महिला हिंसा न्यूनीकरण नभएको निष्कर्ष

१ सय ७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला तथा बालबालिका कार्यालय सहित गठित मूल समारोह समितिको आयोजनामा फागुन २५ गते तानसेन, पाल्पामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्क्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हरिराज वाग्ले र गैरसरकारी संस्था महासङ्घ पाल्पाका अध्यक्ष भेषराज…

March 9, 2017  
सेवाप्रदायक निकाय र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवा प्रदायक निकाय र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम फागुन २५ गते तानसेनमा सम्पन्न भएको छ । अन्तरक्रियामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने कार्यक्रम अन्तर्गत इन्सेकले सञ्चालन गरेको परियोजना सञ्चालित चापपानी…

March 8, 2017  
गाविसको बजेटबाट मानव अधिकार निगरानी समूहको तालिम सम्पन्न

इन्सेकको पहलमा चापपानी गाविसमा गठित मानव अधिकार निगरानी समूहका पदाधिकारी सदस्य, महिला स्वास्थ्य स्वयम्सेविका र वडा नागरिक मञ्चका संयोजकहरूका लागि आयोजित एक दिने मानव अधिकार प्रवर्धन प्रशिक्षण कार्यक्रम फागुन ९ गते सम्पन्न भएको छ । चापपानी गाविसले मानव अधिकार निगरानी समूहलाई आर्थिक वर्ष २०७३/०७४ बाट मानव अधिकार प्रवर्धनका लागि २०…

February 20, 2017  
बहुविवाह गरेको कसुरमा एक/एक वर्षकैदको फैसला

बहुविवाह गरेको ठहर सहित तानसेन नगरपालिका-१४ सुन्दरगाउँका २८ वर्षीय निरञ्जन बलाल र सोही ठाउँकी २७ वर्षीया रीता थापालाई जिल्ला अदालत पाल्पाले जनही एक/एक वर्षकैदको फैसला सुनाएको छ । फागुन ८ गते न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले सो कैदसहित ५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको जिल्ला अदालत पाल्पाका श्रेस्तेदार सुवर्ण खनालले…

February 20, 2017  
कारागारमा टेलिफोन जडानका लागि निगरानी समूहद्वारा ज्ञापनपत्र पेश  

इन्सेकको पहलमा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहले पाल्पा कारागारमा ल्याण्डलाइन फोन जडान गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूले फागुन ८ गते निमित्त प्रमुख जिल्ला अधिकारी ताराप्रसाद घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै यथाशीघ्र ल्याण्डलाइन फोन जडानका लागि पहल गर्न अनुरोध गरेका हुन् । 'ग'…

February 20, 2017  
बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

२८ वर्षीया महिलालाई बलात्कार गरेको ठहर सहित १७ वर्षीय बालकलाई जिल्ला अदालत पाल्पाले माघ २७ गते ६ वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश डिल्लीराम तिवारीको इजलासले आरोपितलाई कैद फैसला सहित पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराइदिने फैसला सुनाएको श्रेष्तेदार सुवर्ण खनालले बताए । पीडित महिलालाई आरोपितले ०७३ असार १६…

February 11, 2017  
आयोगद्वारा द्वन्द्वपीडितको पुनर्स्थापना पछिको अवस्थाबारे अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पाल्पाका द्वन्द्वपीडितहरूको पुनर्स्थापना र उनीहरूको अवस्थाबारे अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका मानव अधिकार अधिकृत दिपक ठाकुर र कल्पना नेपाल आचार्यसहितको टोलीले माघ २७ गते सदरमुकाम तानसेन सहित, रामपुर, गोठादीलगायतका स्थानमा पुगेर द्वन्द्वका समयका पीडित र पीडितका परिवार तथा आफन्तसंग…

February 9, 2017  
शिक्षकको यातनाका कारण छात्रा बेहोस्, उपचारका लागि अस्पताल भर्ना

शिक्षकको यातनाले भैरव जनता माध्यमिक विद्यालयमा कक्षा-६ मा अध्ययनरत छात्रा सुस्मिता रुचाल बेहोस भएपछि दुई दिनदेखि युनाइटेड मिसन अस्पताल तानसेनमा भर्ना गरिएको छ । जाडो विदाको समयमा दिएको गृहकार्य नगरेको भन्दै शिक्षक चिरञ्जीवि बास्तोलाले कुखुरा बनाएर कारबाही गर्ने क्रममा बेहोस भएपछि पीडित बालिकालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको हो ।…

January 25, 2017  
इन्सेककाे पहलमा अपाङ्गता भएका बम बहादुरले परिचयपत्र पाए

गाविस कार्यालय छेउमा परिचय पत्रका लागि याचना गरेर बसेका चिदीपानी गाविस-९ का ५० वर्षीय बमबहादुर घर्तीले माघ ११ गते अपाङ्गता परिचयपत्र पाएका छन् । इन्सेक अनलाइनमा माघ ८ गते गाविस कार्यालय छेउबाटै परिचय पत्रको लागि याचना ! शीर्षाकमा समाचार प्रकाशन भएपछि इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको पहलमा पाल्पाका प्रमुख…

January 24, 2017  
गाविस कार्यालय छेउबाटै परिचय पत्रको लागि याचना !

पहिलो चरणमा हरेक किसिमका सिफारिस वा न्यायका लागि गाउँ विकास समितिमा जानुपर्छ । गाविसबाट लिन सक्ने सेवा गाविसबाटै लिन्छ र जिल्लाबाट लिनुपर्ने सेवाका लागि गाविसको सिफारिसपत्र लिएर जिल्लामा पुग्छ । तर, यहाँका एक जना अपाङ्गता भएका व्यक्ति गाविस कार्यालय छेउबाटै अपाङ्गता परिचयपत्रका लागि याचना गरिरहेका छन् । चिदीपानी गाविसको वडा…

January 21, 2017