बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिस्ने गाँउपालिका–५ का ३१ वर्षीय मदन भनिने भरत गौतमलाई माघ २१ गते  गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । स्थानीयले पीडित बालिका रोएको सुनेर बालिका भएतिर…

February 6, 2019  
सम्भावित खतरा टार्न प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

पुर्वी रूकुममा सदरमुकाम सार्ने विषयमा विवाद बढेपछि सम्भावित खतरा टार्न जिल्ला प्रशासन कार्यालयले माघ २१ गतेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । हाल सदरमुकाम रहेको सिस्ने गाँउपालिकाको रुकुमकोटबाट पुथाउत्तरगङ्गा गाउँपालिकाको गोल्खाडामा सदरमुकाम सार्ने निर्णय कार्यान्वयनको माग गर्दै स्थानीयले आन्दोलन घोषणा गरेपछि सदरमुकामको चार किल्लामा कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले…

February 5, 2019  
रुकुम पुर्वमा कारागार नहुँदा समस्या, भवनका लागि जग्गासमेत पाइएन

नयाँ स्थापित जिल्ला रूकुम पुर्वमा कारागार नहुँदा समस्या भएको छ । रूकुम पुर्व जिल्लाबाट अदालत तथा अर्ध न्यायिक निकायले कारागार चलान गरेका कैदीबन्दिहरूलाई रूकुम पश्चिम स्थित कारागारमा पुर्‍याउनु पर्ने बाध्यता रहेको छ । साविकको रूकुम जिल्ला राज्य पुनः संरचनाको क्रमका रूकुम पुर्व र पश्चिम दुई जिल्लामा विभाजन भएपछि २०७४ को…

November 15, 2018  
नियमित अनुगमनले सरोकारवाला निकायलाई जबाफदेही बनाउनेमा जोड

मानव अधिकारको क्षेत्रमा क्रियाशील संस्था इन्सेकको नियमित अनुगमनले सरोकारवाला निकायलाई जबाफदेही बनाउनेमा जोड दिइएको छ । इन्सेकको आयोजनामा रुकुमकोटमा कात्तिक २८ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१९ को पूर्व समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले उक्त कुरामा जोड दिएका हुन् । प्रजिअ शर्माले इन्सेकले नियमित भेटघाट तथा छलफलले…

November 15, 2018  
पाँचदिनदेखि अस्पतालको सेवा बन्द हुँदा बिरामी मर्कामा, उपचार अभावले एकको ज्यान गयो

उपचारको क्रममा एक महिलाको मृत्यु भएपछि मृतकका आफन्तहरूको आन्दोलनका कारण चौरजहारी अस्पतालको सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेका छन् । साउन १३ गते भेरी नगरपालिका–१३, कुदु जाजरकोटकी २९ वर्षीया यशोदा मल्ल रोकायको मृत्यु भएपछि सोही दिनदेखि पीडित पक्षको आन्दोलनले गर्दा अस्पतालमा उपचार सेवा बन्द रहेको छ । डक्टरको लापरवाहीका कारण…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय र १७ वर्षीय दुई जना बालकलाई साउन २० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन १७ गते राति बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन १८ गते इलाका प्रहरी कार्यालय र १९ गते जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा उजुरी दिएको…

गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षमाथि कुर्सी प्रहार

रूकुम पूर्वको सिस्ने गाउँपालिकाका उपाध्यक्ष ४२ वर्षीय गोवर्धन बुढा, वडा नम्बर ५ का अध्यक्ष ४५ वर्षीय शान्तबहादुर बिक र वडा नम्बर ६ का अध्यक्ष ३९ वर्षीय सुदन रेग्मीमाथि कुर्सी प्रहार भएको छ । साउन १२ गते बेलुकी सिस्ने गाउँपालिका–८ को वडा कार्यालयमा विद्युको विषयमा छलफल भइरहेका बेला आफूहरूमाथि हमला भएको…

प्रहरीद्वारा बालविवाह रद्ध, एक वर्षमा ३४ बालविवाह रोकिए

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा हुनै लागेको बालविवाह प्रहरीले रोकेको छ । उमेर नपुगी भएको विवाह भएको थाहा पाएपछि चौरजहारी नपा–१४ का १७ वर्षीय बालक र सानीभेरी गाउँपालिका–८ की १६ वर्षीया बालिकाबीचको विवाह रोकिएको प्रहरीले जनाएको हो । उक्त जोडीको विवाह उमेर नपुग्दै हुन थालेको भन्दै प्रहरीलाई सूचना आएपछि सिम्ली प्रहरी…

वडाध्यक्षलाई हातपात गरेको आरोपमा दुईजना गिरफ्तार

बाँफिकोट गाउँपालिका–२ का वडा अध्यक्ष ५९ वर्षीय धनबहादुर खत्रीलाई हातपात गरेको आरोपमा प्रहरीले आरोपित दुई जनालाई असार २ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा सोही वडाका ४० वर्षीय रत्नबहादुर नाथ र ५३ वर्षीय लालबहादुर नाथ रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका इन्स्पेक्टर प्रमोद खत्रीले जानकारी दिए । आरोपित दुवै…

एक महिनादेखि प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि अभाव सेवाग्राही मर्कामा

चौरजहारी नपा–७ कोटजहारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिनादेखि औषधिको अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । स्वास्थ्य केन्द्रमा सिटामोल बाहेकका औषधिको अभाव भएको हेल्थ असिस्टेन्ट रामबहादुर सुनारले जानकारी दिए । औषधि अभाव भएपछि उपचारका लागि स्वास्थ्य केन्द्रमा आउने बिरामीहरूले अन्य औषधि लिनुपर्ने भएमा मेडिकलबाट किन्नुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य…