भैरहवाको एक होटलमा महिलाको हत्या

भैरहवामा रहेको एक होटलमा भारतीय मुलकी एक महिलाको हत्या गरिएको अवस्थामा कात्तिक १९ गते शव भेटिएको छ । सिर्द्धार्थ नपा-१३ बसपार्कमा रहेको गोर्खा प्रिन्स होटलको कोठा नं १ सय ११ मा रहस्यमय तरिकाले हत्या गरिएको अवस्थामा शव भेटिएको रुपन्देहीका सई बेलबहादुर पाण्डेले बताए । होटलमा रहेको इन्ट्री बुकमा रेखा सिन्हा…

November 5, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुपन्देही प्रहरीले ३५ वर्षीय बावुलाई असोज ९ गते गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकालाई आरोपितले असोज ६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा असोज ९ गते उजुरी दिएपछि आवश्यक अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्म भण्डारीले…

September 27, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

साढे ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सौराह फर्सिटिकर-५ केवलपुरका २६ वर्षीय युवराज पाण्डे (सन्तोष)लाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकका अभिभावकले भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २३ गते भिम…

September 12, 2016  
दाइजो नल्याएको आरोपमा महिलाको हत्या गरेको आरोप

लुम्बिनी नपा-४ पडरियाकी २८ वर्षीया नाजमा खातुनलाई दाइजो नल्याएको आरोपमा भदौ २२ गते परिवारजनले उनको हत्या गरेको खातुनका माइतीपक्षले आरोप लगाएको छ । पीडित महिलाका २९ वर्षीय पति एहसानुल्लाह मुसलमान र उनका परिवारले दाइजोमा चार पाङग्रे सवारी साधन मागेको र सो दिन नसकेको भन्दै पटकपटक कुटपिट गरी यातना दिने गरेको…

September 12, 2016  
न्याय पाइन्छ भन्ने कुरामा ढुक्क छैनन् बेपत्ता व्यक्तिका परिवार

आफ्ना आफन्त गुमाएर अहिलेसम्म आफन्त आउँछन की भन्ने पर्खाइमा बसेका बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यहरूले न्याय पाइने कुरामा ढुक्क हुन नसकेको बताएका छन् । बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा रूपन्देहीमा राष्ट्रिय मानव अधिकार आयोग उप-क्षेत्रीय कार्यालय, बुटवल, इन्सेक, न्यायका लागि द्वन्द्वपीडित समाज, नमूना एकिकृत विकास परिषद्, एड्भोकेसी…

September 1, 2016  
अस्पतालमा औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

लुम्बिनी अञ्चलकै जेठो अस्पताल लुम्बिनी अञ्चल अस्पताल बुटवलमा एक सातादेखि औषधिको अभाव भएपछि सेवाग्राहीहरू मर्कामा परेका हुन् । उक्त अस्पतालमा कुकुर र बिरालाले टोक्दा प्रयोग गरिने एण्टीरेविज भ्याक्सिन नामक औषधि नभएकोले बिरामीहरूलाई कसरी उपचार गर्ने भन्ने विषयमा अप्ठ्यारो भएको लुम्बिनी अञ्चल अस्पताल बुटवलका सुपरिटेण्डेण्ट डाक्टर विकास देवकोटाले जानकारी दिए ।…

August 31, 2016  
यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

एक १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रुपन्देही प्रहरीले नेपाल आयल निगमको भैरहवा केन्द्रका प्रमुख ३५ वर्षीय चित्तरञ्जन दासलाई भैरहवाबाट भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित दासले भदौ ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी बुद्धिराज गुरुङले बताए ।…

August 21, 2016