स्थानीय तहबाट खरिद प्रक्रिया ढिलाई हुँदा औषधि अभाव

स्थानीय तहको निर्वाचन भएको ६ महिना पुगिसक्दा पनि औषधि खरिद प्रक्रियामा ढिलाई हुँदा जिल्लाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । पहिले स्वास्थ्य संस्थामै बजेट आएर औषधि खरिद गर्ने व्यवस्था भएकोमा हाल स्थानीय तहको पुनर्संरचनाले गर्दा औषधि खरिद प्रक्रियामा अन्यौलता हुँदा अभाव बढेको हो । जिल्लाका एक अस्पताल, एक प्राथमिक…

November 1, 2017  
फोटो प्रकाशन गरेको आरोपमा पत्रकार ओलीमाथि दुर्व्यवहार

बसको छतमा यात्रु राखेर जोखिमपूर्ण यात्रा गराएको फोटो खिचेर सार्वजनिक गरेको भन्दै यातायात व्यवसायी चक्रबहादुर केसीले पत्रकार महासङ्घ रूकुमका सदस्य एवम् रेडियो सानीभेरीका समाचारदाता नारायण ओलीमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । सिस्ने हिमाल बस तथा मिनिबस यातायात समितिका कर्मचारी केसीले कात्तिक ९ गते बिहान पश्चिम रूकुमको सानीभेरी गाउँपालिका-९,…

October 26, 2017  
अखाद्य सामान विक्री गरेको आरोपमा व्यापारीलाई कारबाही

आठबिसकोट नपा-९ स्थित राडी बजारमा म्याद नाघेका अखाद्य वस्तु विक्री गर्ने दुई ओटा पसललाई नगरपालिका कार्यालयले असोज २८ गते कारबाही गरेको छ । बजार अनुगमनका क्रममा यसअघि सचेत गराउँदा पनि म्याद नाघेका सामान चाउचाउ, बिस्कुट र पेय पदार्थ विक्री गरेको पाइएकोले ओली स्टोर एण्ड चित्रलेखी सप्लायर्सलाई ५ हजार रूपियाँ र…

October 15, 2017  
खुकुरी प्रहार गरी पत्नीको हत्या, आरोपित फरार

भुमे गाउँपालिका-६ की ४० वर्षीया लयना बुढालाई खुकुरी प्रहार गरी ४५ वर्षीय नरबहादुर पुनले साउन २३ गते हत्या गरी फरार भएको प्रहरीले जनाएको छ । घरायसी विवादका कारण खुकुरी प्रहार गरी आरोपितले पत्नीको हत्या गरेर फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी अङ्गुर जिसीले जानकारी दिए । घटना रातको समयमा…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पुथाउत्तरगङ्गा गाउँपालिका-७ की २८ वर्षीया बयानसरा कामीको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति टेकबहादुर कामीलाई असार २६ गते गिरफ्तार गरेको छ । राति घरमा सुतेको अवस्थामा पतिले असार २६ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका इन्स्पेक्टर थमन रम्जालीले जानकारी दिए ।…

माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा तरूणदलका कार्यकर्ता घाइते भएको आरोप

नेपाली काङ्ग्रेसको भातृ सङ्गठन तरूणदलका पुथा उत्तरगङ्गा संयोजक ३५ वर्षीया नविन पुनलाई माओवादी केन्द्रका कार्यकर्ताहरूले आक्रमण गरी गम्भीर घाइते बनाएको नेपाली काङ्ग्रेस रूकुमले आरोप लगाएको छ । असार १८ गते राति ३० जना भन्दा बढीको सङ्ख्यामा आएका माओवादी केन्द्रका कार्यकर्ताहरूले पुनको ज्यान मार्ने उद्धेश्यले आक्रमण गरी घाइते बनाएको नेपाली काङ्ग्रेस…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा अमानवीय व्यवहार

जिल्ला समन्वय समिति रूकुममा कार्यरत असिष्टेण्ट सव-इञ्जिनियर ४५ वर्षीय चिताराम खड्कालाई घुस लिएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असार २२ गते सदरमुकाम खलङ्गास्थित मयूर होटलमा अमानवीय व्यवहार गरेका छन् । त्रिवेणी गाउँपालिकाको सडक निर्माण उपभोक्ता समितिबाट घुस लिन लागेको फेला परेकोले मोसो दलेको नेपाल कम्युनिष्ट पार्टी जिल्ला सेक्रेटरी चन्द्र बुढाले…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

चौरजहारी नगरपालिका-१४ नुवाकोटकी ४१ वर्षीया ललिता रानालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनका ४५ वर्षीय पति डिल्लीबहादुर रानालाई असार २० गते गिरफ्तार गरेको छ । पीडित ललिततालाई घरमा सुतिरहेको अवस्थामा असार १९ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको मृतकका माइती पक्षले आरोप लगाएको छ । घटना…

काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताको झडपमा दुई जना घाइते

सिस्ने गाउँपालिका-५ मा असार १२ गते साँझ नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच भएको झडपमा दुई जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली काङ्ग्रेस निकट तरुण दलका कार्यकर्ता ३० वर्षीय रेशम बुढाथोकी र माओवादी केन्द्रका कार्यकर्ता सिस्ने शिक्षा क्याम्पसका स्ववियु सभापति २५ वर्षीय श्रीकुमार बुढाथोकी रहेका छन् । दाहिने…

सिस्ने गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप

चुनाव प्रचारको क्रममा नेकपा एमालेका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताबिच सिस्ने गाउँपालिका-७ मा असार १० गते झडप भएको छ । झडपमा माओवादी केन्द्रका ६ जना र एमालेका तीन जना र एक जना विद्यार्थी घाइते भएका छन् । आफ्ना पार्टीका कार्यकर्तालाई चुनाव प्रचारमा अवरोध गरी नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको…