अज्ञात समूहद्वारा वडा सदस्यमाथि आक्रमण

राप्ती सोनारी गाँउपालिका-१ का वडा सदस्य ५२ वर्षीय टीकाराम बस्नेत साउन २३ गते राति अज्ञात समूहले गरेको आक्रमणबाट घाइते भएका छन् । पीडित आफ्नै घरमा बसेको अवस्थामा तीन जनाको सङ्ख्यामा आएका अपरिचत व्यक्तिले तपाइसँग एक छिन काम छ बाहिर आउनुस भन्दै बोलाएको र घरबाट केही टाढा पुगेपछि दुई जना व्यक्ति…

August 8, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती सोनारी गाँउपालिका-२ का २२ वर्षीय नन्कु चौधरीलाई साउन १९ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालयका सई सुरेन्द्र पन्तले बताए । पीडित बालिकालाई आरोपितले साउन १९ गते बलात्कार गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १९…

August 4, 2017  
चिकित्सकमाथि हातपात भएको विरोधमा स्वास्थ्य सेवा ठप्प पार्दै चिकित्सकहरू आन्दोलित

बाँकेका सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवा बाहेक अन्य स्वास्थ्य सेवा ठप्प भएको छ । बरिष्ठ चिकित्सकलाई हातपात र अस्पताल तोडफोड भएको घटनाको विरोध गर्दै चिकित्सकहरूले साउन ३ गतेदेखि सम्पूर्ण सेवा बन्द गरेको घोषणा गरेका हुन् । नेपाल चिकित्सक सङ्घ भेरीका सचिव आरके झाले चिकित्सकलाई हातपातको प्रयास तथा अमानवीय व्यवहार…

July 18, 2017  
संविधानको रक्षाका लागि रोम विधान अनुमोदनको आवश्यकताः सरोकारवाला

संविधानको रक्षाका लागि रोम विधान अनुमोदन गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, उच्च अदालत वार एसोशियसन, एफडब्लुएलडीको संयुक्त अयोजनामा साउन २ गते नेपालगञ्जमा आयोजित "पीडितहरूको न्यायमा पहुँच र कार्यान्वयनमा सरोकारवालाहरूको भूमिका" विषयक छलफल कार्यक्रममा नेपाल बार एशोसियसनका केन्द्रीय उपाध्यक्ष…

July 17, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

एक १९ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार गरेको घटनाका आरोपित जुम्ला जिल्ला तातोपानी गाविस-४ का २८ वर्षीय विनोद नेपालीलाई असार ३१ गते इलाका प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । आरोपितमाथि किशोरीलाई बन्धक बनाइ फिरौती मागेको तथा बलात्कार गरेको अभियोगसमेत रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ । पीडित पक्षले असार…

July 16, 2017  
धारिलो हतियारले पत्नीको हत्या, आरोपित प्रहरी कार्यालयमा उपस्थित

कोहलपुर नपा-४ बेलनपुरकी २६ वर्षीया फुलटन बेरुवालाई हत्या गरी उनका २९ वर्षीय पति अहमत अफताल बेरुवा असार २६ गते राति इलाका प्रहरी कार्यालय कोहलपुरमा पत्नीको टाउकोसहित उपस्थित भएका छन् । झारफुक गर्न जाउँ भनी ६/७ महिनाको दुधे बालक बोकेर गएकी फुलटनलाई पतिले सोही नपा-१५ मा धारिलो हतियारले हत्या गरेको प्रहरीले…

July 11, 2017  
भारतको दिल्लीबाट नौ जना बालकको उद्धार

भारतको दिल्लीबाट नौ जना बालकलाई उद्धार गरी असार २२ गते नेपालगञ्ज ल्याइएको माइती नेपालले जनाएको छ । केन्द्रीय बाल कल्याण समिति, जिल्ला बाल कल्याण समिति र माइती नेपालले दिल्लीस्थित सलाम बालक ट्रष्टको सहयोगमा ती बालकलाई उद्धार गरिएको माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले बताए । उद्धार गरिएका बालकहरूमा कञ्चनपुरका तीन…

July 6, 2017  
निर्वाचनमा असहयोग गरेको आरोपमा अमानवीय व्यवहार

स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवारलाई असहयोग गरेको आरोपमा नेपाली काङ्ग्रेसका युवा नेता ३८ वर्षीय युवराज पौडेललाई काङ्ग्रेसका कार्यकर्ताले अमानवीय व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । काङ्ग्रेस कार्यकर्ता विजय पुडासैनीको नेतृत्वमा चार जनाको सङ्ख्यामा आएका व्यक्तिले असार २१ गते पीडितलाई मोसो दलेर अमानवीय व्यवहार गरेको पीडितले…

July 6, 2017  
स्वास्थ्य चौकी भवन व्यवस्थापनका लागि ध्यानाकर्षण

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह र गाविसस्तरीय मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूले राप्तीसोनारी गाउँपालिका-१ कुसुम स्थित स्वास्थ्य चौकीको भवन व्यवस्थापनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा ध्यानाकर्षण गराएका छन् । कार्यालय भवन नभई विद्यालयको भवनमा स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको हुँदा उक्त भवन अति नै जीर्ण र पानी चुहिने समस्या भएको हुँदा…

July 4, 2017  
मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि राज्य बलियो हुनुपर्नेमा जोड

मानव अधिकारको संरक्षण गर्न राज्य/सरकार बलियो हुनुपर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जोड दिएका छन् । इन्सेक नेपालगञ्जको आयोजनामा असार १६ गते मध्यपश्चिमाञ्चल क्षेत्रमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा प्रजिअ पन्थले राज्य बलियो हुनुपर्ने बताउँदै मानव अधिकारको सम्मान हुनुपर्नेमा जोड दिएका हुन् । उनले निर्वाचनको समयमा केही सानातिना…

July 1, 2017