प्राथमिक स्वास्थ्य केन्द्र तीन महिनादेखि डाक्टरविहीन, सेवा प्रभावित

बढैयाताल गाउँपालिका–३ सोरहवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिनादेखि डाक्टरविहीन रहेको छ । डाक्टर नभएका कारण स्वास्थ्य केन्द्रको सेवा प्रभावित बनेको छ । कार्यरत डाक्टर एलिसा रसाइली अध्ययन विदामा बसेपछि प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन भएको हो । गत साउन महिनामा अध्ययनको लागि प्रवेश परीक्षा तयारीका लागि तीन महिना घर विदामा बसेकी…

November 13, 2019  
बाढी पीडितले घर बनाउन रकम पाएनन्

गुलरिया नपा–४ का बाढी पीडितले पाँच वर्ष पुगिसक्दा पनि सरकारले दिने भनेको रकम पाउन सकेका छैनन् । सरकारले बाढीबाट घर क्षति भएर पूर्ण क्षतिमा परेकालाई भूकम्प पीडित सरह प्रति परिवार ३ लाख रुपियाँ  दिने निर्णय गरेको थियो । उनीहरूले पहिलो किस्तामा ५० हजार रुपियाँबाहेक थप रकम पाउन नसक्दा समस्यामा परेको…

November 10, 2019  
मानव अधिकार समूहले समस्या पहिचान गरे स्थानीय तहलाई सम्बोधन गर्न सहज हुने

मानव अधिकार समूहले आर्थिक, समाजिक र सांस्कृति तथा आवासका समस्या पहिचान गरे स्थानीय तहलाई उक्त समस्या समाधान गर्न सहज हुने बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले बताएकी छन् । इन्सेकद्वारा सञ्चालित परियोजना परिचयात्मक कार्यक्रममा कात्तिक २१ गते उनले उक्त कुरा बताएकी हुन् । उपप्रमुख चौधरीले इन्सेकले सुरू गरेको कार्यक्रमले स्थानीय तहलाई…

November 8, 2019  
छोराद्वारा ८० वर्षीया बृद्धा आमा घरनिकाला, न्यायिक समितिले फर्काउने पहल थालेन

बढैयाताल गाउँपालिका–६ मैनापोखरकी ८० वर्षीया वृद्धा लक्ष्मीदेवी ठकुरीलाई ५० वर्षीय छोरा राजु हमालले कात्तिक २० गते घरबाट निकालेको पीडितले आरोप लगाएकी छन् । राजुले वृद्ध आमालाई खानलाउन नदिई उनको सामान लत्ता कपडा घरबाट बाहिर फालिदिएर घरबाट निकालेको बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपाकुमारी गौतमले बताइन्  । पीडित लक्ष्मीदेवीले छोराले खानलाउन नदिने गरेको…

November 8, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढी नपा–४ पुरुवाका २३ वर्षीय शङ्कर थारूलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय मोतीपुरमा उजुरी दिएको थियो । घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मोतिपुरबाट…

October 25, 2019  
बलात्कार गरेको कसुरमा ८ वर्ष २ महिना कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै कात्तिक ३ गते जिल्ला अदालतले १७ वर्षीय बालकलाई ८ वर्ष २ महिना कैदको फैसला गरेको छ  । जिल्ला अदालतका न्यायाधीश शङ्करराज बरालको इजलासले कैदसँगै पीडितलाई ७५ हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको श्रेष्तेदार यमप्रसाद बास्कोटाले बताए । पीडितलाई ०७६ वैशाख १६ गते…

October 22, 2019  
बालिका बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा गुलरिया नपा–५ का १९ वर्षीय अरुण थारुलाई कात्तिक ३ गते बर्दिया जिल्ला अदालतले दोषी ठहर गरी ११ वर्ष जेल सजाय तोकेको छ । पीडित बालिकालाई ७५ हजार रुपियाँ क्षतिपुर्ति दिनुपर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलाशले उक्त फैसला गरेको श्रेष्तेदार…

October 22, 2019  
भूकम्पले चर्किएको भवन पुनःनिर्माण हुन नसक्दा जोखिम मोलेर पठनपाठन गर्न बाध्य

गुलरिया नपा–१ कमलपुरस्थित त्रिशक्ति आधारभुत विद्यालयका विद्यार्थी भूकम्पले चर्किएको भवनमा बसेर पठनपाठन गर्न बाध्य छन् । भूकम्पले चर्काएको चार वर्ष पुगिसक्दा पनि पुनःनिर्माण हुन नसक्दा चर्किएकै भवनको कोठामा विद्यार्थी राखेर पठनपाठन गराउन बाध्य भएको प्रधानाध्यापक मणिराम धमलाले बताए । विद्यालयमा ३ सय विद्यार्थी अध्ययनरत छन् । भूकम्पले क्षति नपुर्‍याएको भवनमा…

October 17, 2019  
द्वन्द्वकालमा बेपत्ता पारिएका पतिको अवस्था थाहा नपाउँदा अचल सम्पत्ति भोगचलनमा समस्या

बेपत्ता पतिको अवस्था थाहा नपाउँदा अचल सम्पत्ति भोगचलनमा समस्या भएको ठाकुरबाबा नपा–४ की ४० वर्षीया बुझौनी थारूले बताएकी छन् । सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका पति खुसीराम थारूको अवस्था आजसम्म पनि थाहा नपाउँदा अचल सम्पत्ति भोगचलनमा समस्या भोग्दै आएको उनको भनाई छ । सगोल परिवारमा रहेको अचल सम्पत्ति पतिको नाममा…

October 16, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–७ सोनपुरका २५ वर्षीय शालिकराम थारुलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १५ गते बलात्कार गरेको सूचना प्राप्त गरे लगत्तै इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरेको हो । पीडित पक्षले इलाका प्रहरी कार्यालय…

October 3, 2019