प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बाँसगढी नगरपालिका- ३ लखनाका ४५ वर्षीय अभिशेक भनिने पुरन वलीलाई प्रहरीले भदौ २४ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । बाँसगढी बजार लगायतका स्थानमा पटकपटक विष्फोटक पदार्थ राखेर आतङ्क फैलाएको आरोपमा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय मोतिपुरका इन्स्पेक्टर इन्द्रजीत सुनारले बताए…

September 12, 2019  
छोरी हत्याका आरोपित गिरफ्तार

बाँसगढी नगरपालिका-४ की ६ वर्षीया सिम्रन हमालको हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीया आमा अनु हमाललाई भदौ २४ गते गिरफ्तार गरेको छ । आरोपितले भदौ १८ गते घरमा छोरीको हत्या गरेको भन्दै पीडित पक्षले भदौ २४ गते इलाका प्रहरी कार्यालय मोतिपुरमा उजुरी दिएको थियो । उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…

September 12, 2019  
पत्रकारलाई धम्की दिएको घटनाका आरोपित गिरफ्तार

नेपाल पत्रकार महासङ्घ बर्दिया शाखाका सचिव ठाकुरबाबा नपा–३ का ३७ वर्षीय भावुक योगीलाई गालीगलौज गर्दै मार्ने धम्की दिएको आरोपमा प्रहरीले गुलरिया नपा–३ पण्डितपुरका २६ वर्षीय कमल सारुमगरलाई भदौ २० गते गिरफ्तार गरेको छ । पीडित पत्रकारलाई आरोपितले भदौ १५ गते राति मोबाइल फोनबाट गालीगलौज गर्दै मार्ने धम्की दिएको भन्दै सुरक्षा…

September 7, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मधुवन नपा–४ महुवाका २३ वर्षीय हरि चौधरीविरूद्ध पीडित पक्षले भदौ १३ गते इलाका प्रहरी कार्यालय ढोढरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले भदौ १२ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । घटनाका आरोपित फरार् रहेका छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला…

August 31, 2019  
प्रतिबन्धित नेकपाका दुई जना नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव ठाकुरबाबा नपा–३ का ३८ वर्षीय दिलबहादुर कठायत र देश भक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य बढैयाताल गाउँपालिका–४ का ४० वर्षीय विश्वम्भर थारूलाई प्रहरीले भदौ २ गते गिरफ्तार गरेको छ । आरोपितद्वयलाई गुलरिया नपा–५ मतङ्गा चोकबाट चन्दा सङ्कलन गर्दै गरेको अवस्थामा रसिद…

August 19, 2019  
प्रतिबन्धित नेकपाका बर्दिया सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका बर्दिया सेक्रेटरी गेरूवा गाउँपालिका–६ मनाउँका ४० वर्षीय गणेश अर्याल (युद्ध) लाई प्रहरीले साउन २६ गते बर्दियाको गुलरियाबाट गिरफ्तार गरेको छ । अर्याललाई प्रहरीले साउन २६ गते बिहान करिब १० बजे गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी राजेशनाथ बास्तोलाले बताए । जिल्लामा…

August 12, 2019  
प्रहरीको यातनाका कारण मृत्यु भएको पीडित पक्षको आरोप

बारबर्दिया नगरपालिका–९ कर्तनियाका ३८ वर्षीय भुपेन्द्र सोनाकार घिमिरेको प्रहरी हिरासतमा यातनाका कारण मृत्यु भएको पीडित परिवारले आरोप लगाएको छ ।   घरेलु हिंसाको अरोपमा साउन १६ गते इलाका प्रहरी कार्यालय बाँसगढीले गिरफ्तार गरी यातना दिएका कारण भुपेन्द्रको साउन २२ गते मृत्यु भएको पीडित पक्षले आरोप लगाएको छ ।   घरेलु…

August 9, 2019  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता सुर्खेत जिल्ला वीरेन्द्रनगर नपा–४ का ३४ वर्षीय पुष्पराज न्यौपानेलाई प्रहरीले साउन ९ गते ठाकुराबाबा नपाको भुरीगाउँबाट गिरफ्तार गरेको छ ।   कैलाली जिल्ला अदालतले रिहा गरेपछि प्रहरीले न्यौपानेलाई पुनः गिरफ्तार गरी गरी बर्दिया प्रहरीलाई जिम्मा लगाएको हो ।   जिल्ला प्रहरी कार्यलय बर्दियामा…

July 26, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बढैयाताल गाउँपालिका-८ पशुपति बजारका २४ वर्षीय अशोक सुनार र सोही गाउँपालिका-८ स्याउली बजारका २२ वर्षीय श्रीधर थापा मगरलाई साउन ६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपिद्वयले साउन ४ र ५ गते विभिन्न प्रलोभन देखाएर सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले साउन…

July 23, 2019  
अपरिचित व्यक्तिहरूको समूहद्वारा वडा कार्यालयमा आगजनी

गेरूवा गाउँपालिका–६ को वडा कार्यालयमा असार २३ गते राति अपरिचित व्यक्तिहरूको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूको तीन जनाको समूहले राति ११ र १२ बजेको बिचमा आगो लगाएर मोटरसाइकलमा दक्षिणतर्फ गएका थिए । आगजनीबाट कार्यालयका कागजात, कम्प्युटरलगायत सामानहरू जलेर नष्ट भएको वडा अध्यक्ष…

July 9, 2019