स्थानीय निर्वाचन पार्टीका नेताको लागि नभई नागरिकको लागि आवश्यक

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा जेठ १७ गते गुलरियामा भएको अन्तरक्रियामा सहभागी तथा सरोकारवालाहरूले २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचन पार्टीका नेताको लागि नभई नागरिकका लागि आवश्यक रहेकोले यसलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै लाग्नु पर्नेमा जोड दिइएको छ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय…

May 31, 2017  
प्रहरीद्वारा नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला इञ्चार्ज देवकला अधिकारीसहित १३ जना कार्यकर्तालाई प्रहरीले सदरमुकाम गुलरियाबाट जेठ १६ गते गिरफ्तार गरेको छ । यस अघि वैशाख २१ गते सदरमुकाम गुलरियास्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा बैठक बसिरहेको अवस्थामा बर्दिया जिल्ला इञ्चार्ज देवकला अधिकारीसहित जिल्ला समिति सदस्य दिलहादुर कसेरा, चन्द्रवीर…

May 30, 2017  
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

राजापुर नपा-१० स्थित वडा कार्यालयमा वैशाख ३० गते राति अज्ञात समूहद्वारा आगजनी गरेको राजापुर नगरपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाको १० नम्बर वडा कार्यालय खैरीचन्दनपुरमा मोटरसाइकलमा आएका अज्ञात समूहले रातिको समयमा आगजनी गरेको राजापुर नगरपालिकाले जनाएको हो । आगजनीबाट कार्यालयको प्रशासन फाँटमा रहेका कागजपत्र जलेको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी…

May 15, 2017  
प्रहरीद्वारा नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला इञ्चार्ज देवकला अधिकारीसहित १३ जना कार्यकर्तालाई प्रहरीले सदरमुकाम गुलरियाबाट वैशाख २१ गते गिरफ्तार गरेको छ । सदरमुकाम गुलरिया स्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा बैठक बसिरहेको अवस्थामा बर्दिया जिल्ला इञ्चार्ज देवकला अधिकारीसहित जिल्ला समिति सदस्य दिलबहादुर कसेरा, चन्द्रवीर परियार, जयबहादुर ठाडा, जीवन…

May 5, 2017  
उपभोक्ता सचते र राज्य जिम्मेवार हुन पर्नेमा जोड

गुलरियामा चैत २४ गते आयोजित एक कार्यक्रमका सहभागीहरूले सम्बन्धित सरकारी तथा गैरसरकारी निकायबाट प्रवाह हुने सेवा र गुणस्तरताका साथै जवाफदेहिताको लागि उपभोक्ता सचेत र राज्य जिम्मेवार हुनु पर्नेमा जोड दिएका छन् । इन्सेकद्वारा सञ्चालित 'स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम' अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रको समस्या…

April 6, 2017  
सेवाग्राहीको गुनासो सुन्दै सेवालाई प्रभावकारी बनाउँदै जाने प्रतिवद्धता

गुलरियामा आयोजित एक कार्यक्रममा सरकारी सेवा प्रदायक निकायले आफ्ना कार्यालयमा सेवाग्राहीको गुनासो सुन्दै सेवालाई थप प्रभावकारी बनाउँदै जाने प्रतिवद्धता गरेका छन् । इन्सेकले सञ्चालन गरेको 'स्थानीय समुदायलाई सचेत पार्दै, जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम' अर्न्तगत चैत १७ गते भएको 'सेवा प्रदायक र सेवाग्राहीबिचको जिल्ला स्तरीय अन्तरक्रियामा जिल्ला शिक्षा कार्यालय, जिल्ला…

March 30, 2017  
अज्ञात समूहद्वारा मालबाहक गाडीमा आगजनी

सानोश्रीतारातल नपा-८ को १२ नम्बरमा २०७३ फागुन २८ गते अज्ञात समूहले लु. १ च.  ९१५९ नम्बर मालबाहक महेन्द्रा गाडी माथि आगजनी गरेका छ्न । आगजनिबाट गाडीको पछाडिको केही भाग जल्नुको साथै गाडी भित्र रहेका चाउचाउका बाकस पनि जलेका छन् । दुई जनाको समूहमा आएका नकावधारीले गाडीमा आगो लगाई भागेको र…

March 12, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

७० वर्षीया वृद्ध महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तर प्रदेश अजमगढ जिल्ला अम्बेटकानगर थाना टाण्डा अजिमिटिवासपुरका २५ वर्षीय बहादुरलाल यादव भनिने बहादुरलाल पासवानलाई फागुन २५ गते नेपालगञ्जबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन २४ गते साँझ बलात्कार गरी फरार भएका थिए । पीडितपक्षले सोही दिन जिल्ला प्रहरी…

March 9, 2017  
समुदायलाई आफ्नो कर्तव्यप्रति पनि जिम्मेवार बनाउन सरोकारवालाको सुझाव

इन्सेकद्वारा सञ्चालित 'स्थानीय समुदायलाई सचेत पार्दै, जिम्मेवार निकायलाई जवाफदेही  बनाउने' कार्यक्रमको जिल्ला सल्लाहकार समितिको बैठकले समुदायलाई अधिकार माग्ने मात्रै नभई कर्तव्यप्रति जिम्मेवार बनाउनतर्फकेन्द्रित हुन सरोकारवालाले सुझाव दिएका छन् । जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा स्थानीय विकास अधिकारी तेजराज पौडेलले स्थानीय तहमा समस्या धेरै नै भएको तर अधिकांश समस्या जिम्मेवार निकाय…

February 21, 2017  
भारतहुँदै कुवेत लैजान लागेका तीन महिलाको प्रहरीद्धारा उद्धार

भारत हुँदै कुवेत लैजान लागेको अवस्थामा माघ १४ गते तीन जना महिलाको प्रहरीले उद्धार गरेको छ । तीन जना महिलालाई भारतको दिल्ली हुँदै कुवेत लैजाने भन्दै यम गुरुङले मोटो रकम दिने आश्वासनका साथ म्याग्दी घर बताउने धनबिर पुनको जिम्मामा बर्दियाका स्थानिय एजेण्टका रूपमा सिमा पार गराउने खैरिचनदनपुर-४ का रतन बिक…

January 29, 2017