यातना पीडितद्वारा क्षतिपुर्तिको माग गर्दै जिल्ला प्रशासनमा निवेदन

प्रहरीद्वारा यातना पाएका राप्ती सोनारी गाउँपालिका–२ कचनापुरका ४२ वर्षीय झुपबहादुर विष्टले अदालतको आदेश बमोजिम क्षतिपुर्तिको माग गदै जिल्ला प्रशासन कार्यालयमा मङ्सिर ११ गते निवेदन दर्ता गराउनुभएको छ । उहाँले अदालतको फैसला बमोजिम क्षतिपुर्ति रकम उपलब्ध गराई पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमारबहादुर खड्कालाई निवेदन पेश…

November 28, 2019  
बालिका शौचालयमा थुनिएर बेहोस भएको घटनाप्रति अधिकारकर्मीहरूको ध्यानाकर्षण

नेपालगञ्ज उपमनपा–१९ स्थित ब्रिटिस इङ्गलिस बोर्डिङ स्कुलमा अध्ययनरत चार वर्षीया बालिका  शौचालयमा थुनिएर बेहोस भएको घटनाप्रति मङ्सिर ९ गते मानव अधिकारकर्मीहरूले ध्यानाकर्षण भएको जनाएका छन् । विद्यालय सञ्चालन भएको समयमा मङ्सिर ६ गते चार वर्षीया सफलता बजगाई शौचालय भित्र ढोका खोल्न नसकेर चार-पाँच घण्टा लामो समयसम्म शौचालयमा बन्द भएको बालिकाका…

November 26, 2019  
प्रतिबन्धित नेकपाका जाजरकोट इञ्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका इञ्चार्ज जाजरकोट जिल्ला नलगाड नपा–५ का ४२ वर्षीय प्रेमप्रकाश वलीलाई कात्तिक २८ गते कोहलपुरबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । जाजरकोटमा एनसेल टावरमा आगजनी तथा तोडफोड, जबरजस्ती चन्दा असुल लगायतका क्रियाकलापमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय जाजरकोटले संरचना विनास, राज्यविरूद्धको अपराध…

November 16, 2019  
बाँकेमा दुई ओटा मतदानस्थल संवेदनशील

कोहलपुर नगरपालिका–६ मा वडा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनको लागि तोकिएका दुई ओटा मतदानस्थल संवेदनशील रहेका इलका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि तोकिएको एउटा मतदान केन्द्र र दुई ओटा मतदानस्थल सुरक्षाका हिसावले संवेदनशील रहेको कोहलपुर इलका प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष रोकाले बताए ।…

November 13, 2019  
नमुना ठाउँ बनाउनमा मद्दत गर्ने प्रतिबद्धता

बैजनाथ गाउँपालिकालाई पुर्ण रूपमा नमुना ठाउँ बनाउनमा मद्दत पु¥याने एक कार्यक्रममा सहभागिहरूले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा कात्तिक २२ गते गरिएको परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा सहभागिहरूले उक्त प्रतिबद्धता जनाएका हुन् । बैजनाथ गाउँपालिकाका प्रमुख मानबहादुर रुचालले आफ्नो क्षेत्र अधिकार भित्र पर्ने…

November 11, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका–५ का ३७ वर्षीय सौर्य दमाईलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १८ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको इन्स्पेक्टर सन्तोष रोकाले बताए । पीडित महिलाको स्वास्थ्य…

November 5, 2019  
अधिकारकर्मी र सञ्चारकर्मीको रोहवरमा सहमतिपछि कारागारमा लगाएको ताला खुल्यो

बाँके कारागारका कैदीबन्दीले कात्तिक १४ गते लगाएको ताला मानव अधिकारकर्मी र सञ्चारकर्मीको प्रयासपछि उनीहरूकै रोहवरमा कात्तिक १५ गते खोलिएको छ । राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, सञ्चारकर्मी, एडभोकेसी फोरम, थर्ड एलाइन्स सम्मिलत टोलीको रोहबरमा सरकारी टोली र आन्दोलनरत पक्षबीच कारगार भित्र भएका अनियमितता र समस्या पहिचान गरी छानविन गर्न समिति…

November 2, 2019  
कैदीबन्दीद्वारा कारागारमा तालाबन्दी

बाँके कारागारमा रहेका कैदीबन्दीले आफूहरूमाथि आर्थिक शोषण गरेको भन्दै कात्तिक १४ गते कारागारमा तालाबन्दी गरेका छन् । उनीहरूले कारागार प्रशासन, नाइके र चौकीदारमाथि आर्थिक शोषण गरेको आरोप लगाएका हुन् । उनीहरूले कारागारका चौकिदार भरत फडेरा, कारागारका नाइके मानबहादुर शाहीलाई नियन्त्रणमा लिएर ताला लगाएका थिए । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले…

October 31, 2019  
कृषकहरूलाई क्षतिपुर्तिको माग गर्दै ज्ञापन पत्र

अन्तर्राष्ट्रिय खाद्य दिवसको सन्दर्भमा इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज, उपभोक्ता हित संरक्षण मञ्च लगायतका सङ्घसंस्थाले कृषकहरूलाई क्षतिपुर्तिको माग गर्दै कात्तिक १ गते कृषि ज्ञान केद्रमा ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा आगामी दिनमा अस्पताल जस्तै विदाका दिनमा पनि कृषकहरूलाई आपतकालिन सेवा दिन माग गरेका छन् । साथै फौजीकिरा नष्ट…

October 20, 2019  
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार र शरीर बन्धक गरेको आरोपमा प्रहरीले भारत उत्तर प्रदेश खिरिग्राम महुवा थाना घर भई हाल कोहलपुर नपा–८ बस्ने ४५ वर्षीय प्रमोद पाण्डेलाई असोज ३० गते गिरफ्तार गरेको छ । आरोपितको होटलको लेखापाल पदमा कार्यरत महिलालाई असोज १२ गते भारतमा राम्रो काम लगाइदिने प्रलोभन देखाएर…

October 20, 2019