विद्यालयमा शारीरिक दण्ड सजाय, प्रशासनले बनायो अनुसन्धान समिति

मधुवन नपा-९ स्थित धर्मज्योती माविको कक्षा सातमा अध्यनरत आठ जना विद्यार्थीलाई प्रश्नको उत्तर नजानेको आरोपमा सोही विद्यालयका शिक्षक २१ वर्षीय सुदर्शन सिग्देलले शारीरिक दण्ड सजाय दिएको घटना सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले जेठ १३ गते अनुसन्धान समिति बनाएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले सो घटनामा आफ्नो ध्यानाकर्षण भएको बताए…

May 29, 2018  
छोरीको हत्या गरेको आरोपमा प्रहरीद्वारा आमा गिरफ्तार

ठाकुरबाबा नपा-५ की ३० वर्षीया ललिता रानालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ६५ वर्षीया आमा लोकमाया रानालाई जेठ ११ गते गिरफ्तार गरेको छ । ललितालाई आरोपितले जेठ ११ गते कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा अपाङ्ग अशक्त छोरीलाई आमाले लाठीले कुटपिट गर्दा मृत्यु भएको इलाका…

May 26, 2018  
बालकृष्ण ढुङ्गेललाई माफीको सिफारिसप्रति द्वन्द्वपीडित साझा चौतारीको गम्भीर ध्यानाकर्षण

तत्कालीन विद्रोही नेकपा (माओवादी)का नेता बालकृष्ण ढुङ्गेललाई माफीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेपाल सरकारलाई सिफारिस गरेको निर्णय प्रति द्वन्द्वपीडित तथा पारिवारिक सङ्गठन द्वन्द्वपीडित साझा चौतारीले जेठ ११ गते विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरीले हस्ताक्षर गरी ध्यानाकर्षण भएको जनाएका हुन्…

May 26, 2018  
प्रहरी कार्यालयको क्यान्टिनमा महिलाको शव फेला

जिल्ला प्रहरी कार्यालय बर्दियाको क्यान्टिनमा जेठ ११ गते जाजरकोट जिल्लाकी २८ वर्षीया कल्पना सिंह श्रेष्ठको शव फेला परेको छ । जेठ १० गते राति करिब १ बजेतिर कल्पनाको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको हो । कल्पना जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी हवल्दार ३४…

May 26, 2018  
कुटपिट घटनाका आरोपित पतिविरूद्ध प्रहरीमा उजुरी, आरोपित फरार

पत्नीलाई लठ्ठीले कुटपिट गरेको घटनाका आरोपित बाँसगढी नपा-७ बभनपुरुवाका ३२ वर्षीय दशरथ यादवलाई कानुनी कारबाहीको मागगर्दै पीडित पक्षले जेठ ९ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा उजुरी दिएको छ । पतिको कुटपिटबाट टाउकोमा रगत जमेकी ३० वर्षीया छोटकनी यादवको बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । छोटकनीको बायाँतर्फो कानमा समेत…

May 24, 2018  
बेचबिखनका लागि भारततर्फ लगिँदै गरेका तीन महिलाको उद्धार, आरोपित गिरफ्तार

बेचबिखनका लागि भारततर्फ लगिँदै गरेका धादिङ जिल्ला गल्छी गाँउपालिका-५ का २३ वर्षीया दुई जना र २५ वर्षीया एक जना महिलालाई प्रहरीले जेठ ७ गते गुलरिया नपा-१ खैरापुरबाट उद्धार गरेको जनाएको छ । प्रहरीले उक्त घटनाका आरोपित बारबर्दिया नपा-१ का ३३ वर्षीय अम्मरबहादुर थापालाई खैरापुरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी…

May 21, 2018  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पत्नी हत्या घटनाका आरोपित गेरुवा गाउँपालिका-४ खोनपुरका ३० वर्षीय दर्नबहादुर कटुवाललाई प्रहरीले वैशाख २५ गते काठमाडौँबाट गिरफ्तार गरेको छ । परपुरूषसँग लागेको आशङ्कामा ३० वर्षीया पत्नी रेशमकला रोकायालाई हत्या गरी फरार कटवाललाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँको कपनबाट गिरफ्तार गरेको महाशाखाका असई मोहन आलेले जानकारी दिए । काठमाडौँ तास्मीपाखास्थित डेरामा…

May 9, 2018  
विद्यालय अनुगमन गरी पाएका समस्यालाई समाधान गर्ने प्रतिवद्धता

इन्सेकको अयोजना तथा रामज्ञानु एफएमको सहकार्यमा मधुवन नपा-४ माचडमा वैशाख १८ गते भएको एक कार्यक्रममा मधुवन नपाका मेयर गणेशबहादुर क्षेत्रीले विद्यालय अनुगमन गरी पाएका समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । इन्सेकद्वारा सञ्चालित इएलपी परियोजना अन्तर्गत भएको सेवाप्रदायक र सेवाग्राहीबिच स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रममा मेयर क्षेत्रीले शिक्षा, स्वास्थ्य र…

May 1, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ बर्दियाका प्रमुख ४३ वर्षीय ज्ञानमणि नेपालविरूद्ध वैशाख १० गते जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी दर्ता गरिएको छ । पीडित बालिकाका अभिभावकले दिएको उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितले वैशाख ७ गते हिसाब सिकाउने बहानामा…

April 24, 2018  
स्रोत केन्द्रद्वारा इन्सेक सम्मानित

पुस्तकालय विकास र सञ्चालनका लागि सहयोग गरेको भन्दै कालिका सामुदायिक तथा स्रोत केन्द्रद्वारा वैशाख १० गते इन्सेक सम्मानित गरेको छ । स्रोत केन्द्रले आफ्नो दोस्रो साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा इन्सेकलाई प्रमाणपत्र सहित सम्मान गरेको हो । कार्यक्रममा इन्सेकको तर्फबाट इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जकी फोकल पर्सन सरस्वती मल्ललाई प्रदेश ५…

April 24, 2018