राजिनामा दिन दबावस्वरूप जनप्रतिनिधिलाई नेकपाको पत्र

नेपाल कम्युनिष्ट पार्टीले गठन गरेको जिल्ला जनपरिषद बर्दियाले जिल्लाका सबै जनप्रतिनिधिलाई चैत १२ गते राजिनामा गर्न दबावस्वरूप पत्र पठाएको छ । जिल्ला जनपरिषद बर्दियाको चलानी नम्बर २५ लेखिएको पत्रमार्फत जिल्लाका आठ ओटै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूको राजिनामा माग गरिएको हो । जिल्ला जनपरिषद् प्रमुख टिकाराम चौधरीले हस्ताक्षर गरेको…

March 27, 2018  
सत्यतथ्य पत्ता लगाउन स्थानीय तहको सहयोग आवश्यक

पीडितहरूको घटनाको बारेमा सत्यतथ्य पत्ता लगाउन स्थानीय स्तरमा अनुसन्धान गर्न आइरहेको भन्दै यसका लागि पीडितहरूको कुरा राख्न सन्ने वातावरणलगायत कुरामा स्थानीय तह गाउँपालिका र नगरपालिकाहरूको सहयोग आवश्यक रहेको एक कार्यक्रममा सरोकारवालाहरूले औँल्याएका छन् । अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवस मार्च २४ को अवसरमा भएको कार्यक्रममा सहभागिहरूले गाउँपालिका र नगरपालिका स्थानीय सरकार…

March 25, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नपा-१ का ४८ वर्षीय नरबहादुर घिमिरेलाई चैत ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ८ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित पक्षले इलाका प्रहरी कार्यालय बनियाभारमा चैत ९ गते उजुरी दिएको छ । घटनाको बारेमा…

March 24, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले चैत ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बालकले चैत ८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय मैनोपोखरमा चैत ९ गते उजुरी दिएका थिए । घटनाको सूचना पाउने बितिक्कै इलाका प्रहरी कार्यालय मैनापोखरबाट…

March 24, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

३६ वर्षीया महिलालाई ठाकुरबाबा नपा-१ सिहंबहानीका ५२ वर्षीय कालिबहादुर बोहोराले बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बर्दियामा चैत ४ गते पीडितले उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले चैत ३ गते बलात्कार गरेको आरोपमा न्यायका लागि उजुरी गरिएको पीडित पक्षले जनायो । पीडित महिलाले दिएको उजुरी दर्ता गरी आरोपितको खोजी…

March 19, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बढैयाताल गाउँपालिका-६ का २१ वर्षीय सुरेश थारुविरुद्ध इलाका प्रहरी कार्यालय मैनापोखरमा पीडित पक्षले दिएको उजुरी फागुन २० गते दर्ता भएको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितले फागुन १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले फागुन १८ गते प्रहरीलाई जानकारी गराएको थियो…

March 5, 2018  
नगरपालिकाको कार्यालयमा अज्ञात समूहद्वारा बम विष्फोट

मधुवन नपा-६ स्थित मधुवन नगरपालिकाको कार्यालय रहेको भवनमा फागुन १३ गते साँझ पौने ६ बजे अज्ञात समूहले बम विस्फोट गराएको छ । बम विष्फोटबाट नगरपालिका भवनको झ्यालका सिसाहरू फुटेका छन् । 'अनटेष्ट' मोटरसाइकलमा दुई जनाको सङ्ख्यामा आएका व्यक्तिले नगरपालिकाको कार्यालयमा झोला राखेको स्थानीयवासीले बताए । प्रत्यक्षदर्शीका अनुसार झोला राखेर मोटरसाइकल…

February 26, 2018  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित बारबर्दिया नपा-६ निवासी २८ वर्षीय शिक्षक रामबहादुर थारु विरुद्ध पीडित पक्षले फागुन १३ गते इलाका प्रहरी कार्यालय बनियाभारमा उजुरी दर्ता गरेका छन् । बारबर्दिया नपास्थित अंशुवर्मा माविका शिक्षक रहेका आरोपितले फागुन ९ गते बालिकालाई विद्यालयबाट ललाईफकाई आफैसँग लगि पटकपटक बलात्कार गरेको पीडित पक्षले…

February 26, 2018  
बहिनी हत्या घटनाका आरोपित गिरफ्तार

बारबर्दिया नपा-३ बेलवाबज्जाकी १५ वर्षीया सावित्री थारुलाई हत्या गरेको आरोपमा उनका १७ वर्षीय दाजुलाई प्रहरीले फागुन ११ गते गिरफ्तार गरेको छ । घरमा सुतिरहेकी सावित्रीलाई आरोपितले फागुन ११ गते फरुवा प्रहार गरी हत्या गरेको मृत्यु भएको प्रहरीले जनाएको छ । फरुवा प्रहारबाट गम्भीर घाइते सावित्रीलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा लगिएको…

February 23, 2018  
द्वन्द्वकालमा 'बलात्कृत' महिलाको उजुरी प्रहरीले दर्ता गरेन

३६ वर्षीया महिलाले आफूलाई सशस्त्र द्वन्द्वको समयमा सुरक्षाकर्मीले आफ्नै घरमा नियन्त्रणमा लिई बलात्कार गरेको भन्दै न्याय माग्दै जिल्ला प्रहरी कार्यालय बर्दियामा माघ १९ गते दिएको निवेदनलाई प्रहरीले दर्ता नगरी फिर्ता पठाएको छ । प्रहरीले घटनाको उजुरी दिने हदम्याद मुलुकी ऐनको जबरजस्ती करणी महलको दफा ११ मा उल्लेखित कानुनी ब्यवस्था अनुसार…

February 2, 2018