीलाई चैत १७ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा चैत १६ गते भाइले चिरपट प्रहार गर्दा गम्भीर घाइते भएकी कल्पनाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा चैत १७ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी…

April 2, 2019  
प्रहरीसँगको बयान सरकारी वकिललाई मान्य हुँदैन–महान्यायाधिवक्ता खरेल

प्रहरीसँग लिइएको बयान सरकारी वकिललाई मान्य नहुने महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालय रोल्पामा फागुन ३० गते आयोजित एक कार्यक्रममा महान्यायाधिवक्ता खरेलले उक्त कुरा बताएका हन् । खरेलले जुनसुकै घटनाका आरोपितहरूको बयान लिँदा प्रहरी बिना लिनुपर्ने बताएका थिए । पछिल्लो समय प्रहरी हिरासतमा दिइने यातनाका घटनामा…

March 15, 2019  
अपाङ्गता भएका बालबालिकाहरुको पठन पाठनमा समस्या

पर्याप्त अपाङ्गमैत्री भवन, फर्निचर, शैक्षिक सामग्री र विशेष शिक्षक नहुँदा अपाङ्गता भएका बाल बालिकाहरुलाई पठनपाठनमा समस्या भएको छ । विशेष कक्षा सञ्चालन हुने जिल्लाको एक मात्र लिबाङस्थित बालकल्याण नमूना माविमा पनि आवश्यक भौतिक सङ्रचना र विशेष शिक्षक नहुँदा अध्ययन अध्यापनमा समस्या आएको हो । तालिम प्राप्त विशेष शिक्षक नहुँदा आफूहरुलाई…

March 11, 2019  
गाउँपालिका कार्यालय नजिकै बेवारिसे बम फेला

त्रिवेणी गाउँपालिका कार्यालय नजिक फागुन २३ गते दुई ओटा सकेट बम र लिबाङस्थित नेपाली कांग्रेसको पार्टी कार्यालय नजिक ग्रीनेट बम फेला परेको प्रहरीले जनाएको छ । जुगारमा रहेको कार्यालयको दक्षिणी पर्खालदेखि २० मिटर टाढा कालो पोलिथिनमा दुई ओटा बम फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी दिपक खड्काले बताए ।…

March 8, 2019  
अज्ञात पक्षबाट गाउँपालिकाको गाडीमा आगजनी

गङ्गादेव गाउँपालिकाको भे १ ज २७८५ नम्बरको गाडीमा फागुन २१ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । फागुन २१ गते देखि सुरू भएको स्थानीय मेलाको उद्घाटन गरी बास बसेका गङ्गादेव गाउँपालिका अध्यक्ष बिरबहादुर खत्रीले सोही गापा–४ को वडा कार्यालय म्वालेखोलामा पार्किङ गरिराखेको भे १ ज २७८५ नम्बरको बोलेरो जीपमा…

March 6, 2019  
विप्लव निकटका शिक्षक गिरफ्तार

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक सङ्गठन रोल्पाका सचिव भुपबहादुर केसीलाई पुस २२ गते रोल्पा नपा-१ स्थित सल्लीबोट आधारभुत बिद्यालयबाटै प्रहरीले गिरफ्तार गरेको छ । शिक्षक भएर पढाउने भन्दा राजनीति बढी गरेको र अरूलाई धम्क्याउँदै हिँडेको गुनासोका आधारमा सोधपुछका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी…

January 7, 2019  
नगरपालिकाको सिङ्गो वडामै माध्यामिक विद्यालय नहुँदा बालबालिकाहरू मर्कामा

नगरपालिका भनेपछि सामान्यतय आधारभूत पूर्वाधारको सुविधा हुनु पर्ने हो । तर, रोल्पा नगरपालिकाको एउटा वडा यस्तो छ जहाँ माध्यामिक विद्यालय नहुँदा यहाँका विद्यार्थीहरू माध्यामिक तहको अध्ययनका लागि नगरपालिकाबाट गाउँपालिकामा जानुपर्ने बाध्यता रहेको छ । रोल्पा नगरपालिकाको ५ नम्बर वडामा एउटा पनि माध्यामिक विद्यालय नहुँदा यहाँका बालबालिकाहरू माध्यामिक तहको अध्ययनका लागि…

December 30, 2018  
इँटा भट्टाबाट उद्धार गरिएका बालबालिका अभिभावकको जिम्मामा

खनाल इँटा भट्टा चितवनमा गएका त्रिवेणी गाउँपालिका-२ का दुई जना बाल बालिकाको उद्धार गरी पुस ९ गते स्थानीय जनप्रतिनिधि, प्रहरी र सङ्घ संस्थाको रहोवरमा अभिभावकको जिम्मा लगाइएको छ । नाइकेको प्रलोभन र आर्थिक अभावका कारण इँटा भट्टामा काम गर्न गएका त्रिवेणी गाउँपालिका-२ दहबनका १५ वर्षीया जैमती बिकलाई आमा ज्योति बिक…

December 25, 2018  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुनिल स्मृति गाउँपालिका–५ की ४२ वर्षीया त्रिमता घर्ती मगरलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति ईन्द्रबहादुर घर्ती मगरलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवाद हुँदा मङ्सिर ५ गते पत्नीलाई बन्चरो प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।…

November 23, 2018  
विस्तृत शान्ति सम्झौताका १२ वर्षः द्वन्द्वपीडितहरूले अझै न्याय पाएनन्

एउटा भनाई छ–‘१२ वर्षपछि खोला पनि फर्किन्छ’ । तर, यो भनाई देशमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वबाट पीडित भएकाहरुको लागि भने चरितार्थ हुन सकेन । तत्कालिन विद्रोही पक्ष नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्दा पनि द्वन्द्वपीडितहरूले अझै न्याय पाउन सकेका छैनन् । विस्तृत शान्ति सम्झौता…

November 21, 2018