कोराना भाइरससम्बन्धी प्रदेश ५ को अवस्था

जुनसुकै बन्दमा पनि एम्बुलेन्स सम्वेदनशील र अति आवश्यक सवारी साधन निर्वाध रूपमा सञ्चालन हुन पाउँछन् । विश्व नै कोरोना भाइरसबाट आक्रान्त भइरहेको बेला सङ्क्रमित बिरामी वा अन्य बिरामीलाई अस्पतालसम्म पुर्‍याउने जिम्मेवारी पाएका एम्बुलेन्स चालकले दाङमा तोकिएको भन्दा बढी रकम असुल गरेको पाइएको छ । इन्सेक दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका…

April 7, 2020  
कोरोना भाइरस सम्बन्धमा प्रदेश ५ को  अवस्था

कोरोना भाइरस नियन्त्रणकालागि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत जावत बन्द गर्ने निर्णयको स्थानीय तहहरूले कार्यान्वयनमा ल्याएको छ ।  कपिलवस्तु जिल्ला अस्पतालले बिरामीको उपचारमा लापरवाही गरेका कारण बिरामीको मृत्यु भएको पीडित पक्षले आरोप लगाएका छन् । लकडाउनकै क्रममा रुकुम पुर्व जिल्लामा प्रसूति व्यथा लागेकी महिलाको नेपाली सेनाको हेलीकप्टरद्वारा…

April 6, 2020  
कोरोना भाइरस सम्बन्धमा प्रदेश ५ को अवस्था विश्लेषण

कोरोना भाइरस विश्वमा महामारीको रुपमा फैलिएको छ । नेपाललाई महामारीको जोखिमबाट बचाउन  सबैको सक्रियता आवश्यक छ । यस घडीमा सरकारले गरेका निर्णयहरूको कार्यान्वयन र पालना सबैको कर्तव्य हुन जान्छ । सङ्घीय, प्रादेशिक र स्थानीय तहले आवश्यक समन्वय सहकार्य गर्दै सम्भावित जोखिम न्यूनिकरणकालागि  लकडाउन पालना गर्न नागरिकलाई आग्रह गरेको छ ।…

April 5, 2020  
कोरोनाका भाइरस सम्बन्धमा प्रदेश ५ को अवस्था विश्लेषण

कोराना भाइरस नियन्त्रण र रोकथामकालागि प्रदेश सरकार र स्थानीय तहले विभिन्न उपायहरू अवलम्बन गर्दै आएका छन् । यसै सन्दर्भमा प्रदेश ५ का मुख्य मन्त्री शङ्कर पोखरेलले रूकुम पुर्वका स्थानीय तहका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग भिडियो संवाद गरी जिल्लाको अवस्थाका बारेमा जानकारी लिनुको साथै सुझाव समेत दिनु भएको छ ।…

April 4, 2020  
कोभिड–१९ सम्बन्धमा प्रदेश ५ को अवस्था

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न र स्थानीय तहहरूले आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् । प्रदेशका लकडाउनको पूर्ण कार्यान्वयन भएको छ । बाँके जिल्लास्थित नेपाल भारत सिमा नाकामा अलपत्र अवस्थामा रहेका व्यक्तिहरूलाई नेपाली सेनाले दशगजा क्षेत्रमा तयार गरेको क्वारेन्टाइनमा राखिएको छ । बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा…

April 3, 2020  
अलपत्र परेका नागरिकहरुको उचित व्यवस्थापन गर्न अधिकारकर्मीहरूको अपील

कोभिड–१९ को सन्त्रासका कारण भारतबाट नेपाल आउने क्रममा सिमा नाकामा अलपत्र परेका  नागरिकहरूको उचित व्यवस्थापन गर्न अधिकारकर्मीहरूले  चैत १८ गते स्थानीय प्रशासन र स्थानीय तहलाई अपील गरेका छन् । भारतमा मजदुरी गर्दै आएका १ सय २० जना  नेपाली जमुनाह नाकामा अलपत्र अवस्थामा रहेको र उनीहरूको खानपिन, स्वास्थ्य र क्वारेन्टाइनको व्यवस्था…

March 31, 2020  
कैद सजाय भुक्तान गरी रहेका एक जनाको मृत्यु

बाँके कारागारमा ३ वर्ष कैद सजाय भोगिरहेका नेपालगञ्ज उपमनपा—८ का ६० वर्षीय अस्ताक अहमद सिद्दिकीको चैत १७ गते मृत्यु भएको छ । बाँके कारागारका प्रमुख देबेन्द्रकुमार श्रेष्ठका अनुसार सिद्दिकी सुगरका बिरामी थिए ।  एक्कासी बेहोस भएपछि उपचारकोलागि भेरी अस्पतालमा पुरयाए लगत्तै मृत्यु भएको श्रेष्ठले बताउनु भयो । मृतक सिद्दिकी ०७४…

March 31, 2020  
विद्यालयले नियम विपरित लिएको शुल्क इन्सेक र मानव अधिकार समूहको पहलमा विद्यार्थीलाई फिर्ता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूहको पहलमा राप्तीसोनारी गाउँपालिका–५ स्थित  ज्ञानजोती आधारभुत विद्यालयले नियम विपरित विद्यार्थीबाट लिएको परीक्षा शुल्क चैत २ गते फिर्ता गरेको  छ । इन्सेक र मानव अधिकार निगरानी समूहले अनुगमनको क्रममा उक्त विद्यालयले कक्षा एक बाट ७० रूपियाँ, कक्षा दुई बाट १ सय रूपियाँ,…

March 17, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नपा –२ का २८ वर्षीय चित्रबहादुर थापालाई चैत २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत २ गते  खाजा खाने प्रलोभन देखाएर  बैजनाथ गाउँपालिका –४ स्थित होमस्टेमा लगेर बलात्कार गरेको भन्दै पीडितले चैत २ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको…

March 16, 2020  
जन्मदर्ता नहुँदा बालबालिका अध्ययनबाट वञ्चित

जन्मदर्ता नहुदाँ एकै घरका चार जनाबालबालिका अध्ययनबाट बञ्चितहुनु परेको छ । डुडुवा गाउँपालिका–५ की ३५ वर्षीया दिपा सुनारका चार जना छोरा छोरीको जन्मदर्ता नहुँदा विद्यालयमा अध्ययनबाट वञ्चित रहेका छन । १५वर्षीया अङ्किता सुनार , सात वर्षीया सगुन सुनार, १४ वर्षीय पवन सुनार र १० वर्षीय किसन सुनारको जन्मदर्ता नहँुदा विद्यालय…

March 14, 2020