नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा हिरासतमा अनसन सुरू

जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले जेठ २४ गते रातिदेखि अनसन सुरू गरेका छन्  । राज्यले बिनाकारण आफुहरूलाई हिरासतमा राखेको र स्वच्छ प्रतिस्पर्धामा राजनीति गर्न नदिएको भन्दै उनीहरूले हिरासतभित्र अनसन बसेको बताएका छन् । अनसन सुरु गरेदेखि उनीहरूले पानी पनि नखाएर अनसन सुरु गरेका हुन् । जिल्ला…

मानव अधिकार आयोगद्वारा निर्वाचन पूर्वको तयारी सम्बन्धमा अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले स्थानीय तह निर्वाचनको पूर्व तयारीको सन्दर्भमा वैशाख ३० गते रुकुमका विभिन्न ठाउँको अनुगमन गरेको छ । आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका अधिकृत टङ्क खनालको नेतृत्वमा रहेको टोलीले सुरक्षाको आधारमा सम्वेदनशील मानिएका सानोभेरी गाउँपालिका र मुसिकोट नगरपालिकाका पाँच ओटा मतदान स्थलको अनुगमन गरेको हो ।…

माओवादी केन्द्रका कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि आक्रमण

मुसिकोट नपा­ ७ का ४८ वर्षीय करवीर परियारलाई एमालेको चुनावी कार्यक्रम सकेर घर फर्कँदै गर्दा कार्यक्रम स्थल नजिक वैशाख २७ गते माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेका छन् । टाउकोमा चोट लागेका परियारको रुकुमेली सामुदायिक अस्पताल मुसिकोटमा उपचार भइरहेको छ । घटनापछि युथफोर्सका कार्यकर्ताले वाइसीएलको मुसिकोट नपा­ ७ सारास्थित क्याम्प ध्वस्त…

काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप

स्थानीय तहको निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच सानोभेरी गाउँपालिका-२ चाइनाबगर गाउँमा वैशाख २६ गते साँझ सात बजे झडप हुँदा दुवै पक्षका ६ जना कार्यकर्ता सामान्य घाइते भएका छन् । चुनाव प्रचारको क्रममा माओवादीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको नेपाली काङ्ग्रेसका सानोभेरी गाउँपालिका अध्यक्षका उम्मेदवार…

वयस्क थुनुवासँग बालक प्रहरी हिरासतमा

बाफीकोट गाउँपालिका-४ निवासी त्रिभुवन जनता मावि मुसिकोटमा कक्षा नौ मा अध्यनरत १५ वर्षीय बालक पूर्णजङ्ग खड्कालाई प्रहरीले वयस्क थुनुवासँग हिरासतमा राखेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भई निर्वाचन विथोल्न खोजेको आरोपमा खड्कालाई वैशाख १८ गते प्रहरीले आठविसकोट नपा-१ बाट गिरफ्तार गरेको थियो । बालकलाई सार्वजनिक अपराधको…

काङ्ग्रेस माओवादी झडप, १२ जनाभन्दा बढी घाइते

त्रिबेणी गाउँ पालिका-८ मा प्रचारमा रहेको नेपाली काङ्ग्रेसको टोलीमाथी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले आक्रमण गर्दा पाँच जना गम्भीर घाइते भएको नेपाली काङ्ग्रेस रूकुमले जानकारी दिएको छ । घाइते हुनेमा त्रिवेणी गाउँपालिका-८ का वडा अध्यक्षका उम्मेदवार २५ वर्षीय दिनेश खड्का, सोही ठाउँका खिमबहादुर खड्का, कुलबहादुर खड्का, नरहरी घर्ती, विशाल सिंहलगायतका रहेको…

माओवादी केन्द्र र काङ्ग्रेस कार्यकर्ताबीच झडप

चौरजहारी नपा-१२ मा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच झडप भएको छ । स्थानीय तहको चुनाव प्रचार प्रसारको विषयमा विवाद हुँदा दुई पार्टीका कार्यकर्ताबिच झडप भएको प्रहरी चौकी सर्केनाले जनाएको छ । झडपमा काङ्ग्रेसका कार्यकर्ता चौरजहारी नपा-१२ का ४० वर्षीय भीमबहादुर ओली गम्भीर घाइते भएका छन् । उनको टाउकोमा…

वाइसिएल कार्यकर्ताको आक्रमणमा एक जना शिक्षक घाइते

सिस्ने गाउँपालिका-६ का २३ वर्षीय तुफान पौडेललाई एकीकृत नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाइसिएलका कार्यकर्ताले आक्रमण गर्दा गम्भीर घाइते बनाएको पीडित पक्षको आरोप छ । स्थानीय छिप्रीदह उमाविका शिक्षक पौडेललाई बिहानको कक्षा पढाएर घर फर्कने क्रममा वाइसिएलका कार्यकर्ता रूपेन्द्र मल्लको नेतृत्वमा आएको टोलीले आक्रमण गर्दा वैशाख १५ गते बिहान गम्भीर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाफीकोट गाउँपालिका-१ का ६२ वर्षीय भन्द्रबहादुर बिकल वैशाख ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७३ चैत ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७४ वैशाख १ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई सुरेन्द्र…

नेपाली कङ्ग्रेस र एकीकृत माओवादी केन्द्रका कार्यकर्ताबिच झडप, तीन जना घाइते

सानोभरी गाउँपालिका-६ मा नेपाली कङ्ग्रेस र एकीकृत माओवादी केन्द्रका कार्यकर्ताबिच चैत १६ गते भएको झडपमा कङ्ग्रेसका तीन जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा सानोभरी गाउँपालिका-६ निवासी कङ्ग्रेसका स्थानीय कार्यकर्ता ३९ वर्षीया विरमी ओली, सोही ठाउँका ४२ वर्षीय शशिराम ओली र ३९ वर्षीय मानसिंह ओली रहेका छन् । घाइतेहरूलाई…