स्थानीय तह र नागरिक सङ्घ सङ्गठनहरू बीच सहकार्य आवश्यक

स्थानीय तह र नागरिक सङ्घ सङ्गठनहरू बिच सहकार्य आवश्यक रहेको औँल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा भदौ ३० र ३१ गते नेपालगन्जमा आयोजित दुई दिने इन्सेक अभिमूखीकरण कार्यक्रमको उद्घाटनमा उक्त कुरा औँल्याइएको हो । नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापाले स्थानीय तहमा रहेका सावलहरू उठान गर्न सुझाव दिइन्…

September 17, 2019  
नेकपाका कार्यकताद्वारा नेपाली कांग्रेस जिल्ला सभापतिमाथि कुटपिट

खजुरा गाउँपालिका–२ सितापुरमा नेकपाका कार्यकर्ताले भदौ २६ गते नेपाली कांग्रेसका जिल्ला सभापति नेपालगन्ज उमनपा–१० की ७० वर्षीया किरण कोइराला लगायतका नेताहरूमाथि कुटपिट गरेको नेपाली कांग्रेसले विज्ञप्तमार्फत जनाएको छ । खजुरा गाउँपालिका–१ का ३२ वर्षीय रोशनसि‌ह ठकुरी, ३० वर्षीय लोकबहादुर शाही, ३६ वर्षीय निर्मल सिंह, ३२ वर्षीय सुनिल शाही, ३३ वर्षीय…

September 14, 2019  
बौद्धिक अपाङ्गताका कारण १७ वर्षदेखि एउटै कोठामा !

नेपालगन्ज उप महानगरपालिका-२० नयाँबस्तीमा दाजुभाइलाई कोठामा थुनिएर राखिएको छ । ६६ वर्षीय कमल राईका २१ वर्षीय छोरा रवि राई १७ वर्षदेखि कोठामा थुनिएका छन् । कमलका १४ वर्षीय छोरा सरोज राई पनि सोही कारण कोठामा नै थुनिएका छन् । 'बौद्धिक अपाङ्गता भएकाले कतै गाउँमा गएर सताउने, जे पायो त्यहि खाइदिने…

September 10, 2019  
प्रहरीको गोली प्रहारबाट एक जना घाइते

बैजनाथ गाउँपालिका-४ बानियाभारका ३३ वर्षीय नरेन्द्र न्यौपानेलाई भदौ १६ गते प्रहरीले गोली प्रहार गरेको छ । बाँया गोडाको पिडुँलामा गोली लागेका न्यौपानेको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको डिएसपी हेमबहादुर शाहीले बताए । अदालतले कैद तोकी फरार रहेका न्यौपानेलाई भदौ १६ गते इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीको नेतृत्वमा गएको…

September 3, 2019  
बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न माग

द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । व्यक्ति बेपत्ता पार्ने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), न्यायका लागि द्वन्द्व पीडित समाज, रेडक्रसलगायतका सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा भदौ १२ गते आयोजित पीडितको अवस्था, न्याय प्राप्तीको चुनौती…

August 30, 2019  
बलात्कार घटनाका आरोपितसहित पाँच जना गिरफ्तार

६ वर्षीया बालिका बलात्कार घटनामा फरार रहेका कोहलपुर नगरपालिका-११ शान्तिनगरका ३८ वर्षीय गोविन्द दमाई सहित पाँच जनालाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ । आरोपित गोविन्द र घटना होस्टाइल गर्न पीडित पक्षलाई दबाब दिएको आरोपमा थप चार जनालाई सोधपुछका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्स्पेक्टर सन्तोष रोकायले…

August 22, 2019  
प्रलोभन देखाएर भारततर्फ लैँजादै गरेका ४६ जना युवा युवतीहरूको उद्दार

प्रलोभन देखाएर भारततर्फलैजाँदै गरेको अवस्थामा दाङ, कैलाली र सल्यान जिल्लाका ४६ जना युवायुवतीहरूलाई साउन २० गते इलाका प्रहरी कार्यालय जमुनाहले उद्दार गरेको छ । भारतको चेन्नईमा रहेको ओरियन्स कम्पनीमा नेटवर्किङ बिजनेशमा काममा लगाई दिने भन्दै भारततर्फलैजाँदै गरेको अवस्थामा प्रहरीले कैलाली जिल्लाका ३०, दाङ जिल्लाका ११ र सल्यान जिल्लाका पाँच जना…

August 7, 2019  
अज्ञात पक्षबाट एनसेलको टावरमा आगजनी

नेपालगञ्ज उप–महानगरपालिका–२० मनिकापुर नयाँबस्ती र डुडुवा गाउँपालिका–४ कम्दीमा रहेको एनसेलको टावरमा साउन १५ गते राति अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी विरबहादुर वलीका अनुसार आगजनीबाट ठूलो क्षति भएको छैन । एसपी वलीले घटना नेत्रविक्रम चन्द विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले गरेको हुन सक्ने…

August 3, 2019  
स्थानीय तहमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

जिल्लाका आठ ओटा स्थानीय तह मध्ये नेपालगञ्ज उमनपाबाहेक सात ओटा स्थानीय तहमा इजलास कक्ष छैन । छुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या हुने गरेको न्यायिक समितिका संयोजकहरूले जनाएका छन् । न्यायिक समितिका संयोजकहरूका अनुसार न्यायिक समितिमका सम्पुर्ण कार्यहरु आफ्नै कार्यकक्षबाट गर्दा न्याय सम्पादन गर्न असहज भएको र पीडित र…

August 2, 2019  
रेबिज विरूद्धको भ्याक्सिन अभाव हुँदा बिरामी मर्कामा

नेपालगञ्जको भेरी अस्पतालमा रेबिज विरूद्धको भ्याक्सिन अभाव भएपछि बिरामीहरू मर्कामा परेका छन् । अनिवार्य र निःशुल्क भनिएको भ्याक्सिन अभावका कारण बिरामीहरू महङ्गो मुल्य खर्चेर मेडिकलबाट भ्याक्सिन किन्न बाध्य भएका छन् । साउन देखि नै अस्पतालमा रेबिजविरूद्धको भ्याक्सिन सकिएकाले बिरामीहरूले सास्ती खेप्नु परेको छ । भेरी अस्पतालमा कुकुरले टोकेका बिरामी दैनिक…

August 1, 2019