मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा

इन्सेक बर्दियाको आयोजनामा असार १६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी मदनजित महराले पीडितहरूको मुद्दामा उजुरी दर्तापछि थप प्रमाण खोजीको लागि प्रहरीलाई नागरिक तहबाट सूचना दिएर सहयोग गर्न आग्रह गरे नेपाल पत्रकार…

July 3, 2019  
कुटपिट गरी पत्नीको हत्या, आरोपित गिरफ्तार

मधुवन नपा–९ की ४५ वर्षीया दिलमाया देशुवा मगरलाई असार १२ गते ५० वर्षीय पति केशरबहादुर देशुवा मगरले कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । मधुवन नपा–८ स्थित प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले आरोपितलाई असार १२ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा कुटपिट गरी बेहोस भएकी महिलालाई…

June 29, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजापुर नपा–५ बदालपुरका ६८ वर्षीय लखनलाल चौधरीलाई असार ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय राजापुरमा खबर गरेपछि आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षले असार ४ गते इलाका…

June 20, 2019  
अज्ञात पक्षबाट धारिलो हतियार प्रहार गरी हत्या

राजापुर नपा–३ नङ्गापुरमा ५५ वर्षीय जयराम थारूको असार ४ गते राति अज्ञात पक्षबाट धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । आफ्नै घरको आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको हो ।  प्रहरीका अनुसार घरमा जयराम र उनका बुहारी मात्र रहेका थिए । बुहारी घर…

June 20, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई जेठ ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकाद्वयलाई आरोपितले जेठ ११ गते बलात्कार गरेको भन्दै जानकारी गराएपछि प्रहरीले आरोपितलाई घरबाटै गिरफ्तार गरेको हो । पीडित पक्षले आरोपितविरूद्ध जेठ १२ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय बर्दियामा…

May 27, 2019  
विप्लव नेतृत्वको नेकपाका कार्याकर्ताद्वारा प्रशासन समक्ष पार्टी परित्यागको प्रमाण पेश

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गुलरिया नपा–२ का ३० वर्षीय दिपकबहादुर बस्नेत र सोही ठाउँकी २८ वर्षीया उर्मिला परियारले जेठ ७ गते जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसमक्ष दिपक र उर्मिलाले विगतमा विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीको समर्थक रहेपनि आगामी…

May 23, 2019  
बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ ६ गते गुलरिया नपा–७ का २२ वर्षीय सरोज यादवलाई ६ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश किरणकुमार पोख्रेलको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार यमप्रसाद सापकोटाले बताए । पीडित बालिकालाई यादवले ०७४ जेठ ३ गते बलात्कार गरेको…

May 21, 2019  
सम्बन्धित पक्ष नैतिक रूपमा जिम्मेवार बन्नुपर्नेमा जोड

मधुवन नगरपालिकाका प्रमुख मेयर गणेशबहादुर क्षेत्रले शिक्षा, स्वास्थ्य, कृषि र पशु क्षेत्रको विकास नागरिकले चाहे जस्तो गरी विकास गर्न भएको साधन स्रोतको अधिक्तम उपयोग गर्दै सम्बन्धित पक्षलाई नैतिक रूपमा जिम्मेवार बनाउँदै अगाडि बढ्ने बताए । उनले इन्सेक नेपालगंजको आयोजनामा मधुवन नगरपालिकाको सहकार्य र रेडियो रमाज्ञानुको समन्वयमा जेठ ४ गते भएको…

May 19, 2019  
विप्लव नेतृत्वको नेकपाका बाँके जिल्ला किमिटी सदस्य गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बाँके जिल्ला कमिटी सदस्य बाँके बैज्यनाथ गाउँपालिका–७ का ३० वर्षीय प्रेम थापालाई प्रहरीले वैशाख १७ गते गिरफ्तार गरेको छ । थापालाई ठाकुरबाबा नपा–४ बगनाहाबाट गिरफ्तार गरेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी मदनजित महराले बताए ।

May 1, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्हरीले बाँसगढी नपा–७ सघापुरका २० वर्षीय उनिस यादवलाई वैशाख १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख १४ गते बलात्कार गरेको भनी सोही दिन मौखिक उजुरी प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीको टोलीले यादवलाई घरैबाट गिरफ्तार गरेको हो ।…

April 29, 2019