बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय र १७ वर्षीय दुई जना बालकलाई साउन २० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन १७ गते राति बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन १८ गते इलाका प्रहरी कार्यालय र १९ गते जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा उजुरी दिएको…

गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षमाथि कुर्सी प्रहार

रूकुम पूर्वको सिस्ने गाउँपालिकाका उपाध्यक्ष ४२ वर्षीय गोवर्धन बुढा, वडा नम्बर ५ का अध्यक्ष ४५ वर्षीय शान्तबहादुर बिक र वडा नम्बर ६ का अध्यक्ष ३९ वर्षीय सुदन रेग्मीमाथि कुर्सी प्रहार भएको छ । साउन १२ गते बेलुकी सिस्ने गाउँपालिका–८ को वडा कार्यालयमा विद्युको विषयमा छलफल भइरहेका बेला आफूहरूमाथि हमला भएको…

प्रहरीद्वारा बालविवाह रद्ध, एक वर्षमा ३४ बालविवाह रोकिए

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा हुनै लागेको बालविवाह प्रहरीले रोकेको छ । उमेर नपुगी भएको विवाह भएको थाहा पाएपछि चौरजहारी नपा–१४ का १७ वर्षीय बालक र सानीभेरी गाउँपालिका–८ की १६ वर्षीया बालिकाबीचको विवाह रोकिएको प्रहरीले जनाएको हो । उक्त जोडीको विवाह उमेर नपुग्दै हुन थालेको भन्दै प्रहरीलाई सूचना आएपछि सिम्ली प्रहरी…

वडाध्यक्षलाई हातपात गरेको आरोपमा दुईजना गिरफ्तार

बाँफिकोट गाउँपालिका–२ का वडा अध्यक्ष ५९ वर्षीय धनबहादुर खत्रीलाई हातपात गरेको आरोपमा प्रहरीले आरोपित दुई जनालाई असार २ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा सोही वडाका ४० वर्षीय रत्नबहादुर नाथ र ५३ वर्षीय लालबहादुर नाथ रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका इन्स्पेक्टर प्रमोद खत्रीले जानकारी दिए । आरोपित दुवै…

एक महिनादेखि प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि अभाव सेवाग्राही मर्कामा

चौरजहारी नपा–७ कोटजहारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिनादेखि औषधिको अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । स्वास्थ्य केन्द्रमा सिटामोल बाहेकका औषधिको अभाव भएको हेल्थ असिस्टेन्ट रामबहादुर सुनारले जानकारी दिए । औषधि अभाव भएपछि उपचारका लागि स्वास्थ्य केन्द्रमा आउने बिरामीहरूले अन्य औषधि लिनुपर्ने भएमा मेडिकलबाट किन्नुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य…

बयान बदलेको आरोपमा एक महिना कैद र १ हजार रुपियाँ जरिबानाको फैसला

आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमार्फत अदालत पुर्‍याएको एक घटनाका निवेदकले बयान बदलेको आरोपमा जिल्ला अदालतले एक महिना कैद र १ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश काजीबहादुर राईको इजलासले असार २० गते उक्त फैसला सुनाएको हो । २४ वर्षीया युवतीले ०७४ माघ २ गते सानीभेरी गाउँपालिका-३ रुकुम पश्चिम…

बालविवाह घटनाका आरोपित गिरफ्तार

रुकुम पूर्वकी १५ वर्षीया एक बालिकासँग बालविवाह गरेको आरोपमा प्रहरील बाँफिकोट गापा-२ रुकुम पश्चिमका २९ वर्षीय दिनेश रसाईली बिकलाई असार २० गते गिरफ्तार गरेको छ । पीडित बालिकाका भिनाजुले असार २० गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उजुरी दिएपछि आरोपित बिकलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको रुकुम पश्चिमका इन्स्पेक्टर प्रमोद खत्रीले…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रूकुम पश्चिम आठविसकोट नपा-१४ घेत्माका २४ वर्षीय चन्द्रकुमार मल्ललाई असार १५ गते गिरफ्तार गरेको छ । बिरामी भएर तीन दिनदेखि अस्पतालमा भर्ना भएकी १४ वर्षीया बालिकालाई जिल्ला अस्पताल सल्लेमा करार सेवामा अहेव पदमा कार्यरत मल्लले असार १३ गते राति यौन दुर्व्यवहार गरेको…

सरोकारवालाको सक्रियतामा तीन हप्ता भित्र १२ ओटा बालविवाह रोकियो

पछिल्लो तीन हप्ताको अवधिमा रूकुम पश्चिमको चौरजहारी नगरपालिका अन्तर्गतका विभिन्न ठाउँमा १२ ओटा बालविवाह रोकिएका छन् । नगर बाल सञ्जाल र बाल संरक्षण समिति तथा प्रहरीको सक्रियतामा बालविवाह रोकिएको जिल्ला बालकल्याण समितिका बाल अधिकार अधिकृत मानवीर ओलीले बताए । ०७५ जेठ २६ गते चौरजहारी नपा-१६ वर्षीया बालिका र १८ वर्षीय युवकबीच…

घरभित्रै गन्हाउने अवस्थामा एक महिलाको शव भेटियो

मुसीकोट नगरपालिका-१ सल्लेमा एक महिलाको शव घरभित्रै गन्हाउने अवस्थामा भेटिएको छ । ४६ वर्षीया आइती बुढाको घरमा बाहिरबाट ताला लगाएको अवस्थामा असार १२ गते घरभित्रै शव फेला परेको हो । मृतक बुढाका छोराले ताला फोडेर भित्र जाँदा आमाको शव भेटिएको भन्दै प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का…