जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सवालमा काम गर्न सुझाव

जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सवालमा काम गर्न इन्सेकलाई एक कार्यक्रममा सहभागी सरोकारवालाले सुझाव दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कात्तिक २२ गते परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै शुध्द्धोधन गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञावलीले उक्त सुझाव दिएकी हुन् । उपाध्यक्ष ज्ञवालीले इन्सेकले शिक्षा, स्वास्थ्य,…

November 10, 2019  
अपरिचित व्यक्तिहरूको समूहबाट पत्रकारमाथि कुटपिट

नेपाल पत्रकार महासङ्घ रूपन्देहीका सदस्य तथा बुद्ध सामुदायिक टेलिभिजनमा कार्यरत सैनामैना नपा–५ बक्सरका ३४ वर्षीय पत्रकार राज चौधरी (राजाराम)माथि कात्तिक २१ गते अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको छ । कार्यालयको काम सकेर घर फर्कने क्रममा बुटवल उमनपा–९ स्थित जागरण चोक नजिकै भैरव पथमा घेराबन्दी गरी कुटपिट गरेको भन्दै पीडितले कात्तिक…

November 9, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्यूठान जिल्ला झिम्रुक गाउँपालिका–७ तुसाराका २० वर्षीय शङ्कर कुँवरलाई कात्तिक २० गते भैरहवाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विवाहको प्रलोभन देखाएर प्यूठानबाट भगाएर ल्याइ सिद्धार्थनगर नपा–१ बेलहियास्थित होटल नौलोमा लगी बलात्कार गरेको भन्दै पीडितले कात्तिक २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी…

November 9, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–२ शङ्करनगरका ५० वर्षीय विष्णुप्रसाद पाण्डेलाई कात्तिक ११ गते शङ्करनगरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ११ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी…

October 31, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ७ गते बलात्कार गरेको र गाउँ समाजले भनी मिलापत्र गरेकोमा पछिल्लो पटक कात्तिक ३ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले कात्तिक ११ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी…

October 31, 2019  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चितवन माडी स्थायी घरभई तिलोत्तमा नपा–२ शङ्करनगर बस्ने ४६ वर्षीय शोभाखर भट्टराईलाई कात्तिक १२ गते शङ्करनगरबाट गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले कात्तिक १२ गते बलात्कार प्रयास गरेको भनी पीडितले सोही दिन नै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।…

October 31, 2019  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत पुर्‍याएको आरोपमा प्रहरीले तिलोत्तमा नपा–१० का ३५ वर्षीय ध्रुव परियारलाई कात्तिक ११ गते तिलोत्तमाबाटै गिरफ्तार गरेको छ । अर्का आरोपित तिलोत्तमा नपा–१० माइती घरभई बुटवल उमनपा–११ बुद्धनगर बस्ने ४० वर्षीया उषा परियार फरार रहेको प्रहरीले जनाएको छ ।…

October 30, 2019  
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सवालमा प्रदेश सरकार संवेदनशीलः कानुनमन्त्री केसी

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकारहरूलाई संबोधन नगरिकन सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली भन्ने नाराले सार्थकता नहुने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालले बुटवलमा आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको सवाल विषयक प्रदेशस्तरीय अन्तरकृया कार्यक्रमको अवसरमा बोल्ने सहभागीहरूले यस्तो कुरा बताएका हुन् ।…

October 24, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–६ गल्लामण्डीका २२ वर्षीय राहुल बानियालाई असोज २९ गते गल्लामण्डीबाटै गिरफ्तार गरेको छ । आरोपितले पीडित युवतीलाई विवाहको प्रलोभन देखाएर पटकपटक बलात्कार गरेको र अन्तिम पटक भदौ १९ गते बलात्कार गरेको भन्दै  पीडितले असोज २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्…

October 20, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–४ का ५३ वर्र्षीय दिपककुमार क्षेत्रीलाई असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले असोज २७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् । पीडित पक्षले दिएको उजुरीका आधारमा…

October 16, 2019