इन्सेकको पहलमा विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

हेल्पिङ ह्यान्ड्स फर नेपाल—नर्वेको आर्थिक सहयोगमा इन्सेकको इएलपी कार्यक्रम सञ्चालित विद्यालय खानीगाउँ मावि बगनासकालीका १ सय ८ जना विद्यार्थीहरूलाई जेठ १८ गते विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ । रोजगारी वा अध्ययनको सिलसिलामा नर्वेमा रहेका युवाहरूको उक्त संस्थाले गरिव तथा विपन्न समुदायले अध्ययन गर्ने विद्यालयका विद्यार्थीहरूको सहयोगार्थ प्रस्तावनापत्र…

June 2, 2019  
कुष्ठरोगी भएकै कारण ३५ वर्षदेखि जङ्गलको बास !

सुन्दा अचम्म लाग्न सक्छ अहिलेको जमानामा पनि कुष्ठ रोगी भएकै कारण गाउँभन्दा टाढा जंगलमा बस्नु परेको खबर । तर, पाल्पा जिल्ला निस्दी गाउँपालिका ४ मित्याल  घुङ्सीबारका ८० वर्षीय जसवीर सोती कुष्ठ रोग लागेकै कारण ३५ वर्ष अघिदेखि अहिलेसम्म पनि जङ्गलमै बस्दै आएका छन् । १९९६ सालमा जन्मिएका सोतीलाई कुष्ठरोग लागेपछि…

May 30, 2019  
बलात्कार प्रयास गरेको कसुरमा ३ वर्ष ६ महिना कैदको फैसला

३९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा रिब्दीकोट गाउँपालिका वडा नं. ७ ठिमुरेका २३ वर्षीय हिमाल पचभैयालाई जिल्ला अदालत पाल्पाले जेठ १४ गते ३ वर्ष ६ महिनाको कैद फैसला सुनाएको छ । न्यायाधीश शंकर बरालको इजलासले बलात्कारको मुद्दालाई बलात्कार प्रयासमा परिणत गर्दै उक्त फैसला सुनाएको हो । पीडित महिलालाई पचभैयाले…

May 30, 2019  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारबारे सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालय नेपालगञ्ज र  मानव अधिकार निगरानी समूह पाल्पाको आयोजनामा जेठ १४ गते बगनासकाली गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सेवाग्राही र सेवा प्रदायकबीच सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बगनासकाली गाँपाका उपाध्यक्ष सरस्वती चिदी दर्लामीले गाउँपालिका स्तरमा शिक्षा, स्वास्थ्य र…

May 30, 2019  
मानव अधिकार प्रवर्धनमा स्थानीय तहको भूमिका महत्वपुर्णः सदस्य पौड्याल

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले मानव अधिकारको कार्यान्वयनका लागि स्थानीय तहहरूको महत्वपुर्ण भूमिका रहेको बताएका छन् । रामपुरमा वैशाख ३० गते सम्पन्न स्थानीय तहमा विवाद समाधान र मानव अधिकार विषयक दुई दिने गोष्ठीको समापन कार्यक्रममा बोल्दै सदस्य पौड्यालले उक्त कुरा बताएका हुन् । पाल्पाका चार ओटा स्थानीय…

May 15, 2019  
विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष बगनासकाली गाउँपालिका–५ का २९ वर्षीय मुक्ति गैरेलाई प्रहरीले वैशाख २६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गैरेलाई तानसेनको बसन्तपुरबाट गिरफ्तार गरेको एसपी विश्वमणी पोखरेलले बताए । गिरफ्तार परेका गैरे…

May 11, 2019  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारबारे अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा वैशाख २४ गते बगनासकाली गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्थाबारे…

May 8, 2019  
विप्लव नेतृत्वको नेकपा निकट किसान सङ्घका जिल्ला अध्यक्ष गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान सङ्घका जिल्ला अध्यक्ष तानसेन नपा–८ का ६० वर्षीय टोपराज बस्याललाई प्रहरीले वैशाख ५ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । बस्याललाई तानसेन नपा–८ मदनपोखराबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी विश्वमणी पोखरेलले बताए ।  बस्याल विप्लव नेतृत्वको नेकपाका जिल्ला…

April 18, 2019  
विप्लव नेतृत्वको नेकपा निकट शिक्षक गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक सङ्गठन पाल्पाका अध्यक्ष विजय बुढामगरलाई प्रहरीले चैत २९ गते गिरफ्तार गरेको छ । उनलाई जिल्लाको सदरमुकाम तानसेनबाट दिउँसो गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी विश्वमणी पोखरेलले बताए । बुढामगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनले रैनादेवी छहरा…

April 13, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले निस्दी गाउँपालिका ६ अर्चलेका ४६ वर्षीय बुवालाई चैत १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले चैत १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १७ गते जिल्ला…

April 2, 2019