इन्सेक आवद्ध युवा समूहद्वारा ‘तपाइँको मास्क खोई ?’ अभियान सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा बगनासकाली गाउँपालिका–९ मा गठित बेद युवा समूहले समुदाय स्तरमा कोरोना भाइरस रोकथामका लागि  सचेतना फैलाउन ‘तपाईको मास्क खोई’ अभियान  सुरू गरेको छ । पछिल्लो समय कोरोना भाइरस समुदाय स्तरमा समेत फैलिरहेको अवस्थामा स्वास्थ्य सुरक्षा फैलाउनका लागि युवा समुहले बगनासकाली सुचना केन्द्रसँगको सहकार्यमा बगनासकाली गाउँपालिका…

September 23, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिनाउँ गाउँपालिका–३ का २८ वर्षीय एकबहादुर दिशा, ४३ वर्षीय बसन्त सैजु र २४ वर्षीय दिलबहादुर कुमाललाई जेठ १६ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडितलाई जेठ १० गते आरोपितहरूले बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता…

May 29, 2020  
बलात्कार कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माथागढी गाउँपालिका–३ कसेनीका २५ वर्षीया रोसन कुमाललाई फागुन २८ गते १५ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले १५ वर्ष कैदसँगै ५० हजार रूपियाँ क्षतिपुर्तिको फैसला सुनाएको अदालतका खरिदार कृष्णमुरारी सिग्देलले बताउनु भयो । आरोपितले ०७५…

March 12, 2020  
अपहरण र बन्धक कसुर ठहर गर्दै पाँच वर्ष कैदको फैसला

शिशु अपहरण गरि बन्धक बनाएको ठहर गर्दै जिल्ला अदालतले फागुन २७ गते  स्याङ्जा जिल्ला गल्याङ नपा–५ की ३६ वर्षीया बिमकला पाण्डेलाई पाँच  वर्षको कैदको फैसला गरेको छ । जिल्ला अदालतका  न्यायाधीश खड्कबहादुर केसीको  इजलासले पाँच  वर्ष कैद सहित ५० हजार रूपियाँ क्षतिपुर्ति र ५० हजार रूपियाँ जरिवानाको फैसला सुनाएको अदालतका…

March 11, 2020  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका–३ रजघराका ३३ वर्षीय गणेश पाण्डेलाई फागुन २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन २५ गते रामपुर नपा–३  स्थित जङ्गलमा बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटनाबारे स्थानीयले जानकारी…

March 11, 2020  
अज्ञात पक्षद्वारा वडा कार्यालयमा तोडफोड

अज्ञात पक्षद्वारा  माथागढी गाउँपालिका–१ चिदीपानी र रम्भा गाउँपालिका–४ हुमिनको वडा कार्यालयमा फागुन १८ गते राति तोडफोड गरेको प्रहरीले जनाएको छ । चिदीपानीका वडाअध्यक्ष शिव प्रसाद घिमिरेले तोडफोडबाट कार्यालयमा रहेका दराज, टेबुल र  स्वकेशमा क्षति पुगेको र  कागज पत्रहरू समेत लिएर गएको बताउनु भयो ।  उहाँले २५ हजार बराबरको क्षति भएको…

March 3, 2020  
यौन दुर्व्यवहार कसुरमा सात महिना नौ दिन कैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतले  फागुन ७ गते तानसेन नपा–१३ अर्गलीका ३२ वर्षीय मिनबहादुर बुढाथोकीलाई सात  महिना नौ  दिन कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले उक्त सजायसँगै   ५ हजार रूपियाँ जरिवाना र १० हजार रूपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने आदेश…

February 20, 2020  
आर्थिक अभावमा नियमित विद्यालय जादैनन् बोटे समुदायका बालबालिका

बगनासकाली गाउँपालिका–७ खानीगाउँ दैलातुङका बोटे बालबालिकाहरू आर्थिक अभावका कारण नियमित रुपमा विद्यालय जादैनन् । उक्त विद्यालयमा हाल ७५ जना विद्यार्थी रहेकोमा २३ जना बालबालिका बोटे समुदायका रहेका छन् । विद्यालय जाने उमेरका बालबालिका घर खेतमै दिन बिताउने गर्दछन् । अन्य समुदायका बालबालिकाको तुलनामा बोटे समुदायका बालबालिकाहरूलाई नियमित रुपमा विद्यालय ल्याउन…

February 12, 2020  
विद्यालय भवनमा वडा कार्यालय सञ्चालन हुँदा पठन पाठन प्रभावित

बगनासकाली गाउँपालिका–४ खानीछापस्थित हिमालय आधारभुत विद्यालय भवनमा  वडा कार्यालय सञ्चालन गरिएको छ । विद्यालय भवनमा वडा कार्यालय सञ्चालन हुँदा विद्यार्थीहरूको पठन पाठन प्रभावित बनेको छ । यसअघि विद्यालय नजिकै रहेको सानो भवनमा वडा कार्यालय सञ्चालन गरिएपनि उक्त भवनमा प्रसूति कक्ष सञ्चालन गरिएपछि वडाको काम विद्यालय भवनको एउटा कोठाबाट सञ्चालन हुँदै…

February 12, 2020  
नाम्लो र दाम्लो बाटेर आयआर्जन गर्दै कैदी/बन्दीहरु

खाली समयको सदुपयोग गर्दै पाल्पा कारागारका पुरुष कैदी / बन्दीहरूले कारागार भित्रै नाम्लो र दाम्लो बाटेर राम्रो आम्दानी लिदै आएका छन् । कारागारका बन्दीहरुले त्यसै बिताउने फुर्सदको समयलाई आय आर्जनमा लगाउँदै आएको कारागारका बन्दी प्रेम कुमालले बताउनु भयो । कारागारमा रहेका पुरुष बन्दीहरुले बुनेका नाम्लो तथा दाम्लोहरु तानसेन बजारका साथै…

February 12, 2020