कुटपिट घटनाका आरोपित पति गिरफ्तार
रामपुर नगरपालिका–४ गिजिनडाँडाकी १८ वर्षीया खगीसरा सोमैलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति भुमबहादुर सोमैलाई असोज २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज ९ गतेदेखि दैनिक रुपमा कुटपिट गर्दै आएको पीडित महिलाले आरोप लगाएकी छन् । कुटपिटबाट घाइते भएकी खगीसराको असोज २७ गते साँझबाट लुम्बिनी मेडिकल…
इन्सेक पाल्पा जिल्ला प्रतिनिधि सम्मानित
बगनासकाली गाउँपालिका-९ द्वारा स्वास्थ्य अभियानमा योगदान पुर्याएको भन्दै इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना सम्मानित भएका छन् । बगनासकाली गाउँपालिका-९ चापपानीमा असोज २५ असोज आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । बगनासकाली गाउँपालिका-९ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रमको अवसरमा स्वास्थ्य क्षेत्रको सुधार अभियानमा इन्सेक र इन्सेक प्रतिनिधिले सहयोगी…
यौन दुर्व्यवहार गरेको ठहर सहित २ वर्ष ६ महिना कैदको फैसला
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहरसहित सिद्धार्थनगर थाना भारत घर भई तानसेन नपा-९ दमकडामा ज्याला मजदुरी गर्दै आएका ४६ वर्षीय गयाप्रसाद यादवलाई जिल्ला अदालत पाल्पाले भदौ ३१ गते २ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ । न्यायाधीश खड्कबहादुर केसीको इजलासले उक्त फैसला सुनाएको अदालतका स्रेस्तेदार कृष्णमुरारी सिग्देलले बताए…
बाल दिवसले छोएन माधवलाई, जान्ने सुन्ने भएदेखि नै गोठमै बाँधिएर बित्छ दैनिकी
सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको मुल आधार भन्ने मुल नारासहित भदौ २९ गते देशभर राष्ट्रिय बाल दिवसका अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन भएका छन् । तर, देशैभर बाल दिवसमा बालबालिका र उनीहरूको उज्वल भविष्यबारे चर्चा भएपनि पूर्वखोला गाउँपालिका–१ सिलुवा ढाक्रेबासका नौ वर्षीय बालक माधव सारु भने गाईभैँसी बाँध्ने गोठमा गाईभैँसी…
जिल्लाका १० ओटै स्थानीय तहका न्यायिक समिति बन्द इजलासविहीन
जिल्लाका १० ओटा स्थानीय तहमध्ये अहिलेसम्म कुनै पनि न्यायिक समितिलाई इजलासको व्यवस्था भएको छैन । गाउँपालिका वा नगरपालिकाका उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा रहेका सबै न्यायिक समितिहरूले आफ्नो कार्यकक्षको साँघुरो कोठाबाटै मुद्दा किनारा लगाउँदै आएका छन् । स्थानीय तहको निर्वाचनपछि गठन भएको तानसेन नगरपालिकाको न्यायिक समितिमा हालसम्म ६५ ओटा मुद्दा दर्ता भएका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिनाउ गाउँपालिका-३ दोभानका २८ वर्षीय सुरेश सारुलाई भदौ १७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित महिलालाई आरोपितले भदौ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए । अपाङ्गता भएकी महिलालाई आरोपितले बलात्कार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
७५ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले पूर्वखोला गाउँपालिका–६, हेक्लाङका ५० वर्षीय देउबहादुर झेडीलाई साउन २४ गते गिरफ्तार गरेको छ । प्रहरीका अनुसार साउन २३ गते साँझको समयमा ७५ वर्षकी बृद्धासँगै आरोपित र अन्य मानिसहरू सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए । सोही क्रममा पीडित महिलालाई आरोपितले बलात्कार गरेपछि…
अपहरण घटनाका आरोपित गिरफ्तार
अस्पताल क्षेत्रबाटै नवजात शिशु अपहरणको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला गल्याङ नपा-५ की ३६ वर्षीया बिमकला पाण्डेलाई असार २८ गते गिरफ्तार गरेको छ । तानसेन नपा-९ डाँडाडुमकी २२ वर्षीया जमुना रानाले असार २७ गते लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा शिशु जन्माएकी थिइन् । प्रहरीका अनुसार शिशुलाई अपरहण गरी उनले स्याङजाको मिर्मी…
मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अयोजनामा असार १० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा तानसेनमा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले बलात्कार र बलात्कार प्रयासका ११ ओटा, हत्याका दुई ओटा, मानव बेचबिखनको एउटा, कुटपिटको एउटा, गिरफ्तारीका तीन…
बलात्कार गरेको कसुरमा १७ वर्षकैदको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार ८ गते भारत बेतिया घर भई रामपुर नपा-४ रामपुरमा मिस्त्री काम गर्दै आएका २२ वर्षीय कौशर मियालाई १७ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश शङ्कर बरालको इजलाशले कसुर ठहर गर्दै १७ वर्षकैद र ४३ हजार रुपियाँ जरिवानाको फैसला…