क्वारेण्टाइन व्यवस्थित गर्न माग गर्दै स्थानीयद्वारा प्रर्दशन

कोटहिमाई गाउँपालिका– ६ बोगडी माविमा रहेको क्वारेण्टाइन व्यवस्थित गर्न माग गर्दै स्थानीयहरूले जेठ १० गते प्रदर्शन गरेका छन् । मर्चवारी क्षेत्रमा रहेको क्वारेण्टाइन व्यवस्थित गर्न माग गर्दै नाराबाजी गरेका थिए  । क्वारेन्टाइनको व्यबस्थापनमा खटिएका कर्मचारीको लापरवाहीका कारण जोखिम बढेकाले बिरोध प्रर्दशन गर्नुपरेको स्थानीय  गोपीकृष्ण यादवले बताउनु भयो । पाँच दिन…

May 23, 2020  
बलात्कार घटनाका  आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–१ का २६ वर्षीय श्याम शाहीलाई जेठ ८ गते सैनामैनाबाट  गिरफ्तार गरेको छ । आरोपितले  जेठ ६ गते पीडितको घरमा गएर बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ८ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनुभएको थियो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी…

May 23, 2020  
उजुरी दर्ता नगरेको विषयमा प्रहरी र सरकारी वकिल कार्यालयविरूद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी

२० वर्षीया महिलालाई अपहरण तथा  बन्धक बनाएर बलात्कार गरेको घटनाको उजुरी नलिएको भन्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय विरूद्ध पीडिपक्षले जेठ ८ गते राष्ट्रिय मानव अधिकार आयोग  बुटवलमा उजुरी दिएका छन् । उजुरीको वोधार्थ इन्सेक रुपन्देही र एडभोकोसी फोरममा समेत दिनुभएको छ । प्रहरीले कोरोना सङ्क्रमणको कारण…

May 23, 2020  
बुटवलमा उपचाररत गुल्मीका कोरोना सङ्क्रमितको मृत्यु

तिलोत्तमा नपा मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेका गुल्मी जिल्ला मदाने गाँउपालिकाका ४१ वर्षीय पुरूषको  उपचारको क्रममा  जेठ ८ गते मृत्यु भएको अस्पतालले जनाएको छ ।  यससँगै कोरोना सङ्क्रमणका कारण नेपालमा मृत्यु हुनेको सङ्ख्या  तीन पुगेको छ । रुघाखोकी र ज्वरो आउने समस्या भएपछि जेठ १ गते उपचारको लागि क्रिमसन अस्पतालमा…

May 21, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–११ का १९ वर्षीय अजय चौधरीलाई जेठ १ गते  घरबाट  गिरफ्तार गरेको छ । बालिकालाई वैशाख ३१ गते आरोपितले बलात्कार गरेको भन्दै  पीडितले जेठ १ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिनुभएको थियो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाएको …

May 15, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको  आरोपमा प्रहरीले भारतको उत्तर प्रदेश गोनाहा थाना घरभई बुटवल उपमनपा– १२ बस्ने २६ वर्षीय सरदाम अन्सारीलाई वैशाख ३० गते गिरफ्तार गरेको छ । पीडित घरमा खेलीरहेको अवस्थामा आरोपितले  वैशाख ३० गते यौन दुर्व्यवहार गरेको भन्दै  पीडित आमाले वैशाख ३० गते इलाका प्रहरी कार्यालय बुटवलमा…

May 15, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोरङ जिल्ला घरभई ओमसतिया गाउँपालिका–१ आरपिड दाल मिलमा कार्यरत ३१ वर्षीय तुल्सी सरदारलाई वैशाख २५ गते ओमसतियाबाट गिरफ्तार गरेको छ । बालिका घरमा एक्लै भएको मौकामा आरोपितले वैशाख २४ गते  यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख २५ गते जिल्ला प्रहरी कार्यालयमा…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७, १६ र १४ वर्षीय बालकहरूलाई  वैशाख २१ गते गैडहवाबाट गिरफ्तार गरेको छ  । १८ वर्षीय एक जना बालक  फरार रहेको प्रहरीले जनाएको छ । बालिका खेतमा शौच गर्न गएको बेला आरोपितहरूले  वैशाख १७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले वैशाख २१…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–५ घरभई गैडहवा गाउँपालिका–७ बस्ने ३२ वर्षीय उमानाथ भनिने केशव कोहारलाई वैशाख २२ गते गैडहवाबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले प्रेमको प्रलोभन देखाएर  वैशाख ६ गते बलात्कार गरेको भन्दै पीडितले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिएको डिएसपी खडकबहादुर खत्रीले…

हत्या प्रयासका आरोपित विरूद्ध उजुरी

  कञ्चन गाउँपालिका–३ धौलागिरीकी २८ वर्षीया लिला सापकोटा पौडेललाई बञ्चरो प्रहार गरी हत्या प्रयास  गरेको आरोपमा पीडित पक्षले ५५ वर्षीय चन्द्रमणी पौडेल विरूद्ध चैत २९ गते इलाका प्रहरी कार्यालय सालझुण्डीमा उजुरी दर्ता गराएका छन् । आरोपित ससुराले चैत २७ गते बिहान छोरा नाती सुतिरहेको कोठामा बाहिरबाट चुकुल लगाएर घरको सर…

April 15, 2020