युवा सङ्घका केन्द्रीय सदस्यमाथि धारिलो हतियार प्रहार

युवा सङ्घका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज २९ वर्षीय सन्तोष बुढाथोकीलाई पुस १४ गते कोहलपुर नपा-१० विद्युत रोड नजिक स्नुकर हाउसमा खेल खेलिरहेको अवस्थामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको छ । धारिलो हतियारबाट घाँटीमा चोट लागेका पीडित बुढाथोकीको कोहलपुर शिक्षण अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भारतको…

December 30, 2016  
सामाजिक सदभाव कायम राख्न अधिकारकर्मी र धार्मिक अगुवाको आग्रह

जिल्लाको सामाजिक सदभाव ब्रि्रन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लास्थित अधिकारकर्मी, सञ्चारकर्मी र धर्मगुरुहरूले मङ्सिर २८ गते संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गर्दै सामाजिक सदभाव कायम राख्न आग्रह गरेका छन् । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको समन्वयमा भएको छलफल कार्यक्रम पश्चात अन्तर धार्मिक सामाजिक सदभाव मञ्चका क्षेत्रीय अध्यक्ष महन्त चन्द्रनाथ योगी, अन्तर धार्मिक…

December 14, 2016  
भजन मानव अधिकार पुरस्कारबाट दैलेखकी बिसुन्के पुरस्कृत

भजन मानव अधिकार पुरस्कारबाट दैलेखकी सामाजिक अभियन्ता पार्वती बिसुन्के पुरस्कृत भएकी छन् । ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २५ गते नेपालगञ्जमा आयोजित एक कार्यक्रममा जिल्ला अदालतका मुख्य न्यायाधीश विष्णुप्रसाद कोइरालाले सम्मान पत्रसहित पुरस्कार राशी प्रदान गरेका हुन् । स्वर्गीय भजनराम चौधरीकी धर्मपत्नी हीरा चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा…

December 10, 2016  
मानव अधिकारप्रति सरोकारवाला निकायद्वारा सामूहिक प्रतिबद्धता व्यक्त

मानव अधिकारको सम्मान र संरक्षणका लागि सरोकारवाला निकायद्वारा सामूहिक रूपमा प्रतिबद्धता व्यक्त गरेका छन् । मानव अधिकार रक्षक दिवस तथा ६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा मङ्सिर २४ गते  मानवअधिकार अवस्था र रक्षकका चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले मानव अधिकार रक्षकको…

December 9, 2016  
मानव अधिकार रक्षक दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल

मानव अधिकार रक्षक दिवसको अवसर पारेर मानव अधिकार एलाइन्स र मानव अधिकार सञ्जालको संयुक्त अयोजनामा मङ्सिर २४ गते नेपालगञ्जमा मानव अधिकारकर्मी र सरकारी निकायका प्रमुखहरूबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरिएको छ । मैत्रीपूर्ण खेलमा मानव अधिकारकर्मीहरूले चार र सरकारी निकायको टोलीले एक गोल गरेका थिए । मानव अधिकारकर्मीका तर्फबाट इन्सेक…

December 9, 2016  
दैलेखकी बिसुङ्केलाई भजन मानव अधिकार पुरस्कार

यस वर्ष भजन मानव अधिकार पुरस्कारबाट दैलेखकी सामाजिक अभियन्ता पार्वती बिसुङ्केलाई प्रदान गरिने भएको छ । मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा रही मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा क्रियाशील व्यक्तिको नाम सिफारिस गर्न गठित समितिले बिसुङ्केलाई भजन मानव अधिकार पुरस्कार दिने मङ्सिर २२ गते निर्णय गरेको भजन मानव अधिकार पुरस्कार…

December 9, 2016  
यातना क्षतिपूर्तिको माग गर्दै प्रहरीविरूद्ध अदालतमा मुद्दा दायर

प्रहरीले हिरासतमा शारीरिक तथा मानसिक यातना दिएको आरोप लगाउँलदै खजुराखुर्द गाविस-१ का ३३ वर्षीय बिजुलीप्रसाद महाउतले क्षतिपूर्तिको माग गर्दै बाँके जिल्ला अदालतमा कात्तिक ३० गते मुद्दा दायर गरेका छन् । इलाका प्रहरी कार्यालय खजुराखुर्दका सई शरण भण्डारी र प्रहरी जवान अनिलकुमार विकलाई विपक्षी बनाई यातनाको कारणले पुग्न गएको क्षति र…

November 16, 2016  
डेंगु र स्क्रब टाइफस नियन्त्रण गर्न उच्च अदालतद्वारा अन्तरिम आदेश

बाँके र बर्दियामा देखा परेको डेंगु र स्क्रब टाइफस रोगलाई नियन्त्रण गर्न जिल्ला जनस्वास्थ्य कार्यालयलाई उच्च अदातल नेपालगञ्जले कात्तिक २५ गते अन्तरिम आदेश दिएको छ । उच्च अदालत तुलसीपुर (नेपालगञ्ज इजलास)का न्यायाधीशद्वय डाक्टर कुलरत्न भुर्तेल र वीरबहादुर डाँगीको इजलासले उक्त आदेश दिएको हो । डेंगु र स्क्रब टाइफस फैलिन सक्ने…

November 11, 2016  
सिकलसेल एनिमिया जाँच्ने मेशिन प्रयोग नहुँदा बिरामी समस्यामा

पश्चिम नेपालको थारु जातिमा देखिएको सिकलसेल एनिमिया रोग जाँच्ने मेशिन प्रयोग नहुँदा बिरामी समस्यामा परेका छन् । नेपालगञ्जमा रहेको २९ लाख रुपियाँको मेशिन प्रयोग नभएपछि सिकलसेल एनिमिया जाँच्न आउने बिरामीहरू रोग छ छैन भन्ने एकीन गर्न महङ्गो रकम खर्च गरेर भारत जानुपर्ने बाध्यता रहेको बिरामीहरू बताउँछन् । नेपाल सरकारले सिकलसेललाई…

November 9, 2016  
भजन मानव अधिकार पुरस्कारका लागि नाम सिफारिस गर्न सार्वजनिक अनुरोध

भजन मानव अधिकार पुरस्कारका लागि मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा रही मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा योगदान पुर्‍याएको व्यक्तिको नाम सिफारिस गर्न भजन मानव अधिकार पुरस्कार छनौट समितिले सार्वजनिक अनुरोध गरेको छ । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा कात्तिक २३ गते आयोजित मानव अधिकार सञ्जाल नेपालगञ्जको बैठकमा भजन मानव अधिकार…

November 8, 2016