घरमै बन्धक बनाइएका दुई जना महिलाको उद्धार, आरोपित गिरफ्तार

गुलरिया नपा–६ शान्ति टोलस्थित घरमै बन्धक बनाएर राखिएका दुई जना महिलाको मङ्सिर २५ गते प्रहरीले उद्दार गरेको छ । २४ वर्षीय बब्लु राँडले २० वर्षीया पत्नी रेनु राँड र १५ वर्षीया बहिनीलाई घरमै बन्धक बनाएर राखेको अवस्थामा उद्वार गरिएको प्रहरीले जनायो । बब्लुले आफ्नै बहिनी र पत्नीलाई बन्धक बनाएको भन्ने…

December 14, 2019  
प्राथमिक स्वास्थ्य केन्द्रमा तत्काल विशेषज्ञ चिकित्सक व्यवस्था गर्ने प्रतिबद्धता

बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपा गौतमले प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ स्वास्थ्यकर्मी तत्काल व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । इन्सेक नेपालगञ्जद्वारा मङ्सिर २० गते आयोजित स्वास्थ्यको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले उक्त प्रतिबद्धता जनाउनु भएको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी भएपनि डाक्टर नहुँदा बिरामीले सामान्य उपचारको लागि पनि…

December 7, 2019  
बेचबिखन घटनाका आरोपित गिरफ्तार

मानब बेचबिखन तथा ओसारपसार मुद्दाका फरार आरोपित बाँसगढी नपा–४ का ५२ वर्षीय बिष्णुबहादुर बस्नेतलाई प्रहरीले मङ्सिर १५ गते गिरफ्तार गरेको छ । ४३ वर्षीया महिलालाई आरोपितले कुवेतमा लगेर बेचबिखन गरेको भन्दै पीडित महिलाले भदौ १३ गते रोल्पा जिल्ला लिवाङ नपा–६ कोटगाउँका जोखबहादुर भनिने ३६ वर्षीय जोखे खड्का र बिष्णुबहादुर बस्नेत…

December 3, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

गुलरिया नगरपालिकाकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज २५ गते साथीको घरमा सुतिरहेको अवस्थामा २५ वर्षीय दाजुलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । बलात्कार गरेको कसैलाई भने काट्छु, मार्छु भनी धम्की दिँदै पीडितलाई घटनास्थलमा छाडेर फरार भएका थिए । घटनाको बारेमा कसैलाई भने मार्ने धम्की दिएका कारण…

December 2, 2019  
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट निकट पार्टी अखिल क्रान्तिकारीका बर्दियाका जिल्ला अध्यक्ष अछाम जिल्ला कुर्माखान गाउँपालिका–१२ का २९ वर्षीय राम बिक र भेरी ब्युरो सदस्य कैलाली जिल्ला जानकी गाउँपालिका–९ का २७ वर्षीय बमबहादुर ताम्राकारलाई प्रहरीले मङ्सिर १२ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । गिरफ्तारीमा परेका नेकपा कार्यकर्ताद्वयलाई…

November 29, 2019  
जग्गाधनी लालपुर्जा नपाउँदा राज्यको सुविधााबाट वञ्चित

बढैयाताल गाउँपालिका–४ मानकिनारमा सरकारले बसोबास गराएको जग्गाको लालपुर्जा नपाउँदा स्थानीयहरू राज्यबाट पाउने सुविधाबाट वञ्चित भएका छन् । मानकिनार गाउँका स्थानीयले जग्गाको जग्गाधनी पुर्जा नहुँदा बसिरहेको जग्गामा व्यवस्थित र सुरक्षित घर बनाउन नसकेको, कुनै काम व्यवसाय गर्न आवश्यक रकम जोहो गर्न ऋण दिन नसकेको, बिजुलीको मिटर जोड्न समस्या भएको र पाए…

November 26, 2019  
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई मङ्सिर ७ गते प्रहरीले गिरफ्तार गरेको छ । सो पार्टीको बर्दिया जिल्ला कमिटी सदस्य कालीकोट जिल्ला खाडाचक्र नगरपालिका–२ स्थायी घर भई हाल बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ वर्षीय रमेश बिक र पार्टी सदस्य सोही ठाउँका वर्ष २७ को सञ्जु…

November 24, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुलरिया नपा–७ का २४ वर्षीय घनश्याम चौहानलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १४ गते बाँके जिल्ला नेपालगञ्ज उमनपास्थित नेपालगञ्ज नर्सिङ होम नजिक रहेको होटलमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालय बर्दियामा…

November 16, 2019  
प्राथमिक स्वास्थ्य केन्द्र तीन महिनादेखि डाक्टरविहीन, सेवा प्रभावित

बढैयाताल गाउँपालिका–३ सोरहवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिनादेखि डाक्टरविहीन रहेको छ । डाक्टर नभएका कारण स्वास्थ्य केन्द्रको सेवा प्रभावित बनेको छ । कार्यरत डाक्टर एलिसा रसाइली अध्ययन विदामा बसेपछि प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन भएको हो । गत साउन महिनामा अध्ययनको लागि प्रवेश परीक्षा तयारीका लागि तीन महिना घर विदामा बसेकी…

November 13, 2019  
बाढी पीडितले घर बनाउन रकम पाएनन्

गुलरिया नपा–४ का बाढी पीडितले पाँच वर्ष पुगिसक्दा पनि सरकारले दिने भनेको रकम पाउन सकेका छैनन् । सरकारले बाढीबाट घर क्षति भएर पूर्ण क्षतिमा परेकालाई भूकम्प पीडित सरह प्रति परिवार ३ लाख रुपियाँ  दिने निर्णय गरेको थियो । उनीहरूले पहिलो किस्तामा ५० हजार रुपियाँबाहेक थप रकम पाउन नसक्दा समस्यामा परेको…

November 10, 2019