रूकुमका दुई ओटा मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले पुनःमतदान सुरू

मङ्सिर १० गते मतदान स्थगित भएका रूकुम (पश्चिम) का दुई ओटा मतदान केन्द्रमा मङ्सिर १५ गते बिहान ७ बजेदेखि शान्तिपूर्ण ढङ्गले पुनःमतदान सुरू भएको छ । बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका दुई ओटा मतदान केन्द्रमा मङ्सिर १० गते भएको मतदानको क्रममा मतपेटिकामा एसिड हालेर आगो लागेपछि मतदान स्थगित भएको थियो…

December 1, 2017  
स्थगित भएका दुई केन्द्रमा मङ्सिर १५ गते पुनःमतदान हुने

मतपेटिकामा एसिड हालेर आगो लागेपछि स्थगित भएका रूकुम (पश्चिम) का दुई केन्द्रमा मङ्सिर १५ गते पुनः मतदान हुने भएको छ । मङ्सिर १० गतेको निर्वाचनमा बाँफिकोट गाउँपालिका-५ को रत्न आधारभुत विद्यालयको (क) मतदान केन्द्रको प्रतिनिधिसभा तर्फको मतपेटिकामा पनि एसिड हालिएको थियो । यस्तै आठविसकोट नगरपालिका-११ को नेपाल राष्ट्रिय मावि गत्तसैनाको…

November 29, 2017  
मतपेटिका बोकेको टोलीमाथि बम प्रहार

मङ्सिर १० गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपेटिका बोकेर सदरमुकाम फर्कँदै गरेको टोलीमाथि लक्षित गरी मङ्सिर १० गते राति चौरजहारी नपा-६ घर्तीकाँडामा बम प्रहार भएको छ । सो टोलीले चौरजहारी नगरपालिकाको वडा नम्बर ६, १०, ११, १२, १३ र १४ का मतपेटिका बोकेको थियो । बम…

November 27, 2017  
रूकुम (पश्चिम) का दुई केन्द्रको मतदान स्थगित, निर्वाचन अवरूद्ध गर्न खोज्ने तीन जना गिरफ्तार

मङ्सिर १० गतेको पहिलो चरणको निर्वाचन अन्तर्गत रूकुम (पश्चिम) का दुई मतदान केन्द्रको मतदान स्थगित भएको छ । आठविसकोट नगरपालिका-११ स्थित नेपाल राष्ट्रिय मावि गत्तसैना मतदान केन्द्रमा नेपाली काङ्ग्रेसका कार्यकर्ता केशव खड्काले ३ सय ३ मत खसिसकेको अवस्थामा समानुपातिकतर्फको मतपेटिकामा एसिड खन्याएर मतपेटिका जलेपछि सो केन्द्रको समानुपातिक तर्फको मतदान स्थगित…

November 27, 2017  
रुकुम (पूर्व) का नौ मतदान केन्द्र सम्पर्कविहीन

पूर्वी रुकुमका नौ ओटा मतदान केन्द्रमा फोन सम्पर्कको सुविधा नहुँदा निर्वाचनमा खटिएका कर्मचारी र मतदाता सम्पर्कविहीन भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका अन्तर्गतका रन्मामैकोट, अर्जल, हुकाम, पेल्मा, जाङ, खारावाङ, कोल र राङ्सी तथा सिस्ने गाउँपालिका अन्तर्गतको सिस्ने मतदान केन्द्र सम्पर्कविहीन भएका छन् । रुकुम (पूर्व) का मुख्य निर्वाचन अधिकृत दुर्गा…

November 25, 2017  
काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप, माओवादी केन्द्रकी एक कार्यकर्ता घाइते

नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा मङ्सिर ७ गते भएको चुनावी सभावाट घर फर्कँदै गरेका तरूण दलका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताबिच सानीभेरी गाउँपालिका-७ सहरेमा भएको झडपमा सानीभेरी गाउँपालिका-७ निवासी माओवादी केन्द्रकी कार्यकर्ता ३५ वर्षीया कमला बुढा घाइते भएकी छन् । खलङ्गामा भएको काङ्ग्रेसको चुनावी सभाबाट चौरजहारी जान…

November 24, 2017  
बिना विभागीय मन्त्री शर्मा चढेको गाडिमाथि बम प्रहार

प्रतिनिधिसभाको लागि एकमात्र निर्वाचन क्षेत्र रहेको रूकुम (पश्चिम) बाट बाम गठबन्धनका साझा उम्मेदवार एवम् विना विभागीय मन्त्री जनार्दन शर्मा चढेको गाडिमाथि अज्ञात समूहद्वारा बम प्रहार भएको छ । कात्तिक २४ गते बिहान ९ः२० बजे चौरजहारीबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फजाँदै गर्दा चौरजहारी नपा-८ गोईरीमा मन्त्री शर्मालाई लक्षित गरी दुई ओटा रेडबुलको बट्टामा…

November 10, 2017  
रूकुम पश्चिमका नौ र पूर्वका १७ मतदानस्थल अति सम्वेदनशील

आगामी मङ्सिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्धारण गरिएका रूकुम (पश्चिम) का ७३ मतदानस्थल मध्ये नौ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको रूकुम (पश्चिम) का सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए । सहायक प्रजिअ पुनका अनुसार ५७ ओटा सम्वेदनशील र सात ओटा मतदानस्थल…

November 10, 2017  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठनको राप्ती अञ्चल व्यूरो सदस्य २३ वर्षीय दिपक विष्ट र पार्टी जिल्ला कमिटी सदस्य ३३ वर्षीय मोतिराम खड्कालाई कात्तिक २२ दिउँसो खलङ्गा बजारबाट प्रहरीले गिरफ्तार गरेको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन खारेज अभियान सञ्चालन गर्दै विभिन्न स्थानमा…

November 8, 2017  
स्थानीय तहबाट खरिद प्रक्रिया ढिलाई हुँदा औषधि अभाव

स्थानीय तहको निर्वाचन भएको ६ महिना पुगिसक्दा पनि औषधि खरिद प्रक्रियामा ढिलाई हुँदा जिल्लाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । पहिले स्वास्थ्य संस्थामै बजेट आएर औषधि खरिद गर्ने व्यवस्था भएकोमा हाल स्थानीय तहको पुनर्संरचनाले गर्दा औषधि खरिद प्रक्रियामा अन्यौलता हुँदा अभाव बढेको हो । जिल्लाका एक अस्पताल, एक प्राथमिक…

November 1, 2017