संविधान र कानुनको पूर्ण पालना गर्दा जातीय विभेदको अन्त्यः सामाजिक विकास मन्त्री बराल

संविधान र कानुनले गरेका व्यवस्थालाई कार्यान्वयन गर्दा मात्रै जातीय विभेद स्वतः अन्त्य हुने प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताएका छन् । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले बुटवलमा गरेको जातीय भेदभाव तथा छुवाछुत उन्मुलनसम्बन्धी राष्ट्रिय दिवसको अवसरमा मन्त्री बरालले यस्तो कुरा बताएका हुन् । उनले दलित आन्दोलनको…

June 5, 2019  
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकार सम्बोधन गर्नुपर्नेमा जोड

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकारहरूलाई सम्वोधन नगरिकन सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली भन्ने नाराले सार्थकता नपाउनेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले जेठ २० गते बुटवलमा आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन् । राष्ट्रिय…

June 3, 2019  
जातीय विभेद अन्त्य नगरेसम्म समाज परिवर्तन हुँदैनः सरोकारवाला

समाजमा रहेको जातीय विभेद र छुवाछुतलाई अन्त्य नगरेसम्म समाज परिवर्तन हुन नसक्ने  एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले सुद्धोधन गाउँपालिकामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले मानव अधिकारको दृष्टिकोणमा सबै समान रहेको बताउँदै, छुवाछुतको…

June 2, 2019  
जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई राम्रो जागिर दिने प्रलोभन देखाएर यौन कार्यमा लगाएको आरोपमा प्रहरीले गुल्मी जिल्ला मदाने गाउँपालिका–१ अग्लुङ स्थायी घरभई बुटवल उपमहानपा–५ पुरानो बसपार्कस्थित गुल्मेली होटलका सञ्चालक ४० वर्षीय शोवबहादुर बस्नेतलाई जेठ १७ गते साँझ होटलबाटै गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले होटलको सरसफाईको जागिर दिने प्रलोभन देखाएर यौन…

June 2, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सम्मरी गाउँपालिका–७ बेतकुइयाँका ४५ वर्षीय बाबु चमारलाई जेठ १६ गते बेतकुइयाँबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १५ गते यौन दुर्व्यवहार गरेको भनी पीडित बालिकाकी आमाले जेठ १६ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा…

June 1, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ का १३ वर्षीय बालकलाई जेठ १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा जेठ १४ गते गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएकी थिइन् । पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी…

May 30, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका-८ घर भई लुम्बिनी सांस्कृतिक नपा-६ बस्ने १९ वर्षीय अशोक बस्नेतलाई जेठ ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विभिन्न प्रलोभन देखाएर जेठ ६ गते बलात्कार गरेको भन्दै पीडितले आमाको सहयोगमा जेठ १० गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा…

May 27, 2019  
मानव अधिकार बिनाको लोकतन्त्र बाँच्न सक्दैनः पूर्व अध्यक्ष उपाध्याय

मानव अधिकारको सभ्यता र संस्कृति बिना लोकतन्त्र बलियो हुन नसक्ने बुटवलमा आयोजित एक कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष केदारनाथ उपाध्यायले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको पूर्व आयुक्त समाज र डिफ्री ललितपुरको आयोजना तथा इन्सेक रूपन्देहीको सहकार्यमा बुटवलमा आयोजित मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा राष्ट्रिय मानव अधिकार…

May 26, 2019  
यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई होटलमा रोजगार दिने प्रलोभन देखाएर यौन कार्यमा लगाएको आरोपमा प्रहरीले बाग्लुङ जिल्ला निसिखोला गाउँपालिका–७ स्थायी घरभई बुटवल उपमनपा–११ कालिकानगरमा राप्ती मेनु होटलका सञ्चालक २९ वर्षीय अनिल भन्ने टेकबहादुर कुँवर र ३३ वर्षीया पत्नी मीनाकुमारी बस्नेत कुँवरलाई जेठ ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले होटलमा…

May 25, 2019  
भएका कानुन कार्यान्वयन गरे बाल विवाहको अन्त्यः मुख्य न्यायाधीश

सरकारले बाल विवाह रोक्ने बनाएको कानुन कार्यान्वयनको पक्षलाई जोड दिनुपर्ने प्रदेश ५ उच्च अदालत तुल्सीपुर बुृटवल इजलासका मुख्य न्यायाधीश कुमारप्रसाद पोखरेलले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५, प्लान नेपाल र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपाल (सिजप)ले बुटवलमा आयोजना गरेको बालविवाह अन्त्यका लागि जेठ ५ र ६…

May 20, 2019