बालबालिका माथि जातीय विभेद गरेको भन्दै प्रधानाध्यापक विरूद्ध उजुरी

मल्लरानी गाँउपालिका –५ स्थित भुमि विकास आधारभुत विद्यालयका बालबालिका माथि जातीय विभेद गरेको भन्दै दलित सङ्घर्ष समितिले सोही  विद्यालयका प्रधानाध्यापक ४८ वर्षीया यशोधा श्रेष्ठविरूद्ध चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । दलित भएकै आधारमा अपमान गरेको र जातीय विभेद गरेको भन्दै जिल्लामा गठित दलित सङ्घर्ष समितिले उजुरी…

April 3, 2019  
नेकपा (विप्लव) कार्यकर्ताद्वारा हिरासतमा अनशन

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता नौबहिनी गाँउपालिका–८ का २८ वर्षीय पदमप्रसाद पोख्रेल जिल्ला प्रहरी कार्यालयको हिरासतमा अनशन बसेको प्रहरीले जनाएको छ । विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य पोख्रेल चैत २ गतेदेखि अनशनमा बसेका हुन् । प्रहरीले चैत २ गते प्यूठान नपा–७ बाट गिरफ्तार गरेको थियो । उनले हिरासतमा पानी बाहेक केही नखाएका…

March 19, 2019  
बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले चैत १ गते स्वर्गद्वारी नपा–२ का २० वर्षीय मने परियारलाई सात वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले सात वर्ष कैद र ३० हजार रुपिँया क्षतिपूर्तिको फैसाला गरेको जिल्ला अदालतले जनाएको छ । पीडित महलिालाई परियारले…

March 17, 2019  
नगर प्रमुखमाथि दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

स्वर्गद्वारी नगरपालिका–४ घर भई सोही नगरालिकाका प्रमुख नेत्रबहादुर रोकायलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेकपा निकट युवा जन स्वयम्सेवकका जिल्ला अध्यक्ष माण्डवी गाउँपालिका–१ का ३२ वर्षीय बामबहादुर बुढालाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडित रोकायलाई आरोपितले गत पुस २४ गते कार्यालयको योजना शाखामा छलफल गरिरहेको बेला गाडीको…

February 16, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मल्लरानी गाउँपालिका–२ का ६८ वर्षीय दण्डबहादुर बिकलाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालार्य आरोपितले माघ २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी निर्मल बुढाथोकीले बताए । पीडितको स्वास्थ्य परीक्षण फागुन २…

February 16, 2019  
भूकम्पले भत्किएको भवन निर्माण नगर्दा बालबालिकाहरू खुल्ला चौरमा

झिमरूक गाँउपालिका–४ स्थित लक्ष्मी मावि बागफेदीमा भूकम्पले चर्काएको भवन निर्माण हुन नसक्दा बालबालिकाहरू खुल्ला चौरमा पढ्न बाध्य छन् । ०७२ सालमा गएको भूकम्पले भवन चर्काएपछि कक्षा ९ र १० का विद्यार्थीहरू खुल्ला चौरमा पढ्दै आएका छन् । भूकम्प गएको समयदेखि नै विद्यालयको भवन नभएको काराण खुल्ला चौरमा पठनपाठन गराउँदै आएको…

February 11, 2019  
नगरपालिका प्रमुखमाथि दुर्व्यवहार

स्वर्गद्वारी नगरपालिका प्रमुख स्वर्गद्वारी नपा–४ का ५२ वर्षीय नेत्रबहादुर रोकायलाई पुस २४ गते दिउँसो आफ्नै कार्यालयको योजना शाखामा योजनाबारे छलफल गरिरहेको बेला कार्य कक्षमा पुगी अपरिचित व्यक्तिहरूको समूहले गाडीको मोबिल दल्ने प्रयास गरी दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निर्मल बुढाथोकीले बताए । उनका अनुसार तीन जनाको समूहमा आएका अपरिचित…

January 8, 2019  
बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कारको कसुर ठहर गर्दै जिल्ला अदालतले प्यूठान नपा–१ का २३ वर्षीय किरण आचार्यलाई पुस १९ गते ६ वर्ष कैद र ४० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ । पीडित बालिकालाई आचार्यले गत साउन ६ गते बलात्कार गरेको ठहर गर्दै न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आरोपितलाई उक्त सजाय सुनाएको…

January 5, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया माहिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मल्लरानी गाँउपालिका–४ का २२ वर्षीय शम्भु नेपाली र सोही ठाँउका २६ वर्षीय छविलाल घर्तीलाई पुस २ गते गिरफ्तार गरेको छ  । पीडित महिलालाई आरोपितद्वयले पुस १ गते बलात्कार गरेको भन्दै पीडितपक्षले पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी…

December 18, 2018  
नवजात शिशु हत्या आरोपमा आमा गिरफ्तार

नौबहिनी गाउँपालिका–२ की २१ वर्षीया जिमा घर्तीलाई प्रहरीले नवजात शिशु हत्या गरेको अरोपमा मङ्सिर २० गते गिरफ्तार गरेको छ । आरोपित महिलाले मङ्सिर १९ गते शिशुलाई जन्म दिएर घर छेउको खोलामा गाडेको आफन्तले थाहा पाएपछि मङ्सिर २० गते प्रहरीमा उजुरी दिएका थिए । आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी…

December 8, 2018